लम्तरीको निम्तोलम्तरीको निम्तो
Posted On : Jan 12 2010 Tuesday 02:37:57 AM | Views : 372

माझठानाको टारी
आर्बको घारी
बैदामको बारी
तीनताका पोखरा उपत्यकाको चर्चित तीनठाँउ मध्येमा पर्छ माझठाना। त्यो गाउँ पुग्न बेगनासतालमाथि …रोयल ट्रेक\'हुँदै जानु पर्छ। माझठानाबाट ओरालो झरेपछि भगवतीटार पुगिन्छ। बाटो कतै पिच छ त कतै गेग्रिनयुक्त। …नडराई चलाउनुस, भित्र पिच नै छ\' पर्यटन व्यवसायी राम सुवेदीले गुरुजीसँग ठट्टा गरे।
हामी भगवतीटार हुदैँ मादी किनारको सानो बस्ति घुम्ले बजारमा पुग्यौं। त्यहाँबाट सुरु भयो पैदल यात्रा। मादीको सुसेली सुन्दै उकालो लाग्यौ। भाचोक पुग्ने योजना। भारी बोकेका खच्चड ओरालो झर्दै थिए। …खोलामा माछाको कमी छ\' संगै रहेका लमतरी पर्यटन प्रर्बद्धन समितिका सचिव जसबहादुर गुरुङले भने …सबै करेन्ट लगाएर मारिसके।\' माछाको कुरा सुनेर रसाएका हाम्रा जिब्रा सुख्खा हुन थाले। उनले एउटा ठुलो ढुंगा देखाए। त्यसमा लेखिएको थियो …वार्निङ, नो इन्ट्री फर फिसिङ उइथ करेन्ट।\'
झम्के साँझमा डोजर लगाएका र नाग झै बटारिएका पुरानो सडक हिँड्दा अलमलियौं हामी। कहिले खेतका कान्ला चढ्नुपर्थ्यो त कहिले झर्नुपर्थ्यो। जुनको उज्यालोमा पुग्यौं भाचोक।
........
ल्होछारको रमझममा मस्त थियो गुरुङ बस्ति। कास्कीको लमतरी गाउँ। गाउँलाई पर्यटकीय गन्तब्य बनाउन कस्सिएका पर्यटन व्यवसायी राम सुवेदी। उनैको बलमा पर्यटन बोर्डबाट अनुसन्धानमा आएका थिए, सदस्य काशीराज भण्डारी र अनुसन्धान अधकृत खड्कविक्रम शाह।
भाचोक
मिजुरे, सैमरङ र भाचोक यी तीन गाविसका युवा गाँउमा पर्यटक भित्रयाउन तम्सिएका छन। समुन्द्री सतहबाट करिव १५०० मिटर उचाँइमा रहेको भाचोक।
सामान्य यात्राका लागि काठमांडौबाट बस चढेर पोखरा जाने। रानीपौवा बसपार्कबाट बिहान सात बजेदेखि बस चल्छन्। लेखनाथ, माझठाना भगवतीटार हुदै घुम्ले पुगेपछि बसको यात्रा सकिन्छ। त्यसपछि उकालो चढ्दै भाचोक पुग्न सकिन्छ।
यात्राको पहिलो दिनमै यहाँ पुग्न सकिन्छ। काली मन्दिर र पुख्यौली मन्दिर यहाँको आकर्षण। …पानी नपरेमा गुर्हाने ठाँउ भनेको यही हो\' सेवामिलन निमाविका शिक्षक रामबहादुर गुरुङले भने …यहाँ भोग दिने चलन छैन।\' पानी नपरेमा आलो माछा र धेरै परेमा सुकेको माछाले पुजा गर्ने चलन भने रहेको उनले बताए।
भाचोकका युवा र आमा समुह उत्साहित छन्। संग्रहलय पनि बन्दैछ पुराना वस्तु जोगाउन। गुरुङ समुदायले टाढाका याङजाकोट र घलेगाउँबाट गाउँ पर्यटनबारे केही सिकिसकेका छन।
लाहुरे जीवन विताएर फर्केका क्याप्टेन मानबहादुर गुरुङ, ६३ पर्यटन समितिका अध्यक्ष भएका छन। मौरी पाल्ोका बुढा बा कफी खेतीमा पनि रमाएका छन्। उनलाई साथ दिएकी छन् श्रीमति डिलसुब्बाले। …पाहुनालाई अर्गानिक कफी खुवाउँनेछौं\', उनले भनिन्।
घरघरमा चिया र कफीको विरुवा बढ्न थालेपछि चियाको लागि पसल धाउनु नपरेको उनीहरू बताउछन।
लमतरी
दोस्रो दिन बिहानै उकालो लागे पुगिन्छ लमतरी। यहाँबाट बाक्लो जंगल, सुर्योदयका साथै अन्नपुर्ण, माछापुच्छ्रे, मनास्लु र गणेश हिमाल अवलोकन गर्न सकिन्छ।
समुन्द्री सतहदेखि करिब २१०० मिटर उचाँईको थुम्कोमा भ्यु टावर बनाउन जोसिएका छन स्थानीय। पोखराबाट नजिक रहेको यो क्षेत्र पदयात्राका लागि उपयुक्त देखिएको पर्यटन व्यवसायी राम सुवेदीले बताउछन। भाचोकबाट एक घण्टा उकालो लागेपछि मदाले ढुंगामा पुगिन्छ। जुन ढुंगा मादल झै बज्छ।
यहाँबाट करिब एकघण्टाको ठाडे उकालो सकाएपछि लमतरीको थुम्कोमा पुगिन्छ। त्यहाँसम्म पुग्दा चराका चिरविर पनि सुन्न सकिन्छ। पिउराको आवाजले जो कोहीलाई मोहित पार्नेछ। बनकुखुरा, मुनाल, डाँफे पनि हेर्न पाउनेछन। लमतरीदेवीको दर्शन पछि आफुले सोचेको कुरा पुरा हुने स्थानीय बताउछन। …म भर्तीमा जाँदा यही भाकल गरेको थिएँ,\' आसाम राइफलमा २१ बर्ष सेवा गरेका बलप्रसाद थापाले भने …सबैका माग पुरा गर्छिन देवीले।\'
देवीको ध्यानमा बसेका सेते अधिकारीले केही समय अघि छाडेपछि मन्दिरको अवस्था पनि बिग्रदै गएका रहेछ। टाढा भएको भनी गाँउलेले देवीलाई नै गाँउ नजिकको मन्दिरमा स्थान्तरन गरेछन।
बाइसी चौबिसे राज्यको समयमा यहाँ पनि गुरुङ जातिको राजा रहेका स्थानीयको भनाई छ।े …यो म्रुदी (राजाको दरवार) र ङर्दी (तोपखाना)\' भाग्नवाशेस देखाउदै मित्र गुरुङले भने। पुराना ओखल पनि ठाँउठाँउमा भेटिएका छन। केही बर्ष पहिलेे बढेको रुखले जाँतोलाई नै माथि लगपछि यो रुख संरक्षणको लागि पोखरा लगिएको स्थानीय बताउछन।
सिजनमा गाउँको पाखामा देखिन्छन् भिर मौरीका चाका। लमतरी ऐतिहासिक थलो हो। …ऐतिहासिक स्थल लमतरीलाई उत्खनन गर्नु एक जिम्मेवारी हुनेछ\' लमतरी पर्यटन प्रवर्द्धन समितीका सचिव जसबहादुर गुरुङले भने …यसमा पुरतत्व विभागको सहयोगको अपेक्षा गरेको छु।\'
…पहिले हामी यही गोठ बनाएर बस्थ्यौ\' टेउबहादुर थापा, ७० ले भने … १७ गोठ गाईभैसी र भेडाँ थिए।\' सबै जना विदेसिएकाले उनी पनि दिल्लीसम्म पुगेर फर्केका रहेछन। आफु गोठलो बसेको ठाँउ जंगलमा परिणत भएकोमा उनी दंग छन। थुम्को यस्तो महत्व भएकोमा उनी खुसी देखिए। …अहिले जस्तो कहाँ हुन्थ्यो र\' उनले विगतलाई सम्झदै भने …पुवाको भंग्रा लाउथ्यौ।\'
अति रमणीय यस थुम्कोमा रतुवा, चित्तल, घोरल, मृग जस्ता जनवार पाइन्छ। …भालु भेट्न भए गोफ्ला पाकेको बेला आउनु,\' स्थानीय छवि गुरुङले भने …मंिसरमा पाक्छ यो।\' केरा जस्तै मिठो हुने यो फल ग्याष्टिकका रोगीलाई प्रयोग गर्ने उनको भनाई छ।
चन्दनका रुख, विभिन्न जडीबुडीका लागि पनि नामी छ यो जंगल। दुई घण्टाको समय यहाँ बिताएपछि वारचोकमा झर्नुपर्ने हुन्छ। दुई घण्टा ओरालो झरेपछि कालीढुंगामा आइपुग्छ। जहाँ ढुंगाका दुई शंख छन। …सबैले बजाउछन आजभोलि \' रुद्र विकले भने …पहिले त यो बजाए असिना पानी बर्सन्छ भन्छन।\' अहिले भने यो विश्वास हराउदै गएको उनले बताए। यसैको छेउमा गुफा छ। …अहिले सम्म कोही पसेका छैनन\' उनले भने …संरक्षणको अभावमा यो लोप हुने अवस्थामा छ।\'
…यहाँको अकर्षण नै लमतरीबाट देखिने लोभलाग्दो दृश्य हो\' पर्यटन व्यवसायी, सुवेदीले भने …यहाँबाट अन्नपुर्ण लगायतका हिमालय रेन्ज सजिलै हेर्न सकिन्छ। पोखरा सहर पनि मजाले देखिन्छ।\'। सरकारको योजना पनि नयाँ पदयात्राको खोजी भएकोले यहाँ प्रसस्त सम्भावना भएको उनले बताए। सरकारले नयाँ गन्तव्य खोजिरहेको बेला सबैले चासो दिएको देखिन्छ। ग्रामीण पर्यटनलाई सबैले उत्साहित बनाउने पर्यटन बोर्डका अनुसन्धान अधिकृत शाहले बताए। …स्थानीयाले व्यवसायीलाई उत्साहित बनाउनुपर्छ,\' नेपाल पर्यटन बोर्डका सदस्य भण्डारीले भने …बोर्डले सक्दो सहयोग गर्नेछ।\'
वारचोक
…केमोजोगो ङाला नासै घुमदीवरी खोमिन(तपाइहरू हाम्रो गाँउमा घुम्न आउनुस)\' वारचोक आमा समुहकी अध्यक्ष पारु गुरुङले भनिन …हामी सँगै गाउला, नाचौला।\'
राति वारचोकमा आमा समुहको नाचगान हेर्न सकिन्छ। तपाँइ आफै पनि नाच्न सक्नुहुनेछ। यात्रामा हुने थकानलाई यसले केही हदसम्म हटाइदिन सक्छ।
तल जाँदा मादीमा पुल
लमतरीमा कहिले पो उक्लुला
८९ बर्षीय बलबहादुरले आमा समुहलाइ साथ दिए। रमाईलो छ यहाँको गाँउ। तर सबैले छाड्न थालेकाले घरको शोभा घट्दै गएको उनको अनुभव छ। यो जोशमा उनी पनि लौरो टेक्दै लागिपरेका छन।
अल्लोको बोरा बनाएर पर्यटकलाई कोसेली पठाउने सुरमा छिन पारु। ५०० रुपैयासम्म पर्ने बोरा बलियो र टिकाउ पनि छ। केही समय अघिसम्म बजार नपाएकाले कतिले यो काम छाडेको उनको भनाइ छ। गाँउमै बसेर पर्यटकलाई सेवा गर्न पाएमा केही काम गर्ने उनको बिचार छ। डेढ घण्टाको हिडाँइपछि भगवतीटार पुगिन्छ। जहाँ यात्रा सकिनेछ।
Source by. Nagarik news
Other Headlines
No comments so far