गुरुङ कथानक चलचित्र \'छ्याबर्žहानी\' चलचित्र : समीक्षागुरुङ कथानक चलचित्र \'छ्याबर्žहानी\' चलचित्र : समीक्षा
Posted On : Oct 12 2009 Monday 02:28:11 PM | Views : 555

फूलमान वल
काठमाडौ, २०६६ आश्विन २६ -
सम्पन्न जीवनको सपना सबैसँग हुन्छ । पूर्वी नेपालको ओखलढुंगाको प्रेम गुरुङसँग पनि त्यस्तै सपना थियो, जति बेला ऊ राजधानी पस्दै थियो । राजधानीले भने उसलाई एउटा आपराधिक ग्याङको नाइके बनाइदियो । सामान्य नागरिकलाई झुक्याउने एउटा म्यानपावर कम्पनीको मालिकसँग विवाद र झगडा हुँदा ऊ परिबन्दले हत्यारा बन्न पुग्छ र भाग्दै पश्चिम नेपालको गुरुङ गाउँ पस्छ ।
गुरुङ कथानक चलचित्र \'छ्याबर्žहानी` को यो पात्रले यसपछि मात्रै वास्तविक जीवन बुझ्न थाल्छ । शनिबार राजधानीमा पि्रमियर शो गरिएको पि्रतम गुरुङ निर्देशित चलचित्र \'छ्याबर्žहानी\' ले कुसंगतमा फसेका युवासँगै गुरुङ समाजको वास्तविकतालाई बाहिर ल्याएको छ । बाआमा बेलायतमा रहेका लाहुरे सन्तान काठमाडौंमा कसरी \'हाइफाइ\' जिन्दगी गुजारिरहेका छन् र कसरी कुसंगतको सिकार भइरहेका छन् भन्ने पनि चलचित्रमा उधिनिएको छ, जसले वर्तमान लाहुरे संस्कृतिको विसंगत पक्षलाई औंल्याइदिएको छ । मस्ती र \'बिन्दास\' जीवनकोपछि लाग्ने युवती पि्रयाको जीवनशैली र उसको अवसानमार्फत यो व्यक्त हुन्छ ।
करिब एक दर्जन गुरुङ चलचित्र बनाइसकेका पि्रतमले यसपटक धेरैजसो नेपाली संवादमा काम गरेका छन् । प्रेम गुरुङ राजधानीमा अपराध गरेर लुक्न गाउँ पसेपछि मात्रै छिटफुट रूपमा गुरुङ संवाद प्रयोग हुन्छ । प्रेममार्फत चलचित्रमा पूर्वी र पश्चिमी गुरुङ समाजको भाषिक-सांस्कृतिक भिन्नता पनि देखाउन खोजिएको छ । पूर्वतिरको गुरुङ समाजमा मातृभाषा पूर्णतया लोप भइसकेको छ भने पश्चिमेलीले त्यसलाई जीवन्त राखेका छन्, \'कौरा\', \'रोधी\' लगायतका लोक संस्कृति र रहनसहनमार्फत ।
अपरिचितको रूपमा प्रेम पश्चिमको गाउँ पुग्दा पनि कौरा गीत र नृत्यबाट उसले स्वागत पाउँछ । यहीं उसले \'छ्याबर्žहानी\' नामक गाउँले युवती भेट्छ, जसको अनुहार उसकी सहरी प्रेमिका पि्रयासँग ठ्याक्कै मिल्छ । तर यतिन्जेल छ्याबर्žहानीले आँखाको ज्योति गुमाइसकेकी हुन्छे । उही छ्याबर्žहानीले प्रेमभित्रको अपराधभाव पखाल्न सहयोग पुर्žयाउँछे । प्रेम बदलिन्छ तर पूर्वअपराधका कारण ऊ समातिन्छ र चलचित्र वियोगान्तक हुन्छ । मानिसको जिन्दगीमा मायाको भूमिका कति शक्तिशाली हुन्छ भन्ने पनि चलचित्रमा देखाउन खोजिएको छ ।
पुप्रण प्रोडक्सनका लागि प्रभु गुरुङको प्रस्तुति तथा मानबहादुर गुरुङ र भजन गुरुङको निर्माण रहेको चलचित्रले गाउँसमाजमा जीवितै रहेको सामन्ती संस्कारलाई पनि उजागर गर्न खोजेको छ, पात्र चिबामार्फत । चिबा गाउँको एक्लो वीर हो । उसलाई नसोधी र उसको मन नपगाली गाउँमा कुनै काम हुन सक्दैन । उसको हैकम सर्वत्र चलिरहेको हुन्छ ।
चलचित्रकी शीर्ष पात्र छ्याबर्žहानी (सुन्दरी रानी) निकै ढिलो गरी पर्दामा देखिन्छे, संभवतः यो निर्देशकको कथावाचन शैलीको कमजोरी हो । यसअघि चलचित्र काठमाडौंकै गुन्डागर्दी र व्यस्ततामा हराउँछ जहाँ मूलकथालाई बोक्ने छ्याबर्žहानीको कुनै सन्दर्भ छैन । छ्याबर्žहानीका रूपमा सुनीता गुरुङले मन छुने अभिनय गरेकी छन् । गाउँकी सबैभन्दा सुन्दरी यिनको जीवनमा आएको उचारचढाव साँच्चिकै मार्मिक छ । प्रेमका रूपमा प्रभु गुरुङले पनि उत्तिकै मन छुने अभिनय गरेका छन् तर निर्देशकले केही संवादमा उनलाई चिप्ल्याएका छन् । रेसम गुरुङ र भाइराम श्रेष्ठको अभिनय पनि दमदार छ ।
डिजिटल फम्र्याटको चलचित्र नेपाली मसला फिल्मकै शैली हो, कथावस्तु र गुरुङ समाजको परिवेशबाहेक । पुप्रण प्रोडक्सनको यो दोस्रो प्रस्तुति हो । पछिल्ला दिनमा गुरुङभाषी चलचित्रले राम्रै बजार पाउन थालेको प्रोडक्सनका प्रभु गुरुङले बताए । \'केही हलमा केही दिन नियमित चल्न थालेको छ, उनले भने, \'खासमा च्यारिटी शोहरू नै मुख्य आम्दानी श्रोत हुन् ।\' \'छ्याबर्žहानी` छिट्टै चितवन र पोखरामा देखाइने पनि उनले बताए ।
Other Headlines
No comments so far