तमू जातिको ल्होसार पर्व , महत्व र सान्दर्भिकता - रोशनी तमूतमू जातिको ल्होसार पर्व , महत्व र सान्दर्भिकता - रोशनी तमू
Posted On : Dec 28 2009 Monday 12:52:53 PM | Views : 426

रोशनी तमू /पोखरा ।
तमू जातिले नयाँ वर्षको रुपमा मनाइदै आएको ल्होसार पर्व आज नेपालमा मात्रै होइन विदेशमा बसोबास गर्ने नेपाली तमू दाजु तथा भाई दिदीबैनीहरुले पनि धूमधामसाग मनाउदै छन । तमू जाति प्राचीन ढुङगे युगबाट विस्तारै सव्य युगतिर प्रवेश गरे पछि मानव समाजमा घुलमिल हुने क्रमसंग संगै उसले आफनो ठूलो पर्वको रुपमा यो दिनलाई मनाउन लागेको नेपालको पश्चिमी गण्डक प्रदेशको अनुश्रुतिकालीन इतिहासले बताउँछ । ल्होसार पर्व कहिलेदेखि मनाउन लाग्यो भन्ने निश्चित तथ्याङ्गक नभए पनि तमूहरुको पुरोहित पच्यु र क्लेप्रीलेको प्ये -बेद) मा करिब २५/३० हजार वर्ष पहिले देखि नै तमूहरुले ल्होसार पर्व मनाउन सुरुको कुरा उल्लेख छ । तर यो नै वास्तविक तथ्याङ्गक चाँहि होइन । सुरुको दिनमा जे जसरी यो पर्व मनाउन सुरु गरिएको भएता पनि वर्तमान समयमा भने यसको महत्व निकै बढेको छ । यो सायद तमू जातिमा आएको चेतनाको कारणले गर्दा पनि हुन सक्छ । तमू जातिको प्रचलन अनुसार १२ वटा वर्ग चक्रहरु एकआपसमा समानान्तर भई घुमी रहन्छन । यी १२ वटा वर्ग च्रक भित्र बाघ, गाई, मुसा, मृगा, कुकुर, चरा, बाादर, भेडा, सर्प, घोडा, विरालो र गिद्ध पर्दछन । ल्होसारको शाब्दिक अर्थ ल्हो भन्नाले वर्ग र सार भन्नाले एकबाट अर्कोमा सर्दे जाने भएकोले यसलाई ल्होसार भनिएको हो तर अर्को थरीले फेरि यसै शब्दलाई ल्होछार पनि भनिन्छ । यसको अर्थ पनि ल्हो भन्नाले वर्ग र छार भन्नाले नयाँ वर्ग भनि बुझिन्छ । यी दुवै शब्द वास्तवामा आ आफनो ठाउामा अर्थ पुर्ण नै देखिन्छ । तर सर्दे गए पनि र नयाा आए पनि १२ वटा वर्गचक्र भित्र नै सिमित हुन्छ छार भन्दैमा १२ वटा भन्द बाहिराबाट आउने पनि होइन र सार भन्दैमा १२ वटा भन्दा बाहिरा चक्रमा सर्दे जाने पनि होइन प्रत्येक १२ वर्षमा एउटा वर्ग आउँछ त्यस अर्थमा त्यसलाई नयाँ वर्ष भनिन्छ र फेरि वर्षेनी रुपमा एउटा वर्गबाट अर्को वर्गमा सर्दे जान्छ त्यसैले पनि यसलाई सार भानिन्छ । त्यसैले पनि अगाडी उल्लेख भएको ल्होसार कि ल्होछार भन्ने दुवै शब्द आफैमा महत्वपुर्ण छ ।
पछिल्लो क्रममा गाउँघर छोडेर तमूहरु शहर बजार झर्ने र विदेश जाने थाले पछि आधुनिक समय संगै परिवर्तन हुदै जानेक्रममा शिक्षित र चेतनशील पनि हुदै पनि गई रहेका छन । अबचाँहि तमूहरुले ल्होसार पर्वलाई अझ परिष्कृत र परिर्माजित ढङगाले धूमधाम संग मनाउन थालेका छन । वर्तमान समयमा नेपाल सरकारले ल्होसार पर्वको दिनलाई सार्वजानिक विदा दिने निर्णय गरे पछि । अझ यो पर्वप्रति तमू युवा युवतीहरुको मोह बढेको पाइन्छ । तमू भाषा नै नबुझने र तमू पोशाक नै नलगाउने आधुनिक युगका तमू युवा युवतीहरु आजभोली वर्षको एक पटक भएपनि आफनो जातिया पोशाक लगाउने र तमू संस्कृतिको बारेमा जिज्ञास राख्नले पनि ल्होसारको महत्व बढेको होकि भन्ने लाग्छ । यसको अलवा अहिले विभिन्न तमू संघ संस्थाहरुले संस्थागत रुपमा साताव्यापी रुपमा यो पर्व मनाउँदै प्रचा।र प्रसारको हिसाबले पनि नेपालमा मात्रै होइन विदेशमा पनि ल्होसार पर्व स्थापित भइ रहेको छ । नेपालका विभिन्न तमू गाउँहरुमा परम्परागत रुपमा यो पर्वलाई पौष १५ को रुपमा धूमधाम संग मनाउने गर्छन । गाउँघरका युवा युवतीले गाउँको कुनै एक घरलाई रोधीघर मान्छन र त्यही घरमा पुस १५ को दिनमा जम्मा भई प्रत्येकले आफनो गक्ष अनुसारको चामल लगायत अन्य सामग्री उठाई स्योंकै खाने चलन छ । स्योंकैको शाब्दीक अर्थ पिकनिक हो तमू भाषामा यसलाई स्यों भनेको प्रत्येक संग केहि चामल वा अन्य सामग्री उठाउने र कै भनेको त्यही उठाएको चालमको भातलाई नै कैं भनिन्छ । सबैसँग उठाएर पकाएको भात भएकोले नै त्यस दिनमा खाएको खाना अर्थत स्योंकैको विषेश महत्व हुन्छ । यसरी प्रत्येकसंग उठाएर रोधीघरमा जम्मा भई स्योंकै खाने र नाच गान गरि बस्ने यो प्रचलन तमू समुदायको परम्परागत चिनारी हो । यो परम्पराको निकै महत्व रहेको छ किन भने यसले खाने र नाचने कार्यक्रमलाई मात्रै महत्व दिदैन वषौसम्म विछोड भएका आफन्तहरुलाई भेटघाट गराउछ देश विदेशबाट तमूहरु यो पर्व मनाउनको लागि गाउँघर र्फकन्छन् यसरी यो पर्वले एकअर्कामा सामिप्यता बढाउँछ । अर्कोतिर मन खोले नाच गान र हाँसो ठटट गर्दा मानिसको मनमा रहेको क्रोध, ईष्य र वैरभावलाई हटाएर सुमधुर सम्बन्धको र्सिजना समेत गराउछ । यतिमात्रै होइन कुनै युवा युवतीले आफुले मन परेको मान्छे छ तर ति कुराहरु उसले अभिव्यक्त गर्न सकिरहेको छैन भने त्यही दिनमा आफना मनका कुराहरु अभिव्यक्त गर्ने गर्छन् । कसै कसैले त आफुले मन परेको मान्छे छ भने त्यही अवसरमा विवाह पनि गर्छन त्यस अर्थमा पनि यो पर्वलाई तमू समुदायले प्रणय दिवसको रुपमा पनि हेरिन्छ ।
०६२/६३ सालको जनआन्दोलनले नेपाललाई संघीय लोकतान्त्रीक गणराज्य घोषण गर्žयो । तर अहिले सम्म पनि संघीय नेपालको स्वरुप कस्तो हुने भन्ने बारे नेपालको नयाँ बन्ने संविधानमा स्पष्ट धारणा नआई सकेको अवस्थामा यहाँका विभिन्न थरी आदिवासी जनजातिहरुले आ आफनो गुमेको अधिकार पुनः स्थापित गराउनका निम्ती जातिया आधारमा संघीय राज्यको माग गरि रहेको बेला हामीले पनि तमूवान प्राप्ती गर्नका निम्ती सरकारलाई दवाव दिन अहिलेको समयमा यो पर्वलाई दवावमूलक अभियानको रुपमा मनाउन जरुरी रहेको छ । अबको दिनमा ल्होसार मनोरञ्जनको लागि मात्रै होइन अधिकारको लागि आवाज बुलन्द गर्ने माध्यमको रुपमा मनाउनु पर्छ । ल्होसारको स्वरुव समय अनुसार परिर्वतन गराउनु पर्छ । पुरानो संस्कृतिलाई संरक्षण र नयाँ संस्कृतिलाई पनि समायोजन गरेर यो पर्व मनाउन सकेमा सबै तमूको लागि हित हुने देखिन्छ ।
grgroshni.gtv@gmail.com
Other Headlines
No comments so far