पोखरा, ४ माघ
पाइला फिल्मस् प्रालिको व्यानरमा निर्मित गुरुङ कथानक चलचित्र तमुस्यो(गुरुङसेनी)को शुक्रवार र शनिवार पोखरा रामबजारस्थित भवरकोट पार्टी प्यालेसमा प्रिमियर शो हुने भएको छ ।
माओत्सेतुङ गुरुङको लेखन र निर्देशन, प्रदिपकुमार गुरुङ, महेन्द्र गुरुङ(इश्वर) र अर्जुन गुरुङद्धारा निर्मित चलचित्र शुक्रवार र शनिवार अपरान्ह साढे तीन बजे विशेष प्रदर्शन गर्ने तयारी गरिएको निर्देशक माओत्सेतुंग गुरुङले जानकारी दिनुभयो ।
तमु जातिको मौलिक रोधी सँस्कृतिसँगै जन्मेको तमुस्योको मर्मस्पर्शी विषयवस्तुमा आधारिक कथानक चलचित्रमा मुख्य अभिनय बलबहादुर गुरुङm, प्रेमा गुरुङ,उर्मिला गुरुङ, रोशनी गुरुङ, सुमित गुरुङ, निखिल गुरुङको रहेको बताइन्छ ।
पर्वतको रमणीय गाँउ चित्रे र पोखराका विभिन्न ठाँउमा छायांकन गरिएको चलचित्र हङकङ र युकेमा प्रदर्शन पश्चात पोखरामा प्रदेशन गरिने निर्देशक गुरुङले जानकारी दिनुभयो ।