अब गुरुङ्ग महिला पनि सहासिक कार्य तर्फ - रोशनी तमू,( पोखरा)अब गुरुङ्ग महिला पनि सहासिक कार्य तर्फ - रोशनी तमू,( पोखरा)
Posted On : Oct 29 2009 Thursday 07:46:35 AM | Views : 514

रोशनी तमू , पोखरा
संसारमा धेरै मानिस जन्मिनछन र मर्छन कमै मात्र मानिस हुन्छन जो आफु बाँचेर अरुलाई पनि बाँच्न सिकाउँछन अनि यो जगतमा चर्चा कमाउनुका साथै सबैको लोकप्रीय बन्छन् ।
महिला जो नेपाली समाजमा चुलो चौको सम्हाल्ने र पुरुषको सेवा गर्ने साधनको रुपमा लिईन्छ । कति पछाडि छ हाम्रो नेपाली समाज अनि त्यति नै संकुचित पनि अचम्मा लाग्छ । तर कसैको नजरमा वस्तु विनिमयको स्थानमा रहेको महिलाहरु पनि अब आफै स्वाबलम्बी भएर यो समाजमा केहि गर्देछन । हरेक क्षेत्रमा विस्तारै आफनो पहुँच बढउदै लगेका छन ।
यीनै स्वावलम्वी महिला मध्येकी एक साहसी महिला हुन चिजा गुरुङ्ग \\\"किरण\\\" जो विगत ३ वर्षदेखि अनवरत रुपमा महिला ट्रेकिङ्ग गाइडको रुपमा काम गर्दे आइरहेकी छिन् । कमै गुरुङ्ग महिलाहरुले अपनाउने यो पेशा आफैंमा जोखिम र संर्घषले भरिपुर्ण छ । तर पनि उनी आफनो पेशा प्रति पुर्णरुपमा बफदार र सन्तुष्ट छिन । लमजुङ्ग जिल्लाको पर्यटकीय गाउँ घनपोखरामा २०४० सालमा बाबा पर्रजङ्ग गुरुङ्ग र आमा धनमाया गुरुङ्गको कोखबाट जन्मिएकी किरण हासिलि र मिलनसार स्वाभावकी छिन् । कसै संग बैरभाव नराख्ने उनी मेहेनती र आँटिल पनि छिन् । अलिकति लजालु स्वभावकी किरण पहिला हाँसेर मात्रै बोल्ने उनको बानी छ ।
पोखरामाको खहरेमा अवस्थीत तीन दिदीबैनी लक्की, निक्की र डिक्की द्धारा सञ्चालित थि्र सिस्टर्स एडभेन्चर टे्किङ कम्पनी मा ४५ दिनको निशुल्क टे्रकिङ्ग सम्बन्धी तालीम लिए पछि हाल उनी यसै संस्थाबाट विभिन्न मुलुकबाट पोखरा घुम्ना आउने महिला पर्यटकलाई गाइड गर्दे विकट हिमाली जिल्ला मनाङ्ग , मुस्ताङ्ग लगायत नेपालका विभिन्न पर्यटकीय स्थलसम्म पुग्ने गर्छिन । काम गर्दे जाने क्रममा आउने बाधा अड्चनलाई उनी समान्य रुपमा लिन्छन मान्छेले आँटे र ताकेमा कुनैपनि कुरा गाह्रो नलाग्दो रहेछ उनी आफनो अनुभव सुनाउछिन् ।
आज भन्दा ४/५ वर्ष पहिले आफनो साथीको गाउँ लमजुङ्ग घलेगाउँमा जाँदा थि्र सिस्टर्स मध्येकी लक्की क्षेत्री संग भेट भएपछि उनी संगको समान्य कुराकानी र त्यसपछि आफनै साथीको सहयोगमा आफु त्यस संस्थामा अबद्ध भई तालिम लिएर टे्रकिङ्ग पेशा शुरु गरेको उनी बताउँछिन् । पदयात्रामा जाँदा महिला गाइडलाई कस्तो समस्या पर्छन् त भन्ने प्रश्नमा उनी आफु महिला पर्यटकको मात्रै गाइड गर्ने हुदा खासै समस्या नआउने कुरा सुनाईन् । एकपटक मनाङ्ग जिल्लामा टे्रकिङ्ग जानेक्रममा बाटोमा एकदमै हिउँ परेकोले बाटोसमेत पत्ता लगाउन गाह्रो भएको र आधा शरीर पुरै हिउँमा पुरिएकोले हिड्नको लागि एकदमै गाह्रो भएको थियो अरे साँचि त्यतिबेला हामी बिचल्लीमा नै परेका थियौ । त्यो क्षेण मेरो यात्राको क्रममा अहिले पनि अवीस्मरणीय भएर आउँछ । केहि मलिन अनुहारमा यात्राको क्रममा भोगेका अनुभव सुनाउँदै उनले भनिन् ।
यात्राको बारेमा एउटा उक्ति छ \\\"यातना तर रमाइलो\\\" त्यसैले पनि होला जति कठिन परिस्थिति आए पनि किरणको मनमा कतिपनि विचलन आएको छैन । बरु एउटा पदयात्रा समाप्ता भएर र्फकिसके पछि अर्को पदयात्रा कहिले शुरु होला भन्ने लग्छारे उनलाई । यसरी कठिन र संघर्षपुर्णरुप पेशामा लागेकी यी साहसीक महिला किरणलाई कठिन काम नै आनन्दको लाग्ने बताउँछिन । पदयात्रामा आत्मसन्तुष्टि मात्रै छैन दूःख अनूसारको कमाई पनि छ । सिजनको बेलामा महिनाको २५/३० हजार रुपैयाँ सम्म सजिलै कमाई हने यो पेशा नेपाल जस्तो मुलुकमा प्रत्येक वेरोजगार व्यक्तिको जिउने आधार बन्न सक्छ । त्यसैले पनि पछिल्लो समयमा यो पेशा जुनसुकै वर्गका महिला , पुरुष सबैको रोजाईको पेशा बन्न गरेको छ ।
नेपाल जस्तो भूपरिवेष्टीत मूलकमा पदयात्राका अनेक सम्भावनाहरु हुँदा हुँदैपनि पछिल्लो क्रममा ग्रामीण इलाकमा यातायताको सेवा पुर्žयाउने बहानामा विभिन्न रुटमा पर्ने पदयात्राहरु दिनप्रतिदिन छोटीदै गईरहेका छन । त्यसैले नयाँ संभावनाको लागि विभिन्न खोजमुलक ग्रामीण पदयात्राको गन्तव्य तय गर्न सकेमा नेपाल विभिन्न मुलुकबाट घुम्ना आउने पर्यटकको लागि पहिलो गन्तव्य मुलुक बन्न सक्छ ।
प्रतिक्रियाका लागि
roshnianjan@yahoo.com
Other Headlines
No comments so far