-› -› Let's do something to save Tamu Culture ‹- ‹- 9th Feb 2010 00:39

 Browse Menu

  Home

  About Tamu

  Tamu Culture

  Tamu History

  All News

  All Articles

  All Notices

  Photo Gallery

  Members List

  About Team

  Our Objectives

  Tamu Organizations

  Message From Board

  Tamu Magazine

  Tamu Films

  Tamu Artists

  Tamu Villages

  More Information

ads
Mosuc Video
download mp3 songs
› Tamu Websites
-› www.hktamu.com
-› www.gurungs.org
-› www.gurung.com.np
-› www.tamudhinjapan.com
-› www.tamudhinkaski.org.np
-› www.bostontamusamaaj.org
-› www.tamusamaj.org
-› www.tamuchhojdhi.org.np
-› www.tamu-pyelhu.org
-› www.harkagurung.org
-› www.gbyc.org.np
-› www.tamudhee.org.uk
› Entertainment Links
-› www.parichaya.com
-› www.cybernepal.com
-› www.fursad.com
-› www.babbal.com
-› www.khattam.com
-› www.thikthak.com
-› www.cybersansar.com
-› www.musicnepal.com
Non-Resident Nepalese Benevolent Fund
ads
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
› Web Magazines
-› www.HKnepal.com
-› www.prabasinepali.com
-› www.freenepal.com
-› www.nepaldubai.com
-› www.nepalqatar.com
-› www.nepaluk.com
-› www.nepalfrance.com
-› www.nepaljapan.com
-› www.samudrapari.com
-› www.enepalnews.com
-› www.nepalkorea.com
-› www.ekantipur.com
-› www.gorkhapatra.org.np
 

Tamu Artist

Artist Name : फत्तबहादुर गुरुङ -
Date of Birth : ..
Education : ..
eMail :
Web Site:

पर्वत भंगरा-७ स्थायी घर भएका ३० वर्षो गुरुङ पश्चिमाञ्चलका एक मात्र करातेँ खेलका हस्ती हुन ।

करातेँ खेलका हस्ती फत्तबहादुर गुरुङ

फत्तबहादुर गुरुङ, पश्चिमाञ्चलका एक मात्र करातेँ खेलका हस्ती हुन । पर्वत भंगरा-७ स्थायी घर भएका ३० वर्षो गुरुङ खेलाडी मात्र नभई पश्चिमाञ्चल पोखराका एक मात्र करातेँ खेलका प्रशिक्षक पनि हुन । नेपाल करातेँ महासंघका राष्ट्रिय रेफ्री, नेपाल सितोरियो करातेँ केन्द्रिय कमिटीका सदस्य, नेपाल करातेँ महासंघ कास्की का अध्यक्ष, नेपाल साम्बो फ्रेडेसनका कोषाध्यक्ष, नेपाल केन पोकार्डको प्रमुख प्रशिक्षक जस्ता पदहरुमा आसिन उनले करातेँबाट थर्ड डन पाइसकेका छन् ।

जापानी प्रशिक्षक हिरामासाका ताना काले २००३ मा उनलाई उक्त उपाधी दिएका हुन । आठौ साउथ एशियन गेममा पश्चिमाञ्चलबाट छनौट, त्यसैगरी नवौ साफ ग्याममा का लागि पनि पश्चिमाञ्चलबाट छनौट भएका गुरुङले सन् १९९८मा अन्तराष्ट्रिय करातेँ तथा किक बक्सिङ प्रतियोगितामा दुई वटा गोल्ड मेडल, खुकुरी च्याम्पियनसीप २००१ मा वेष्ट प्लेयर तथा गोल्ड मेडल, फस्ट किक बक्सिङ करातेँ च्याम्पियनसीप १९९७ मा दोस्रो, १९९९ मा धीरेन्द्र स्मुति करातेँ तथा किक बक्सिङमा प्रथम, क्राउन प्रिन्स कप ०५७ काठमान्डौमा गोल्ड मेडल गरी अनगिन्ति प्रतियोगीताहरुमा सहभागी भएर सफलता हात पारीसकेका छन् । करातेँमा राम्रो इमेज बनाएका फत्तबहादुर गुरुङ संग एक छिन भलाकुसारी गर्ने कि !

१. खेल जीवनको शुरुवात कहिले देखि भयो ?

खेल प्रतिको रुची त मेरो बाल्यवस्था देखि कै हो । शुरुमा भलिबल खेले । भलिबल टिम वर्क भएकाले मलाई यो खेलबाट खासै सन्तुष्टि मिलेन । त्यसपछि मैले राम भण्डारी संग तेक्वान्दो सिके । २०५२ सालदेखि करातेँ खेल्न थाले र अहिले मेरो रोजाइनै करातेँ भएको छ ।

२.करातेँ मै किन आकर्षा बढ्यो ?

मलाई सानै देखि नै मार्सलआर्ट तिर अभिरुची थियो । व्यक्तिगत रुपमा खेलिने भएकाले यो खेलबाट नाम कमाउन सजिलै सकिन्छ भन्ने लागेकेा थियो । अग्रजहरुको रेडियो टेलिभिजनमा आउने नामले मलाई पनि लोभ्याउने गर्दथ्र्यो । मैले करातेँ खेल्न थालेको पनि १५ वर्षबितिसकेको छ ।

३. यतिका वर्षखेलेर के उपलब्धी हासिल गर्नु भयो त ?

केही पाउनका लागि भन्दा राष्ट्रका लागि ठोस योगदान दिन सकु भनेर खेलतर्फहात हालेको हु“ । करातेँ खेलेर मैले पैसा नकमाए पनि इज्जत कमाएको छु । पश्चिमाञ्चलबाट अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने करातेँ खेलाडी उत्पादन गरे । मैले प्रशिक्षण दिएका मेरो प्रशिक्षार्थीहरुले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन सफल भएका छन् । मेरा लागि यो भन्दा ठुलो उपलब्धी अरु के हुन सक्ला र ।

४. पुरस्कार कति पाउनु भयो त ?

पुरस्कारको लोभ गरेर कहिल्यै म खेल खेलिन ।

पुरस्कारका लागि मात्र खेल खेल्ने हो भने कहिल्यै निर्दिष्ट उद्देश्यमा पुग्न सकिदैन । खेल क्षेत्रलाई माथि उकास्छु भनेर खेलमा लाग्नुपर्छ । पुरस्कारको कुरा गर्नु हुन्छ भने मेरो लागि मैले पाएका प्रमाणपत्रको ठेली र ट्रफीहरु नै मेरा लागि सवै भन्दा ठुलो पुरस्कार हो ।

५. पहिलो पटक कहिले तपाईले करातेँ खेलमा प्रतिस्पर्धा गर्नु भयो ?

सन् १९९८ मा भारतको दिल्लीमा भएको ओपन इन्टरनेशनल मार्सल आर्ट च्याम्पियन सीप मा खेले । खेलेर नै मैले गोल्ड मेडल हासिल गरे भने नेपालमा त्यही वर्षकाठमान्डौको गौचरणमा भएको चौथो हाइस्कुल कराते च्याम्पियनसीपमा सहभागी भएर किक बक्सिङमा तेस्रो र आकुमा दोस्रो भएको थियो ।

६. करातेँलाई त मारपीट गर्ने खेल भन्छन् नि ?

बुझनेले त्यसो भन्छ्न जस्तो मलाई लाग्दैन । नबुझनेले मात्र यसलाई यसो भन्छन् । केहीले गर्दा करातेँ खेलमा बिकृति नभित्रिएको हैन भित्रिएको छ । कसै कसैले करातेँ खेलाडीलाई प्रयोग गरेर बिकृति ल्याएका छन् । अझ विशेष गरी राजनितिक दलका नेताहरुले चुनावमा बढी से बढी यस क्षेत्रका खेलाडीलाई प्रयोग गरेर आफनो स्वार्थ परिपुर्ति गर्छन् । विशेष गरी यो मोफसलमा भन्दा राजधानीमा बढी हावी भइरहेको छ ।

७. सरकारले खेलकुद क्षेत्रलाई कस्तो सर्पोट गरेको पाउनु भएको छ ?

सरकारले अहिले सम्म ठोस निति र कार्यक्रम केही ल्याउन सकेको छैन । केवल कागजी प्रकृयामा मात्र सरकार अल्भिmएको छ । ग्रास लेवल वाटै सरकारले खेल र खेलाडीलाई हेर्नु पर्ने हो त्यो कदापी भएको छैन । राजधानीमा बस्ने मात्र खेलाडी हुन भन्ने सोच र मानसिकतालाई राज्यले त्याग्न सकेको छैन । राजधानी बाहिर धेरै राम्रा खेलाडीहरु छन् तर राज्यको चासो नहुदा उनिहरु त्यतिकै पलायन भएर गएका छन् ।

 

८. के खेलकुद क्षेत्रमा पनि पक्षपात र आफन्तवाद हावी भएकै हो ?

बिल्कुलै हो । आफन्तवादबाट खेलक्षेत्र पनि अछुत छैन । आफना नजिक र मनपरेका मान्छेलाई कम प्रतिभा हुदा हुदै पनि अवसर दिइएको पाइन्छ । खेलकुद क्षेत्र आफन्तबाद कै कारण केन्द्रिकृत भएको हो । बाहिर बसेर खेल्नेहरुले जतिसुकै राम्रो गरेपनि बाहेस गर्ने गरिएको छ । यही कारण ले हाम्रो खेलकुद क्षेत्र व्यवसायिकता तर्फलम्कन नसकेको हो जस्तो मलाई लाग्छ ।

९. नेपाल बाहिर कुन कुन देशमा खेल्नु भयो ?

भारत , जापान, फ्रान्स, स्पेन, जर्मन आदी मुलुकहरुमा म खेल्न पुगीसकेको छु ।

१०. सरकारी खर्चमा जानु भएको होला नि है ?
लौ कहाँ को नि - सरकारलाई एउटा चिठी बनाइदिन आग्रह गर्दा समेत आलटाल गर्‍यो । तपाई अझै सरकार खर्चमा गएको कुरा गर्नुहुन्छ । म आफनै क्षमता र व्यक्तिगत खर्चमा विदेशमा पुगेर खेल्दै आएको छु । सरकारले अहिले सम्म केही सहयोग गरेको छैन ।

११. पश्चिमाञ्चल क्षेत्रमा करातेँ खेल अवस्था कस्तो छ ?


पश्चिमाञ्चलमा करातेँ खेल दु्रत्त गतिमा अगाडी लम्किएको छ । करातेँमा मध्यमान्चल संग प्रतिस्पर्धा गर्ने भनेकै पश्चिमाञ्ल हो ।

पश्चिमाञ्चलका खेलाडी भनेपछि सवै सजग हुन्छन् । करातेँमा पश्चिमाञ्चल क्षेत्रका खेलाडीहरुको स्थान उच्च छ ।

१२. तपाईलाई खेलाडी भनेर चिन्ने की प्रशिक्षक ?

म आफुलाई खेलाडीकै रुपमा चिनाउन चाहन्छु ।अझै पनि उमेर छ । खेलेर नै म नाम कमाउन चाहन्छु । तर मैले करातेँको प्रशिक्षण दिन थालेको पनि १० वर्षबितिसकेको छ । तर मलाई खेलाडीको रुपमा चिनिन पाउ“दाको जस्तो गौरवको अनुभूति अरु केही हुदैन ।

१३. तपाईले प्रशिक्षण दिएका राम्रो इमजे बनाएका प्रशिक्षार्थीको नाम लिनु पर्दा ?

मैले प्रशिक्षण दिएका ४३ जनाले बेल्याक वेल्ट पाइसकेका छन् । नाम लिनु पर्दा जीवन मल्ल, सुरेश कुमार गुरुङ, निर्मल थापा, तुल्सी थापा, शर्मिला गुरुङ, सिमा लामा, अभिमान गुरुङ चन्द्र हमाल, सुष्मा गुरुङ र संगीता लामाले करातेँमा राम्रो प्रभाव जमाएका छन् ।

१४. के पश्चिमाञ्चल क्षेत्रमा करातेँ खेलको प्रशिक्षक को अभाव नै हो ?

राष्ट्रिय खेलकुद परिषदले करातेँको उवरभुमि भएको ठाउँमा अहिले सम्म प्रशिक्षक को व्यवस्था गरेको छैन । परिषदले हेलचक्रयाइ गरिरहेको छ ।

१५. तपाईको भविष्यको लक्ष्य के छ ?

राम्रो खेलाडी उत्पादन गरेर नेपालको इज्जत धान्ने । अन्तराष्ट्रिय स्पर्धामा सहभागी भएर नेपालका लागि गोल्ड मेडल दिलाउने मेरो एउटै लक्ष्य छ । हेरौ भविष्य ले के देखाउछ ।

१६. सरकारले खेलकुद क्षेत्रलाई के गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईलाई ?

पहिलो कुरा त ठोस निति र कार्यक्रम खेलकुद क्षेत्रमा ल्याउनै पर्छ । राजधानीबाहिर रहेका प्रतिभावान खेलाडीहरुलाई उचित मौका र हौसला दिएर उनिहरुको स्थान सुरक्षित गरिदिनुपर्छ । राज्यकै वेवास्ताका काररण अन्तराष्ट्रिय प्रतियोगीतामा गएका खेलाडीहरु आर्थिक कमजोरीका कारण उतै पलायन हुन बाध्य भएका छन् जसले गर्दा नेपालले राम्रा खेलाडीहरु गुमाउनु परिरहेको छ ।

१७. कतै तपाई पनि विदेश पलायन हुने त हैन ?
यदि म विदेश पलायन हुने भए उहिले देखि नै जापानमा रही रहने थिए ।

मैले जापानमा काम गरेर वस्ने थुप्रै अवसरहरु पाएको हो । तर मैले करातेँ खेलबाटै आफनो नाम चम्काउछु भनेर विदेशको मोह र आर्थीक पक्षलाई तिलाञ्जली दिएर करातेँ खेलमै अहिले सम्म होमिरहेको छु र निरन्तर होमीरहनेछु ।
 

---------------------------------------------------------------------------------------------------------------------------------------

Click on the Icon to view clips

 

 

Interviewed by : Shiva Sharma
 Source by : www.lovelypokhara.com
 
Visitors:

 
Your Ad Here
www.tamusamaj.com
› Useful Links
-› Onlinesansar.com
-› NRN Home Page
-› Madan Puruskar Library
-› Date Converter
-› Nepali Literature
-› Nepali Poem
-› Foreign Nepali Student's Page
-› Language Translation
-› Nepali-English Translation
-› Nepali Calendar
-› Currency Converter
-› World's Ambassadors
-› Romanized Unicode
-› Nepali-English-Nepali Dictionary
   
› For Advertise
If you want to publish your advertisement in our Web Site
Please contact us : info@tamusamaj.com.