गुरुङ फिल्म `च्हमी कर्म` (छोरीको कर्म): एक समिक्षागुरुङ फिल्म `च्हमी कर्म` (छोरीको कर्म): एक समिक्षा
Posted On : Nov 26 2009 Thursday 12:36:08 AM | Views : 378

काठमाडौ, २०६६ मंसिर १० -
प्रेममा र्सतको कुनै अर्थ हुँदैन । हालै काठमाडौंमा प्रिमियर शो गरिएको गुरुङ फिल्म \'च्हमी कर्म\' (छोरीको कर्म) ले पनि यही भन्छ । गरिबीका बीच दिनचर्या गुजारिरहेको परिवारमा मनु गुरुङ हुर्के । पैसाकै कारण न उनी ब्रिटिस लाहुरे बन्न सके, न सहरतिरका व्यवसायी । घाँसपात र उकालीओराली गर्दै हुर्केका मनुको जौश्रीसँग प्रेम पर्छ । जसै मगनीका लागि उनी जौश्रीको घर पुग्छन्, १५ तोला सुनको र्सत राखिन्छ र लाहुरे नभएकाले छोरी नदिने जवाफ आउँछ ।
सुनकोट फिल्म्स् प्रोडक्सन लमजुङको प्रस्तुति \'च्हमी कर्म\' को कथानक यसरी नै अगाडि बढ्छ, चल्तीको हिन्दी र नेपाली फिल्मकै शैली पछ्याउँदै । यसपछि मनु विरक्तिएर सहर आइपुग्छन् कमाइ गर्न । उता जौश्रीको गाउँकै जिम्मुवालका छोरासँग बिहे हुन्छ । बिहेपछिको बुहार्तनमा अनेक समस्या आर्इपर्छ । जौश्री आफूलाई १५ तोला सुनसँग साटिएको पीडाबोध गर्न थाल्छिन्, आत्महत्याको अन्तिम विकल्प समाउँछिन् । यहीबेला नाटकीय रूपमा सहर पसेका मनु गाउँमा देखापर्छन् र जौश्रीलाई बचाएर पुन प्रेमपूर्वक जिन्दगीको सुरुवात गर्छन् ।
झन्डै दुइ घन्टा कुराएर र एक घन्टा भाषण सुनाएर प्रदर्शन गरिएको फिल्म सकेर बाहिर निस्कदै गर्दा जमलस्थित नाचघर परिसरमा बूढी आमै र युवतीहरू भन्दै थिए, \'गाउकी गुरुङ चेलीको कथा रैछ । निकै मन छोयो ।\' मन छुनुको मुख्य कारणचाहिँ फिल्मको शैली र शिल्प नभई नायिका वसन्ती गुरुङको अभिनय थियो, उनलाई निर्देशक सुजन लामाले निकै नै रुवाइधुवाइको भूमिका दिएका छन् फिल्ममा, जुन त्यति आवश्यक थिएन ।
पोखरा र लमजुङका विभिन्न थलोमा प्रदर्शन गरेपछि काठमाडौंमा देखाइएको फिल्मले ग्रामीण समाजमा नारीले बेहोर्नुपर्ने पीडालाई उजागर गरेको छ । छोरी दिनुअघि दुलाहा पक्षसँग धनसम्पत्ति लिने परम्परा देखाइएको छ, जसलाई एकप्रकारले संस्कृतिको खोलभित्र \'चेलिबेटीको बेचबिखन\' को संज्ञा दिन सकिन्छ । फिल्ममा यही कारण उतारचढाव आउँछ र कथाले मार्मिक मोड लिन्छ । गुरुङ नवनायकको रूपमा दिलजंग गुरुङले अभिनय गरेका छन् ।
आम नेपाली जनजातीय फिल्ममा देखिने समस्या यसमा पनि छ । हिन्दी फिल्मको नेपाली मसला फिल्मले नक्कल गरेजस्तै नेपाली मसला फिल्मको मातृभाषी फिल्महरूले नक्कल गर्छन् । त्यही भएर फिल्म कि त नृत्यबाट सुरु हुन्छ कि त फाइटबाट । \'च्हमी कर्म\' मा पनि भाषा र परिवेश अलग्याउने हो भने ठ्याक्कै मसला नेपाली फिल्मकै झल्को मिल्छ । यति हुँदाहुँदै गुरुङ सांस्कृतिक पक्षलाई फिल्मले उजागर गरेको छ, वेशभूषा, भूगोल र सामाजिक परिवेशमार्फत । लमजुङको नाल्मा, बाग्लुङपानी, खासुर, बेंसीसहरलगायतका सुन्दर गाउँमा छायांकन गरिएको
फिल्ममा बेग्लै सांस्कृतिक परिवेशको स्वाद मिल्छ । सुन्दर दृश्य, गीत-संगीतमा गुरुङपन र नृत्यको मौलिक वेशभूषा चलचित्रको सबल पक्ष मान्न सकिन्छ । यद्यपि छायांकनमा क्यामेरा स्थिर नहु\"दा दृष्यहरू कचमचिन्छन् र दर्शकको आँखालाई असर पुर्याउँछ । फिल्म रोशन गुरुङ, धनबहादुर गुरुङ र प्रेम गुरुङले निर्माण गरेका हुन् ।
Source : Kantipur
Other Headlines
No comments so far