१. परिचयः
गुरुङ जातिको बस्ती भएको ताङतिङ (तोँधीँ) गाउँ कास्की जिल्ला स्थित नामार्जुङ गाउँ विकास समिति अन्तर्गत पर्ने वडा नं १ देखि ५सम्म पर्दछन् । जहाँ १९१ घर धुरिमा ११२० जनसंख्या बसोवास गर्दछन् ।यस गाउँमा शिक्षा प्रदान गर्न २०५६ सालमा एबजबच त्चगकत नेपालले पक्की विद्यालय भवन निर्माण गरी दिए पछि ‘श्री हिमालय मिलन माध्यमिक विद्यालय’ले बालमैत्रीपूर्ण वातावरणमा कम्प्यूटर शिक्षा सहित माध्यमिक तहसम्मको पढाई गरिरहेको छ ।

यस ताङतिङ गाउँमा ‘श्री हिमालय मिलन माध्यमिक विद्यालय’ छ । गाउँको साक्षर प्रतिशत ९५ प्रतिशत छ । यस गाउँमा २०१३ सालमा ‘श्री हिमालय मिलन प्रार्थमिक विद्यालय’ स्थापना भएको थियो । २०३१ सालमा निम्न माध्यमिक विद्यालय र २०५७ सालमा माध्यमिक विद्यालयको रुपमा स्थापना भयो । २०५७ साल भन्दा अगाडि ताङतिङमा क्।ी।ऋ। पास गर्नेको संख्या न्यून थियो । २०५७ सालपछि भने माध्यमिक विद्यालयको स्थापनाले गर्दा क्।ी।ऋ। न्चबतगमभ ३०० जना भयो तर क्याम्पस स्तरमा द्यबअजभयिच, ःबकतभच म्भनचभभ गर्नेहरुको संख्या भने अझै न्यून छन् ।

यस्तै प्रकारले नामार्जुङ स्वास्थ्य चौकीले यस गाउँमा ज्यादै प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको छ । यहाँको १९१ घरमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको पहलमा ग्लष्अब ँयगलमबतष्यल ल्भतजभचबिलम को आर्थिक सहयोगमा सवै घरमा धारा, चर्पी र धुवारहित चुलोको व्यवस्था गरिदिनु भएको छ ।

हाल पोखरा देखि गाउँकै छेउमा झिजे डाँडासम्म कच्ची मोटर बाटो पुगेको छ । जहाँबाट १५ मिनेट हिडे पछि गाउँमा पुगिन्छ तर मादी नदीमा पक्की पुलको निर्माण नभएको हुनाले वर्षा याममा भने बस, जिप, चाँसु सिल्दुजुरे गा.वि.स. सम्ममा पुग्दछ । चाँसुबाट ताङतिङ पुग्नलाई पैदल हिँडर लगभग २ घण्टा ३० मिनेट जति लाग्छ । सञ्चारमा हाल मोवाइलको सुविधाले गर्दा ताङतिङलाई विश्वको कुना कुनासम्म जोडन सजिलो भएको छ । श्री हिमालय मिलन मा.वि.मा इन्टरनेटको व्यवस्था भएको हुनाले अझ राम्रो सुविधा विद्यार्थी तथा गाउँलेले पाएको छ ।

यस क्षेत्रमा हिमाली दृश्य, भूमि, वनस्पति जन्य पदार्थ, ढुङ्गा गिट्टी यहाँको प्रमुख प्राकृतिक साधन हुन् । पर्यटकीय क्षेत्रमा यसको व्यापकता बढाउन सकेमा यसको प्राकृतिक तथा सांस्कृतिक पक्षको सही सदुपयोग गरी संसारमा यहाँको प्रख्याति बढाउन सकिने प्रचुर संभावना रहेका छन् ।

२. ऐतिहासिक पृष्ठभूमिः
ताङतिङ क्षेत्र मादी नदी पूर्व पर्ने भएकाले २०३२ भन्दा अगाडि लम्जुङ जिल्ला अन्र्तगत् थियो । विस २०३२ पछि कास्की जिल्लामा गाभीयो । यसलाई नामार्जुङ गाउँ पञ्चायतबाट विकास समिति भन्न थालियो ।

कास्की जिल्लाको सदरमुकाम पोखरा देखि २७ कि.मि. उत्तरपूर्वमा अवस्थित ताङतिङ (तोँधीँ) प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुरुङ संस्कृति र परम्पराको लागि प्रसिद्ध गाउँ हो । यहाँ गुरुङ जातिहरुको प्रमुख बाहुल्यता रहेको छ । गुरुङ जाति वा तमुहरु कास्की र लम्जुङ जिल्लामा बसोबास गर्न आउनु भन्दा अगाडि मनाङ्मा थिए । उनिहरु शिकार खेल्दै जङ्गली जनावरहरु पछ्याउँदै आउँदा अन्नपूर्ण हिमश्रृङ्खला पार गरी दक्षिणी भेगमा आए । त्यसै क्रममा त्यहाँका समथर स्थानमा केहि अन्नका विउ छरेर फर्के । अर्को पटक आउँदा त्यहाँ सप्रेको वालि पाए पछि राजकुमार ख्होलच्यनको नेतृत्वमा नमुन भनज्याङ पार गरी आई एकै पटकमा तीन स्थानमा वस्ति बसालेको हुनाले “ख्होल–साँे–थर” वा “ख्होला–सोंप्रे–ट्हो” (ख्होल तीन गाउँ) भनी नामकरण गरे ।

यो स्थान ताङतिङ देखि करिव २ दिनको हिँडाइमा पुग्न सकिन्छ । हाल त्यहाँ मानव वस्ति छैन तर सयौं पुराना भत्किएका दरवार, घरका पर्खाल, ढिकिका ओखल, जाँतो, घट्टा आदि भग्नावशेषका रुपमा पाइन्छन् । (स्रोतः वेदवहादुर गुरुङ (श्याम) र जगमान गुरुङ्गको लेखबाट, तमुवान अंङ्क १, २०६४) ।

हाल तीनवटा टोलमा दरवार सहित १६० घर भत्किएका भग्नावशेष, २ वटा ठूला ओखल, ३ वटा घट्टाका ढुङ्गा, २ जातो छरिएर रहेका छन् । दरवारका अगाडी ५ फिट अग्लो ढुङ्गाको खम्वा निकै वलियोसँग गाडिएको छ । यो खम्बा ख्होल–सोँ–थरको मौलो ‘त्हो’ हो । त्हो भनेको शक्तिको प्रतीक हो ।

ख्होल–सोँ–थरबाट एक घण्टाको उकालो चढेपछि एउटा ठूलो ओढार आउँछ जसलाई ‘छ्यउस्योहु’ भनिन्छ । जहाँ तत्कालीन समयमा झुमा बसेका महिलाहरु बस्ने गर्थे भनिन्छ । यो स्थान ऐतिहासिक पुरातात्विक धार्मिक, सांस्कृतिक साथै पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको छ ।

ख्होल–सोंप्रे–ट्होमा जनसंख्याको वृद्धि भएपछि गुरुङहरु दक्षिणपूर्व तथा पश्चिम तर्फ विभिन्न गाउँमा छरिएर खेतिपाती गर्न थाले । जसमध्ये छ गाउँ अन्र्तगत तोनी (तोँदी) (ताङ्तिङ) नम्जु (नार्माजुङ्ग), ल्हयेम्रो (घ्याम्राङ) योजुक्वे (याङ्जाकोट), ह्वाजु (वार्चोक) प्हजु (भाचोक), नेँद (नागिधार), पर्गु (पाख्रिकोट) माबसोबास गरेको इतिहास पाइन्छ ।

१५औं शताब्दीको मध्यमा गुरुङहरुको आदिम राजधानी ‘ख्होल–सों–थर’ छत्रभंग भएपछि गुरुङहरुले कास्कीका तप्राङदेखि लमजुङको इलुमपोखरीसम्म गाउँ बसाले । यसरी गाउँ बसाल्ने क्रममा पैम उग्याल भन्ने एक जना लमले आफ्नो परिवार लिएर साविकको घनपोखरा डाँडाको माथिल्ल्लो डाँडामा आएर बस्ती बसाले । त्यस स्थानलाई ‘लमचुँ’ अर्थात् (लमले स्थापना गरेको स्थान वा लम बस्ने डाँडा) भनेर भनियो । लमचुँलाई हाल लमजुङ भनिन्छ ।

पैम उग्याल लमले फिब्रोँ गाउँको लेमको छोरी विवाह गरी तीन भाइ छोराहरु भए । जेठो छोरा बैच्यको दुइ छोराहरु भए । जेठोले विवाह गरेपछि सिक्लेस गइ गाउँको प्रमुख भए । (गुरुङ भाषामा प्रमुख वा प्रधानलाई क्ह्रोँ भन्दछ) । त्यसैले, उनलाई क्ह्रोँगिलम भनियो । कान्छो मावली गाउँ फिब्रोँमा गए । फिब्रोँबाट ट्हंगि गाउँमा आए । त्यसैले, उनलाई फिब्रोँ–ट्हंगिलम भनियो । माहिला छोराको नाम टुवा थियो । उनी वहुभाषी बोल्ने थियो । गुरुङ भाषामा वहुभाषीलाई म्हिक्योए भन्दछ । त्यसैले, म्हिक्योएबाट म्हिगिलम भनियो । कान्छा छोराको नाम चसाँ थियो । उनी विद्धान ‘नम’ भए । (गुरुङ भाषामा त्रिकालदर्शीलाई ‘नम’ भन्दछ । उनी नमचुँ गए ।

त्यहाँ सर्वप्रथम चसाँ नमले वस्ती स्थापना गरेको हुनाले त्यस स्थानलाई ‘नमचुँ’ भनियो । (गुरुङ भाषामा “नमको अर्थ त्रिकालदर्शी र चुँको अर्थ स्थापना” भन्ने हुन्छ) । त्यहाँबाट उनी ताङतिङमा झरे । गुरुङ भाषामा कर्मकाण्डलाई ‘पएकेए’ अर्थात् पए भनेको कर्म र केए भनेको काण्ड हो) । त्यसैले, उनी कर्मकाण्ड गर्ने वा ‘पएकेए’ गर्ने विद्धान नम भए । कालन्तरमा नमबाट लम र पएकेएबाट पैँगि हुदै पैगिलम भनियो ।

पैगिलमहरुको पुख्यौली थलो ‘नमचुँ’ भएकोले पैगिलमहरुको न्हेँस ‘नमचुँ’ हो । त्यसैले पैगिलमहरुले आफ्नो न्हेँसको सम्मान दिनका लागि ‘नम्जुपैगिलम’ लेख्नु पर्छ । यो शब्द अपभ्रम्स हुँदै नम्चु, नम्जु, नामार्जुङ्ग भन्न थालियो । कालन्तरमा यस गाविस को नाम समेत नामार्जुङ रहन गयो । यस गाविस को महत्वपूर्ण गाउँ ताङतिङ हो । गुरुङ भाषामा ताङतिङलाई ‘ताँेदी’ भन्दछ । ‘तोँदी’को नेपाली भावार्थ रमाइलो, रमणीय, मनोहरा, मनोरम, सुन्दर र समृद्ध भन्ने हुन्छ ।

३. भौगोलिक अवस्थितिः
ताङतिङ गाउँ समुन्द्री सतहबाट लगभग १६७५ मिटरको उचाइमा अवस्थित रहेको छ । यस गाउँको पूर्वतर्फ मिजुरेडाँडा गा.वि.स. र लमजुङ जिल्लाको भुजुङ गा.वि.स., पश्चिमतर्फ पार्चे र सिल्दुजरे गा.वि.स., उत्तरतर्फ मनाङ जिल्लाको पिसाङ र चामे गा.वि.स. पर्दछन् भने दक्षिणमा छिमेकी गाउँ सेतीखोला, नामार्जुङ गाउँ, रोही गाउँ र ध्याम्राङ गाउँ तथा थुमाकोडाँडा, सैमराङ र मिजुरेडाँडा गा.वि.स. रहेका छन् । ताङतिङ गा.वि.स.को कुल क्षेत्रफल २४६.८९ वर्ग कि.मि. छ ।

४. नदीनालाहरुः
यस गाउँको पश्चिममा मादी नदी (२८.१ कि.मी.) सीमाना हुँदै बगेको छ । यहाँ बग्ने अन्य खोलाहरुमा घट्टे खोला, मदक्यू खोला, गच्र्याङ खोला आदि खोलाहरु यहाँको प्रवाह प्रणालीमा छन् । यी खोलाहरुको पानी खानेपानिका साथै कुलोद्धारा खेतीयोग्य जमिनलाई वर्षा याममा सिंचाइ गरिएको छ । घट्टे खोलाबाट विद्युत निकालीएको छ । यस क्षेत्रमा उच्च हिमालय पहाड भएकोले यहाँ हिमनदी तथा हिमताल पनि पाईन्छन् ।

५. हावापानी तथा वनस्पतिः
यो गाउँ पहाडी क्षेत्र भएकाले गृष्ममा अत्याधिक मात्रामा मनसुनी वर्षा हुन्छ । यहाँ ३३.५३ मि.मि. वार्षिक वर्षा भएको पाईन्छ । न्युनतम तापक्रम हिमाङ्क भन्दा तल हुन्छ भने अधिकतम ३०० सेन्टीग्रेटसम्म तापक्रम पुग्दछ । मादीको किनार तर्फ केहि बढी र माथि डाँडा तर्फ तापक्रम घट्दै गएको पाईन्छ । हिउँदमा हिमपात हुन्छ । यसको उत्तरी भाग हिमरेखा भन्दा माथि पर्ने भएकोेले सधैं हिउँ जमी रहन्छ । होचो भागमा समशितोष्ण, वीच भागमा अल्पाईन र उच्च क्षेत्रमा टुण्ड्रा प्रकारको हावापानी पाईन्छ । होचो भागमा मिश्रित प्रकारका र उचाई बढ्दै जाँदा कोणधारी वन तथा घाँसे क्षेत्र तथा हिमाच्छादित भागहरु पाईन्छन । गाउँको होचो भागमा दोमट माटो, र डाडाँ तर्फ रातो, चट्टान फोस्रीयको तथा हिमानी माटो पाईन्छ ।

६. भू–बनोट र उपयोगः
अन्नपूर्ण हिमाश्रृङ्खला संगै जोडिएर रहेको यो गाउँ पूर्णरुपमा ढालयुक्त भू–बनोट पाईन्छ । यस अन्तर्गत उत्तर तर्फ हिमक्षेत्र भएको र समतल भूभाग प्रायः नभएको पहाड, भीर, ढालयुक्त पाखा, खोला, टाकुरा, गल्छी, भन्ज्याङ आदि प्रकारका भूस्वरुप छन् । यस गाउँको भौगोलिक विकटता भए पनि मनोरम छ । उच्च उचाई तथा ढालयुक्त स्वरुप मात्र भएको यो क्षेत्र मादी नदीको तिव्र कटानको चपेटामा परेको छ । पहाडी पाखाहरुमा ठुलाठुला ढुङ्गाहरुले यहाँको भूउपयोगमा प्रभाव पारिरहेका देखिन्छन् । यस गाउँ अन्तर्गत बहने ठाडा खोलाहरुले गरेको कटानले यहाँको भूस्वरुप अझ जटील वनाएको छ ।

यस गाउँको ढालयुक्त पहाडी पाखाहरुमा भिरालोेको कारण साँगुरा गह्रा वनाएर सिमित क्षेत्रमा खेति गरिएको छ । भू–बनोटको जटिलताको कारण बस्ती भन्दा धेरै टाढाको दुरीमा गएर खेति गरिएको छ । कृषि र पशुचरण गरी यहाँ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भू–उपयोग भएको छ । उचाई बढ्दै गएकाले उपयोग कम हुदैं गएको पाईन्छ । खनिज पर्दाको बारेमा खासै अध्ययन भएको छैन ।

७. पर्यटकीय सम्भाव्यताः
यस ताङतिङ गाउँ देखि करिव २ दिनको हिडाँइ पछि पुग्न सकिने समुन्द्री सतह देखि करिव ४००० मिटरको उचाईमा अवस्थित ‘ख्होल–सों–थर’ एक ऐतिहासिक स्थल हो । यो पुरातात्वीक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ ।

यो बाजे बैकु यस गाउँ को पर्यटकीय, धार्मिक महत्व बोकेको स्थल हो । यो स्थान गाउँ देखी उत्तर पूर्वमा ३ कि.मि. क्षेत्रमा हरियो जंगलले घेरिएको छ । यहाँ पुग्न ताङतिङ देखि करीव ३० मिनेट उकालो बाटो हिँड्नु पर्दछ । यहाँ गाउँलेहरुले भूमिको रुपमा वर्षमा २ पटक पूजा गर्छन् । यसबाट उत्पादन बढ्ने, वालिविनाशबाट जोगीने, नयाँ कार्यमा राम्रो, रोगव्याधी भाग्ने आदी जस्ता मान्यता रहनुका साथै खडेरी पर्दा पानी माग्ने गर्दछन् ।

यो नौचु डाँडा २, ३७७ मिटर उचाइमा छ । गाउँ देखि करीव १ घण्टाको पैदल उकालो बाटोबाट पुगिने यो स्थानबाट पूर्वमा करापुडाँडा, उत्तरमा अन्नपूर्ण, लमजुङ हिमाल, सिकलेस, पार्चे, खिलाङ गाउँ देखिन्छ भने पश्चिममा तप्राङ, चाँसु, थाक र दक्षिणमा छाचोक, पोखरा उपत्यका, ठूलाकोट आदी स्थानको दृश्यावलोकन गर्न सकिन्छ । मादी नदीको सुन्दर नागबेली दृश्य पनि देख्न सकिन्छ ।
यो पुलुकोँ डाँडा धार्मिक दृष्टिले महत्वपूर्ण स्थल हो । जहाँ मृत शरीरलाई गाड्ने चिहानको रुपमा प्रयोग गरीन्छ । स्थानीय परम्पराअनुसार यहाँ कुनै व्यक्ति मरेमा लाशलाई आफ्नै परम्परागत रुपमा मलामीगई गाड्ने गरीन्छ । यो स्थान गाउँ देखि १५ मिनेटकोे पैदल दुरीमा पर्दछ । यस गाउँको आसपास भीर पहरामा जंगली मौरीको वासस्थान पाइन्छ । यहाँ वर्षै पिच्छे परम्परागत तरीकाबाट भीर मौरी मौरी काट्ने पुरानो चलन रहेको छ ।

यस गाउँबाट दृश्यावलोकन गर्न सक्ने स्थलहरु भएकोले पर्यटकीय दृष्टिकोणले महत्व राख्दछ । मादीनदी तरेर सेतीखोला गाउँ भन्दा माथि रहेको प्बचगअजयग एक महत्वपूर्ण ख्ष्भध एयष्लत र च्भकतष्लन एबिअभ हो । ताङतिङ जाँदा उकालो बाटोमा भएको चौतारीबाट मादी नदीको नागबेली बगाई, सेतीखोला, चाँसु, सोंधा, खिलाङ र तप्राङ्गको दृश्यहरु देख्न सकिन्छ । यसैगरी म्याउदु डिल, टौबखल (बखलेथर) पनि क्भबकयलब िक्भततझिभलत को रुपमा प्रयोग गरीने महत्वपूर्ण स्थल हो । विशेष गरी खेतीपातीको समयमा प्रयोग गरिन यो बस्तिमा जनावर, मानीस गाउँमा नगई यहिं बसी खेतीपाती गर्ने चलन छ । यस गाउँ पुग्नु भन्दा अगाडि रहेको ऋजबतचब प्जयबि ध्बतभच ँबिि पनि आकर्षक स्थल हो भने ताङतिङ गाउँको प्रवेशद्वार ग्चमग ऋजयज पनि महत्वपूर्ण स्थल हो । यसैगरी यहाँबाट ब्ललबउगचलब ज्ष्mब िको दृश्यका साथै ीष्खभ ब्खबिलअजभक पनि देख्न सकिन्छ । साथै हिउँदमा क्लयध ँबििष्लन हुने कारणले गर्दा अझ पर्यटकलाई मन्त्रमुग्ध पार्न सक्छ ।

८. वोट विरुवा र वनस्पतिः
यहाँ पाइने रुखहरुमा उतिस, चिलाउने, विलाउने, कालीकाठ, पैयू, कटुस, लाँकुरी, निङ्गालो, भाते काउँला, चुलेत्रो, दुधुलो, चाँप, लोठसल्ला, धुपि सल्ला इत्यादि हुन् । यो गाउँको धेरै भूभाग घना जंगलले ढाकिएको छ । जहाँ क्गद त्चयउष्अब िदेखि ब्उिष्लभ श्यलभ सम्मका हावापानी र वनस्पति पाइन्छन् । तसर्थ ँयिचब ७ ँबगलब मा यो ज्यादै धनि छ । लालीगुराँसका विभिन्न प्रजातिहरु देख्न सकिने र गुराँस फागुनदेखि जेष्टसम्म फुल्ने गर्छन । जटिबुटी युक्त विभिन्न वनस्पतिहरु जस्तैः यार्सागुम्बा, विष, निरमसी, पाँचऔले, चिराइतो, टिमुर, लोक्ता, पदमचाल, दालचिनी, शिलाजित, वनलसुन, कुरिलो, तितेपाती, गुदागानो, बोझो, चुत्रो, च्यूरी र विभिन्न प्रकारका च्याउहरु यहाँका जंगलमा प्राप्त गर्न सकिन्छ । फलफुलमा गोफ्ला, औसेलु, आलुवखडा, गुयली, भुत्रो इत्यादि पाइन्छ । यसैगरी जनावरहरुमा हरिण, मृग, चितुवा, हिम चितुवा, कस्तुरी, भालु, थार, घोरल, लंगुर, बाँदर, स्याल, दौसी आदि पाइन्छ । चराहरुमा डाँफे, मुलनाल, कालिज, लैचे आदि अन्य चराहरुका साथै माछा, कालो पाहा लगायत रंगीविरंगीका पुतलीहरु पनि पाइन्छन् । तसर्थ, ँयिचब ७ ँबगलब मा अत्यन्तै धनी भएको कारण अध्ययन र अनुसन्धान गर्नका लागि समेत महत्वपूर्ण रहेको छ ।

९. सामाजिक, धार्मिक तथा साँस्कृतिक आकर्षणः

यो गाउँ गुरुङ जातीको बसोवास भएको क्षेत्र भएकोले यहाँको आफ्नै भाषा, भेषभूषा, जीवन पद्दती, रीतिथिती, चाडपर्व, मुल्य र मान्यता रहेका छन् । विशेष गरी गुरुङहरु बोन संसकृतिबाट आएका भएता पनि यिनीहरु बौद्ध र हिन्दु धर्मलाई पनि उत्तिकै आदर गर्दछन् । वुद्ध, शिव, देवीको पूजा आजा गर्ने गर्दछन् । गुरुङहरुको घाटु, सोरठी, झ्याउरे, नौमती बाजा, पच्यु, खलेप्रेँ र लामाको परम्परागत नृत्यमा रमाउँने गर्दछन् । यिनीहरु वुद्धपूर्णिमा, जनैपूर्णिमा, दशैँ, भाइटीका, ल्होछार, चैते दशै आदी चाडवर्प मनाउँछन् । 

यस गाउँमा कटुवाली (स्यारपु) प्रथा यथावतै छ । उनले गाउँ बार्दा, गोठ जाँदा, वाली नाली लगाउँदा र काट्दा सबै एकै दिनमा शुरु गर्नका लागि गाउँको सिरानमा गएर घोक हालि सूचना दिने काम गर्दछ । कचहरी गरी स्थानीय नियम बनाउने, न्याय निसाफ गर्ने, वर्षको २ पटक भेडाले स्थानीय आस्थाका केन्द्रविन्दु बाजे बैंकु र नोउचु फिच्योँ जस्तो भूमि देउतालाई पुज्ने, गाउँ वारा गर्ने चलन, माइती र चेली मिली हुरी गर्ने (पर्मा लगाउँदै काम गर्ने चलन), रुधीँ (रोधीँ) घरमा एकआपसमा भएको सीप तथा ज्ञानको आदान प्रदान, गाउँ विकासमा सरसल्लाह र मनोरञ्जन गर्ने, दूधपोखरी तिर्थ यात्रा जाने परम्परा, दशैमा पिङ थाप्ने चलन आदी यहाँका सामाजिक, धार्मिक र सांस्कृतिक आकर्षणहरु हुन् ।

१०. जिल्ला सदरमुकामसंगको सम्बन्धः
यस गाउँको अन्तरसम्वन्ध कास्की जिल्लाको पोखरा उपमहानगर पालिकासंग रहेको छ । अन्य विकल्पको अभावले २६.७ कि. मि. टाढा भए पनि यस शहरसँग दैनिक प्रयोगका सामग्री, स्वास्थ्य, शिक्षा, रोजगारी, प्रशासनिक, संचार र वित्तीय आदि सेवाका लागि निर्भर छ । यहाँ उत्पादीत बनस्पतिजन्य सामानहरु पोखरामा बेचविखन गर्न सजिलै बजार उपलब्ध भएकोले गाउँ वासीलाई उत्पादन गर्न उत्साहित बनाउनुका साथै आर्थिक बृद्धि पनि बढाएको छ । कृषि तथा पशुपालनका लागि आवश्यक मल, विउ, औषधि, कृषि औजार तथा प्राविधिक सहयोग पनि पोखराबाट उपलब्ध भएको छ । उच्च शिक्षा स्वास्थ्य उपचार, वित्तीय कारोवार, प्रशासनिक सेवा, कानुनी सेवा, मनोरञ्जन, सञ्चार आदिका लागि पोखरासंग निर्भर रहेको छ ।

११. सार्वजनिक भवन, मठ मन्दिर, गुम्बा र तिर्थस्थलहरुः
यस गाउँमा धोताने टोल समाज घर, क्रपु थर समाज घर गैरीथर समाज घर, दलित समाज घर गरी ४ वटा समाज घरहरु छन् । यस्तै प्रकारले ताङतिङ मितेरी संगठन यु.के.को सहयोगबाट सुजीघर तथा अर्को परम्परागत गुरुङ घर गरी २ वटा भवनहरु छन् । यस्तै प्रकारले नामार्जुङ गा.वि.स.को कार्यालय तथा वहुउद्देश्य सामुदायिक सभागृह हाल निर्माणाधीन अवस्थामा रहेको छ । ताङतिङ युवा क्लवको भवन, ताङतिङ लघुजलविद्युत आयोजनाको कार्यालय, संरक्षण क्षेत्र व्यवस्थापन उपसमितिको कार्यालय, अन्नपूर्ण महिला ऋण तथा बचत समूहको कार्यालय समेत रहेका छन् ।T10

नौचु पैगिलामा गुरुङ महायानी बौद्ध गुम्बा पण्डित टोलमा ५मा रहेको छ । गाउँको शिरानमा वडा नं ४मा शिव मन्दिर, वडा नं. ३मा ताङतिङ खेलकुद ऋयmउभिह मा एउटा शिव मन्दिर, हु डाँडा र कोइच्होमा बाजे बैंकुको मन्दिर रहेको छ भने हिमालय मिलन माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर छ । वडा नं. ४ गाउँको शिरानमा कोइवा धीँं वन्दै छ । तिर्थस्थलको कुरा गर्दा गाउँदेखि आधा घण्टाको बाटो पार गरेपछि उत्तर तर्फ देउता धुँ छ, जहाँ माघ १ गते दर्शन गर्न र नुहाउँन गाउँलेहरु जान्छन् । आस्थाको धरोहरा बाजे वैगु र नौचु फिच्योँ यहाँको प्रमुख प्रकृति पुजा गर्ने थलो नै हुन्

१२. सामाजिक अवस्थाः
यस गाउँको सामाजिक पृष्ठभूमिलाई हेर्ने हो भने यहाँका मानिसहरु अति मिलनसार आपसी सदभाव, मेलमिलापको साथ समाजमा मिलेर वसेका छन । उनीहरु आफ्नो टोल, समाज र गाउँलाई आफ्नो प्रमुख साझा घर ठान्दछन् । त्यसैले गाउँ देखि पुच्छरमा वडा नं. ५मा पण्डित टोल पैरो टों, गाउँको पूर्व तिर अर्थात् वाँयातिर घोताने टोला, कोन मै टों, गाउँको शिरानमा क्रपु थर वा क्रमै टों , पश्चिममा गैरी थर कु नासा, अनि दलित टोल र अरु काजीमैटो गरी आ–आफ्नो टोल छन् । उनीहरु आ–आफ्नो टोलमा मिलेर बस्दछन् । मर्दा पर्दा र राम्रो नराम्रो काममा एकले अर्कालाई सहयोग गर्दछन् ।

यस गाउँमा ८५% गुरुङ र अन्य १५% दलित, कामी दमाई र सार्कीहरु वसोबास गर्दछन् । गुरुङहरु गाउँमा आफ्नै मातृभाषा बोल्दछन् । मातृभाषाको अलावा नेपाली भाषा पनि बोल्दछन् । यस गाउँका मानिसहरु धर्म कर्ममा बढि विश्वास राख्दछन् । धर्मको सन्दर्भमा भन्नु पर्दा, “मुलधर्म कुलधर्म बोन र पहिचान धर्म बुद्धधर्म”को रुपमा मान्दै आएका छन् । यहाँ बौद्ध गुम्बा र मन्दिरहरु रहेका छन् । गाउँलेहरु प्रकृति पुजा, पितृपूजा, गुम्बामा र मन्दिरमा पूजापाठ गर्दछन् ।

यस गाउँमा भाषा, कला, संस्कार र संस्कृतिमा ज्यादै धनि गाउँ हो । यहाँ अहिले पनि २ जना श्यार्पु कटुवाल गाउँलेहरुले नियुक्ति गरेका छन् । उनीहरुलाई तलवको रुपमा प्रत्येक घर धुरीले १ पाथी कोदो र रु ५० वार्षिक रुपमा दिने गर्दछन् । स्यार्पु कुटुवालले गाउँमा केही विकासको काम पर्दा गाउँमा वैठकहरु पर्दा, गाउँ बार्ने तथा सिंर पर्दा वा गाउँमा मान्छे मर्दा सभा आँगनबाट घोकाएर सवैलाई सूचना दिने कार्य गर्दछन् । यसको अलावा गाउँमा शुभ अशुभ काम पर्दा र गाउँका सिमी भूमी बाजे वैगु, नौजु फिच्योँको पुजापाठ गर्दा समेत काम गर्दछन् ।

एउटा उखानै छ ‘राजाको निति गुरुङको थिति’ भने झै यहाँ गाउँलेहरुले आफ्नै नियमहरु वनाएका छन् । रीतिथितिको समिति छ । उनीहरु गाउँको शभ अशुभ कामहरु, गल्ती गर्नेहरुलाई जरिवाना, सम्झाई बुझाई गर्ने कामहरु गाउँमै गर्ने गर्दछन् । गाउँमा बर्खामा कोदो रोप्ने, तथा असारमा धान रोप्ने दिन पनि गाउँको पैडिले दिन हेराएर एकै दिनमा पस्ने गर्दछन् । यसरी मंसिरमा अथवा कार्तिकमा धान काटने बेला तथा बालीनाली थन्क्याउने साथै वेसीमा गोठ हाल्दा, वर्खामा लेकमा गोठ लाँदा समेत एकै दिनमा गर्ने चलन छ । यस्तो गर्नुको फाइदाहरुमा आषाढ एकै पटक पस्दा एउटाको खेतको विऊ अरुले चोर्न नपाउने, एकले अर्कालाई सहयोग हुने साथै एक पटक गोठ लेकवेशी लाँदा सबै गोठालोहरुको गाई वस्तुले वरावर घाँस खान पाइने जस्ता तर्क गाउँलेहरु बताउँछन् ।

यस बाहेक कोदो रोप्ने धान रोप्ने बेला तथा दाउरा बोक्ने वेलामा पनि हुरी गरेर काम गर्ने परम्परा छ । गाउँ विकासको कार्यहरुमा तथा सामाजिक कार्यहरुमा श्रमदान गर्ने राम्रो परम्परा छ । पाहुनाहरुलाई देउता समान ठानेर सम्मान गर्दछन् । गाउँको प्रवेशद्धारमा आमा समूह र युवा क्लवका सदस्यहरु गएर स्वागत गर्न जाने गर्दछन् । गाउँको विकासको मेरुदण्ड भनेको आमा समूह हो जसले विदेशबाट आउने दाजुभाइ दिदी वहिनीहरुसँग तथा गाउँमा गर्ने अर्घु, विवाह तथा अन्य शुभ तथा अशुभ कार्यहरुमा काचो कटेरो (आमा समूहको नाच) देखाएर पैसा जम्मा गरेर गाउँको विकास पुल पुलेसो, बाटोघाटो, मर्मत, विद्यालय, स्वास्थ्य चौकी सहयोग गर्दछन् ।

यस्तै प्रकारले बालीनाली राम्रो होस भनेर विउ राख्ने बेलामा दिन ख्ह्ले (पैडी)को निर्देशन अनुसार पण्डित टोलको पैगिलामाहरुको वर्ग हेरेर सालै पिच्छे एक एक जनाले नासा कऐ लब अर्थात गाउँको काम गर्ने उसले विऊ राखेर मात्र अरु गाउँलेहरुले गर्नु पाउँने चलन रहेकोछ ।

कार्तिकमा पनि कोदो टिप्ने र धान काटनु भन्दा अगाडि ना किँप अर्थात पुलि लिने गरिन्छ । जसमा हरेक घरको मान्छेहरुले विहानै केही नखाईकन आफ्नो खेतमा गएर धान वा कोदोको पुली ल्याउने गरिन्छ । त्यो बेला उनीहरु खेतबाट घरमा आएर सु पैव केही कुरा खाएर मात्र अरु सँग बोल्ने गरिन्छ । यसो गरेमा बालीनाली थन्क्याउने काम राम्रो हुने विश्वास गरिन्छ ।

गाउँमा तथा परिवारमा कोही विरामी परेमा झाँक्री वा लामाले (प्लव लव) तथा सातु वोलाउने चलन छ । राम्रो वारमा आफु जन्मेको दिनमा वा पूर्णिमाको दिनमा झाँक्री तथा लामाले धारामा गएर सातु वोलाएर ल्याउने गर्दछ । साथै आमा तथा बजैले पनि सातु वोलाउने गर्दछन् । सातु बोलाउने बेलामा घरको सदस्यहरुले लौ आउनु आउँनु भनेर बोलाउछन् । अन्तमा सातो बोलाएर आइसकेपछि स्याई भनेर ठूलो स्वरले कराएर र स्याई गर्दछन् । अनि सवैले (पैरु) सेता धागो लगाई दिन्छन् । मिठो खानेकुरा खुवाउछन् । यसले विरामीलाई सान्त्वना र सञ्चो गराउने विश्वास गर्दछ ।

गाउँका कोही युवा तथा अन्य विदेशमा जाँदा वा कुनै राम्रो कार्यमा जाँदा झाँक्री लामा वा पैडीले ‘छेउ छिव’ गर्दछन् । जसमा भात पकाएर भातको डल्लोबाट छेवको मुर्ति बनाएर फुल लगाई दिन्छन् । पैडि जसबहादुर गुरुङको भनाइ अनुसार छेव भनेको हाम्रो पूर्खा हो । उसको पूजा गरेर धागो लगाइ सायत गरेमा मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वास रहेको छ ।

चाडपर्वहरुमा दशै (खेमा नाँब), तिहार, नौगी, ल्होछार, माघे संक्रान्ति र घाँटु पूर्णिमा धुमधाम साथ मनाउने गर्दछन् । घाँटु, सोरठी, युवाहरुको ठेटर र आमा समूहको नाच तथा संस्कृतिक कार्यक्रमहरु विभिन्न अवसरहरुमा देखाउने गर्दछ ।

यस्तै प्रकारले मान्छेको मृत्यु पश्चात अर्घु लामा र घ्याब्रीले गर्ने परम्परा छ । अर्घु गर्नाले आत्माले स्वर्गमा वास पाउने विश्वास छ । वच्चा पाएपछि न्वारान गर्ने पैडिले नाम राख्ने तथा पछि छेवार गर्ने र कपाल काटने परम्परा छ । विवाह गर्दा मागी विवाह अर्थात रोटी रक्सी लगेर केटा पक्ष केटीको घरमा गएर छ सुकी गर्ने चलन छ तर आजभोलि केटा र केटीको मन मिलेर विवाह गर्ने चलन पनि छ ।

यस गाउँ पशुपालनको लागि अति उपयोगी स्थान हो । गाउँदेखि माथि लेकमा चोरो, क्याउचा वन, ठूलो लेकसम्म विशाल वन (घाँसे भूमि भएकोले भेडा, बाख्रा, गाई, भैंसी पालनको लागि पहिले ज्यादै प्रख्यात थियो । हाल बसाई सराई तथा वैदेशिक रोजगारले गर्दा पहिले ५ भन्दा बढी रहेको भेडीगोठ, दर्जनौ गाईगोठ, भैंसीको संख्या घटेको छ । गाउँमा बाख्रा पालन भने धेरै छ । हाल भेडागोठ छैन । गाई गोठ ३ र भैंसी गोठ ५ वटा रहेको छ । समाग्रमा भन्नुपर्दा सक्रिय गोठालोहरुको अभावले गर्दा गोठको संख्या घट्दै गइरहेको छ ।

 

१३. उद्योग धन्दा, पर्यटन व्यवसाय र बजार व्यवस्थापनः
यस गाउँमा ३ वटा धान कुट्ने मेशिन, ६ वटा पिठो पिन्ने पानीघट्ट र २७ किलोवाट क्षमता भएको ताङतिङ ग्रामीण जलविद्युत आयोजना संचालनमा छन् । किनारा पसल ४, रेष्टुरेन्ट ३, साना होटल १ र २० घरमा होम स्टेको राम्रो व्यवस्था छ ।

यस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको सामुन्ने अवस्थित छ, प्राकृतिक र सांस्कृतिक हिसावले अति सुन्दर भए तापनि प्रचार प्रसार र विविध कारणले गर्दा पर्यटन व्यवसाय फस्टाएको छैन ।

१४. रोजगारः
यहाँका मानिसहरुको मुख्य पेशा कृषि नै हो । लगभग ८२ प्रतिशत मानिसहरु कृषिमा आश्रित छन् । भारतीय र ब्रिटिस सेनामा पनि भर्ती भएका छन् । पहिले घरैपिच्छे भारतीय र ब्रिटिस सेनामा भर्ती हुन्थे तर आजभोली ज्यादै न्यून मात्रमा छन् । नेपाली सेनामा एकदम थोरै १, २ जना र निजामती सेवामा खासै छैन । वैदेशिक रोजगारमा खाडी मुलक, मलेशिया, कोरिया, जापान, वेलायत, अष्ट्रेलिया र अमेरिका लगायत विश्व भरिका देशहरुमा गाउँका युवाहरु पुगेका छन् ।

१५. बसाइ सराइँः
गाउँको विद्यमान समस्या भनेको गाउँबाट शहर तथा तराई झर्ने (बसाइ सराइँ हो । जव घरको कुनै सदस्य विदेश जान्छन् अनि परिवारको सदस्यहरु वालवच्चाहरुको राम्रो शिक्षा दिक्षा, स्वास्थ्य सुविधायुक्त जीवनको लागि शहर झर्ने गर्दछन् । यस्तो बसाइ सराइँले उता शहरमा अनियन्त्रित जनसंख्या तथा अव्यवस्थित बस्ती बढ्दै जान्छ भने गाउँ खाली हुँदै गईरहेको छ । हाल ताङतिङमा १९१ घरधुरी छ भने यसकै हाराहारीमा पोखरा, काठमाण्डौं तथा वेलायतमा बसाइँ सरेका छन् ।

१६. सारंशः
यस गाउँमा प्रचुर मात्रामा अवसर हुदाहुंदै पनि विद्यमान दृश्य तथा अदृश्य व्यवधानले गाउँ वासीले खासै उपलब्धी प्राप्त गर्न सकेका छैनन् । यो पहाडी गाउँ भएकोले यहाँ विभिन्न किसिमका समस्याहरु विद्यमान छन् । मुख्यतः बसाइ सराइँको कारण स्रोत साधनको उपयोग, शैक्षिक स्तरमा बृद्धि र आधुनिक प्राविधिकको प्रयोग हुन सकेको छैन । यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई उपयोग गरी आन्तरिक तथा वाह्य पर्यटनलाई प्रर्वधन गर्न सकेमा ताङतिङ गाउँ समृद्ध हुन सक्ने प्रवल संभावना छ ।

यो ताङतिङ (तोँदी) गाउँको परिचय संक्षिप्त रुपमा लेखिएको छ । ताङतिङवासीहरुको सल्लाह र सुझाव अनुसार यो परिचयलाई अझ स्तरिय बनाउँदै लगिने छ ।

यो ताङतिङ (तोँदी) गाउँको दृश्य परिचय
श्री हिमालय मिलन माध्यमिक विद्यालयको प्रधानाध्यापक
ओम प्रकाश गुरुङले तयार गरेका हुन् ।
२०७२ साल श्रावण १५ गते शुक्रवार, गुरुपूर्णिमा ।