-› -› Let's do something to save Tamu Culture ‹- ‹- 6th Sep 2010  05:32:40
Browse Menu
Ads

Tamu Website
News
सिक्दै र सिकाउदै क्लेप्री गुरु थमनसिंह गुरुङ- रोशनी तमूसिक्दै र सिकाउदै क्लेप्री गुरु थमनसिंह गुरुङ- रोशनी तमू
Posted On : Oct 11 2009 Sunday 02:33:35 PM | Views : 447

*****   रोशनी तमू

तनहुँ जिल्लाको फिरफिरे - १ लामागाउँ ,सालबोट निवासी थमनसिंह गुरुङ आज भन्दा करिब ९३ वर्ष पहिले बाबा विरसिंह गुरुङ र आमा तिलजन गुरुङको कोखबाट जन्मेका हुन । बाल्यकाल सामन्य परिवारमा बिताएका गुरुङ जिवनको १७ औं वसन्तदेखि नै गुरुङहरुको पुरोहित क्लेप्री पेशामा संलग्न भएका थिए । जीवनको ९३ औं वसन्तमा आईपुग्दा पनि एकदमै जाँगरिलो र जोशिलो देखिनु हुन्छ उहाँ । साँचिनै उहाँमा एउटा अदम्य साहश छ जसले गर्दा जिवनको उतर्रदाको यो समयमा पनि आफनो जाति र समुदायको सेवाको निम्ती अनवरत रुपमा क्रियाशील हुनुहुन्छ थमनसिहं गुरुङ्ग ।

छोरेपाटन पोखरा निवासी स्व.चन्द्रकला गुरुङको तिन दिने अर्घो संस्कार सम्पन्न गर्नको निम्ती तनहुँबाट पोखरा आउनु हुदा तमू प्पे ल्हु संघको केन्दि्रय कार्यलय शक्तिघाटमा मैले उहाँलाई भेटने अवसर पाएकी थिए । गुरुङ समुदाय भित्र महत्वपुर्ण मानिने पुरोहितहरु क्लेप्री र पच्यु । जसले पुस्तौदेखि आफनो समुदायको मृत देखि लिएर आर्घो संस्कारसम्मका कार्यहरु लगायत विभिन्न शुभकार्यहरु समेत गर्दा आएका छन । पच्यु र क्लेप्री दुई छुटा-छुटै विधा भए पनि उनीहरु एक अर्कोको परिपुरक जस्तै हुन । गुरुङ समुदायमा यी दुई पुरोहित विना मृत अनि आर्घाे संस्कार अधुरो अनि अपुरो हुने गर्दा छ । यस्त महान कार्य गर्दे आउनुभएका थमन सिहं गुरुङ्ग जीवनको ५० औं बसन्तमा आईपुग्दा मात्र आफुले क्लेप्री पुरोहितको विद्या पुर्ण रुपमा सिकेको बताउनु हुन्छ । त्यसपछिको समयमा भने आफुजस्तै सक्षम क्लेप्री पुरोहित जन्माउनका लागि तल्लीन रहेको उहाँको भनाई छ ।

हाल सम्म उहाँले आफनै छोराहरु लोक बहादुर गुरुङ र खमबहादुर गुरुङ लगायत १०/१२ जनालाई पुर्णरुपमा जिम्मेवारी बहन गर्न सक्ने गरि प्रशिक्षण दिई सकेका छन । भने अहिले उहाँ सग पुरन गुरुङ, रेख बहादुर गुरुङ, कान्छा गुरुङ, आशोक गुरुङ जस्ता गुरुङ युवा पिडीहरु क्लेप्री विद्या सिक्नको लागि उहाँ सगसगै सहकार्यमा जुटीरहनु भएको छ ।

मेरो एक जिज्ञासमा प्रशिक्षर्थी पुरन गुरुङ्गले भने हामी जस्त युवा पिँडीले यो विद्या सिक्न एक्दमै जरुरी छ नत्र त हाम्रो संस्कार नै हराउाछ । सााचिनै आधुनिकताले जडगाडी सकेको अहिलेको युवा पिँढीसाग पनि आफनो जातिया कर्म काण्डा र संस्कार प्रति यति चासो र चिन्तन भएको मैल उहाँमा पाए सबै युवाहरु पुरन गुरुङ जस्तै जातिय भाषा, संस्कार प्रति यसरी नै चिन्तनशील हुदो हो त हाम्रा ति अमुल्य भाषा र रितिरिवाज अनि सस्कार संस्कृतीहरु किन हराउथे र ? मैले मनमनै यहि सोचे त्यतिबेला ।

तनहुँ जिल्ला जन्मथलो र कर्मथलो दुवै बनाउनु भएका थमनसिंह गुरुङ कहिल्यै पनि आफनो जिल्लामा मात्रै सिमित हुनु भएन उहाँले स्याङजाको बाडखोला, ठूलाडीहि, टक्सार, बाचपुर, घरेडी, गौरी स्वाराँ , किचनाश, पौवौगौडे देखि तनहँको किहुँ, भानुमती, ढोरफेदि, राईपुर, दुलेगौडा, खैरेनी थप्रेक तथा कास्कीको लेखनाथ, पोखरा,जिव्रेढुङ आदि ठाउँहरुमा पनि क्लेप्री पुरोहितको काम गर्दे आउनु भएको छ । जिवनयात्राको दौडानमा ७२ र ८८ वर्षमा एकदमै ठूलो विरामी हुदा पनि मलाई केहि भएन । साँचि त्यतिबेला मैले आफुलाई बाँच्छु होला जस्तै लागेको थिएन । अब त मरिन्न होला, उहाँले हाँस्दै भन्नु भयो, उमेरले नेटो काटीसकेको त्यो बुढयौली अवस्थामा पनि उहाँको मन भने युवा नै छ ।

कति स्वस्थ्थ अनि तन्दुरुत हुनुहुन्छ यति बुढेसकालमा पनि थमन सिहं गुरुङ । मैले उहाँलाई प्रत्यक्ष भेटेकी छु । गुरुङहरुको उत्पति देखि वर्तमान सम्मको लगभग सबै इतिहास थाहा छ उहाँलाई आम गुरुङहरुले मान्दै र भन्दै आएको गुरुङहरुको उदगम थलो क्होला सोंथर हो भन्ने कुरामा कुनै सत्यता नभएको उहाँको भनाई छ । ढुङ्गे युगमा हुदाँ गुरुङहरु मुस्ताङ जिल्लाको फलिप्रो, लप्रु, नार खोला, ध्यसुण्डो, काली गण्डकीको शिर आदिबाट उत्पत्ति भएको र सव्य युगमा प्रवेश गरेपछि मात्र क्होला सोंथरमा आएको उहाँको भनाई छ । एक जना इटालीयान विद्धन -Tucci_ ले लेखेको लेखलाई उदधृत गर्दे उहाँले भन्नु भयो गुरुङहरु ओडारमा बस्ने जाति हुन् र शिकारी अवस्थामा हुदाँ जलचर ,थलचर र नवचर आदिको मासुखाने अनि शिकार खेल्लने गर्दथ्थे । जुन ओडार मुस्ताङको लोमान्थाङमा अहिलेपनि छ । यसरी शुरुभएको गुरुङ जातिको इतिहास सव्य संस्कृतिमा आईपुगेपछिको उदगम थलो चाहि क्होला सोथरलाई नै मान्न सकिन्छ भन्ने उहाँको कथन छ ।

गुरुङहरु प्रकृति पुजारी हुन प्रकृतिका अथक साधनहरु नदी नाला , पहाड , डाडा काँडा, देउराली अनि सिमे भुमे आदि यो जातिले वषैदेखि पुज्दै आएका छन । संस्कार सस्कृतिले सम्पन्न गुरुङ जाति जसको आफनै रितिरिवाज छ आजभोलि गुरुङहरु अलिबढी तामझामकासाथ आर्घो लगायतका अन्य संस्कार गर्न तर्फ लागेको हामी पाउँछौ ।

संस्कृति आफैमा विकृति होइन तर यसलाई परिस्कृत र परिर्माजित गरेर संरक्षण गर्नु अब सबै गुरुÎ समुदायको दायित्व हो पक्कै पनि सबैले सहि ढङ्गगले आफनो दायित्व बहन गर्न सिक्ने हो भने संस्कृति बचाऔं अभियानमा दौडेर हामीले समय र्बबाद पार्नु पर्ने थिएन होला ।

 

प्रतिक्रियाका लागि

रोशनी तमू , पोखरा

इमेल - roshnianjan@yahoo.com



Other Headlines

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

ईश्वर गुरुङको घरमा यतिबेला रुवाबासी

तामाङ समाज डटकम `तामाङ मिडिया अवार्ड` बाट सम्मानित

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]