-› -› Let's do something to save Tamu Culture ‹- ‹- 9th Sep 2010  00:49:29
Browse Menu
Ads

Tamu Website
News
लाहुरे बन्ने धुनमा सकिँदै छौंलाहुरे बन्ने धुनमा सकिँदै छौं
Posted On : Jan 25 2010 Monday 05:12:44 AM | Views : 375

मनोज गुरुङका जिजुबाजे मनिराज गुरुङ बि्रटिस सेनामा सिपाही थिए, जसले प्रथम विश्वयुद्धमा बेलायतको पक्षमा लडे । बाजे बखतबहादुर गुरुङ पनि बि्रटिस सेनामै भर्ती भए र दोस्रो विश्वयुद्धमा अग्रमोर्चामा लडे । जिजुबाजे र बाजेकै बाटो पछयाएर उनका बुबा ओमप्रसाद पनि सेनामै भर्ती भए । तर, दूरदेश बेलायतमा होइन, भारतीय सेनामा । विदेशी सेनामा भर्ती भएर युद्धमा जानु वा \'लाहुरे\' हुनु गुरुङ समाजमा गर्व र इज्जतको विषय हुन्थ्यो, अहिले पनि त्यो परम्परा लगभग उस्तै छ ।

गुरुङका हकमा मात्रै कुरो फरक छ- भर्ती भएर पुख्र्यौली विरासत जोगाउने दिशाको विपरीत उभिन पुगे उनी । तीन-तीनपुस्ताले लगातार हिँडेको बाटो चटक्कै छाडेर मनोज भर्ती संस्कृतिको अर्को धु्रवमा खडा छन् अहिले । \'यो लाहुरे संस्कृतिले\' मनोजले भने, \'जनजाति युवाको ऊर्जा र जाँगर बर्सेनि नष्टमात्रै गरिरहेको छ ।\' यस प्रस्तावनाको थप व्याख्या पनि उनीसित छ । उनीसित नेपाली जनजाति युवाको ऊर्जा र जाँगर ध्वस्त पार्ने परम्पराबारे सचेतना फैलाउने सानोतिनो योजना पनि छ । पोखरामा बसोबास गर्दै आएका गुरुङ माघको पहिलो हप्ता आफू जन्मे-हुर्केको पर्वतको आर्थर पुगेका थिए । त्यहीँ उनले पंक्तिकारसँग भर्ती संस्कृतिबारे आफ्नो बुझाइको सविस्तार चर्चा गरे ।

 

सहर झरिरहेछ तमुवान

मनोज आर्थरमा बालादिन र किशोरकाल बिताएका \'हुनेखाने\' गुरुङ ठिटा हुन् । पन्चासे पहाडको काखमा खेलेका मनोज अब त पोखरा झरेको पनि १२ वर्ष भइसक्यो । उनका जेठा दाजु स्कटल्यान्डमा होटल व्यवसायमा संलग्न छन् । माहिलो दाजु उहिल्यैदेखि लन्डनमा किराना पसल चलाएर बसेका छन् । साहिँलो र काहिँलो दाजुको सम्पूर्ण परिवारको बसाइ हङकङतिरै छ । पुर्खाको \'लाहुरे\' विरासतभन्दा भिन्न यी कान्छा (मनोज) मात्रै देशभित्र छन् । देशभित्र त छन्, तर उनलाई आफू पनि आफ्नै थातथलोमा छैन भन्ने चिन्ताले साँझबिहान लखेटिरहन्छ । \'म आर्थरको मान्छे हो,\' उनले भने, \'पोखरा त म बसोबासमात्रै गरेको पो । माया पनि मलाई यतै आर्थरको नै औधी लाग्छ । विभिन्न अभाव र असुविधाले गर्दा पोखरा बस्नुपर्ने बाध्यता छ ।\' हाँस्दै उनले थपे, \'तैपनि, आफ्नो गाउँमा वेलावेलामा त आइनैरहेको छु । मलाई त अझै पनि यतै बस्न मन लाग्छ ।\'

चार/पाँच महिनाको फरकमा मनोज आर्थर पुगिरहन्छन् । पोखरा झर्‍यो कि गाउँको न्यास्रो लाग्न थाल्छ । यसपालि आर्थर-डाँडाखर्क महोत्सवको अवसरमा उनी जन्मथलो उक्लेका थिए । आर्थर उनको जन्मथलोमात्रै होइन, उनी हुर्केको पनि त्यहीँ हो । केटाकेटीमा उनी त्यहीँ खेले, त्यहीँ डुले, त्यहीँका साथीसँग झगडा गरे, रमाइलो गरे । ठिटो होउन्जेलको जीवन पन्चासेचुलीमन्तिरको त्यही आर्थरको डाँडोमा बिताए । त्यहीँको पञ्चकोसी माध्यमिक विद्यालयमा उनले माध्यमिक तहसम्मको शिक्षा पूरा गरे । स्थानीय पत्रकार दुर्गाप्रसाद शर्मालाई देखाउँदै उनले भने, \'यो दुर्गा र म एउटै कक्षामा पढ्थ्यौँ । यो पढाइमा खुब मिहिनेत गथ्र्यो, म यसलाई सताउँथेँ । किनभने मेरो ध्यान त भर्ती हुनेतिर थियो ।\' छेउमै बसेका शर्मा बाल्यकालको साथीको उटुंगो सम्झेर मुस्कुराइरहेका थिए । उनले भने, \'मनोजले गाउँ छाडे पनि बसाइँ सरेको छैन । आर्थरमा गाउँ छाड्नेहरू थुपै्र छन्, तर बसाइँ सर्ने एकदमै कम ।\'

आर्थर-डाँडाखर्कमा जम्मा सात सय ५८ घरधुरी रहेछन् । \'त्यसमध्ये,\' पत्रकार शर्मालाई उछिन्दै फेरि मनोज बोले, \'तीन सय २६ घरधुरी पोखरा बस्छन् ।\' अचम्म ! कास्की जिल्लाको पोखरा उपमहानगरपालिकामा बसोबास गर्ने झन्डै चार सय परिवारको घरधुरी गणना पर्वतको आर्थरमा हुने रहेछ । मतदाता नामावली, जनगणना, खानेपानी, बिजुली सबै अभिलेखमा उनीहरू आर्थरका बासिन्दा हुन् । गाउँमा परिआएका अवसर र अप्ठेरामा पनि उनीहरू आर्थर नै पुग्छन् । तर, बसोबास पोखरा छ । \'कुरो त्यत्तिमात्रै होइन,\' मनोजले भने, \'आर्थरका ५२ घरधुरी काठमाडौंमा बस्छन् । बुटवल र चितवनमा बस्ने पनि लगभग त्यत्ति नै छन् ।\' गाउँभन्दा पर रहे पनि आर्थरेले गाउँको माया मार्न नसकेको बताए पत्रकार शर्माले । उनले भने, \'सहरमा बसे पनि उनीहरूले न गाउँको घरखेत बेचेका छन्, न त औपचारिक रूपमा बसाइँ नै सरेका छन् ।\' बरु वेलावेला फर्केर आइरहँदा रहेछन्, जसरी मनोज उक्लिरहन्छन् ।

जन्मथलोको माया त कसलाई लाग्दैन र ! झन् वैंशालु दिन पनि त्यहीँ बितेको थियो मनोजको । वेलावेला आर्थर पुग्दा उनलाई आफ्नो सुखद बाल्यकालको सम्झनाले झस्काइरहन्छ, पुराना दिनको यादले एकोहोरो बनाउँछ । मनोज गुरुङलाई थप झस्काउनका लागि अहिले आर्थरले आफ्नो रूप दिनप्रतिदिन \'फेर्दै\' गएको छ । त्यो रमाइलो गाउँमा प्रत्येक वर्ष घर खाली भइरहेका छन् । गुरुङ बाहुल्य बस्तीबाट हुनेखाने गुरुङ काठमाडौं, पोखरा, कुश्मा झर्ने क्रम \'दिन दुईगुना रात चौगुना\' भइरहेछ । आर्थिक अवस्था बलियो हुनेहरू त सिधै विदेशतिर हान्निइरहेका छन् । यसको उदाहरण स्वयं मनोजकै दाजुहरू छन् ।

अघिल्लो वर्ष कास्कीको लुम्ले तानचोक पुग्दा उस्तै उराठ र सुनसान घर देखिएका थिए । त्यो पनि गुरुङ बाहुल्य बस्ती थियो, जहाँ ढुंगाले छानो छाएका, आँगन ढुंगैले छापिएका सुन्दर घर त्यसै-त्यसै बैरागिएका जस्ता देखिन्थे । आँगनमा झार मौलाउँदै थियो, पिँढीमा राखिएका दाउराका टेकाले झयाल-ढोका छेकेका थिए । यसपालि आर्थरमा पनि गुरुङहरूकै घर बढी एक्ला र उदास देखिए । छाडेर जानेहरू कहाँ गए थाहा छैन, फर्केर कहिल्यै आउने हुन् कि हैनन्- त्यो पनि थाहा छैन । तमुवान क्रमशः सहर झरिरहेको दसी हो यो । मनोज पनि यो स्विकार्छन् । उनले प्रतिप्रश्न गरे, \'अवसर छैन त तमुहरू के गरून् ?\'

\'गाउँ आउँदा नरमाइलो मात्रै लाग्छ,\' मनोज आफ्नै गाउँमा पुगेर मलिन देखिए, \'घर सुनसान-सुनसान छन्, खेतबारी झन्झन् बाँझो छोडिँदै छन् । पुराना गोरेटा बाटा झाडी र जंगलले पुरिँदै गएका छन् ।\' ढुंगाका फराकिला छपनी छापेका र पर्खालले घेरेका उकालो-ओरालो बाटो साँच्चिकै पुरिँदै थिए । उनले भने, \'हामी बच्चामा हिँडेका थुप्रै बाटो अहिले जंगल र झाडीले पुरिएर फेलै पर्दैनन् ।\' आफ्नो गाउँको बिजोग देखेर मनोजले मन थाम्न सकेनन् । गाउँकै कथालाई आधार बनाएर उनले आफ्नै निर्देशन र परिकल्पनामा \'मातृभूमिको आत्मकथा\' नामको वृत्तचित्र निर्माण गरे । त्यस वृत्तचित्रमा उनले आर्थरजस्तै उराठिँदै गएको घरदेशको आवाज उठाएका छन्, त्यो आवाज सहर वा परदेश पसेका आफन्तीसम्म सन्देश पुगोस् भनेर नै निर्माण गरेका हुन् ।

महोत्सव र मेला कार्यक्रम गाउँमै आयोजना गर्न उनी तम्सन्छन् । \'यही कार्यक्रमले गर्दा बीसौँ वर्षसम्म गाउँ नआएकाहरू यहाँ फर्केका छन्,\' उनले भने, \'आउँदै-जाँदै गर्दा नै गाउँको माया बढ्दो रहेछ । धेरैले यहाँ आएका वेला आ-आफ्ना घरको मर्मत गर्छन्, सरसफाइ गर्छन्, कसैलाई बस्न र स्याहार गर्न दिएर र्फकन्छन् ।\' आर्थरमा अधिकांश सहरवासी गुरुङका घर स्थानीय दलित परिवारले कुर्ने गर्दा रहेछन् । आर्थिक अवस्था कमजोर भएका र भूमिहीन दलित परिवारका लागि त्यो \'अवसर\' हुँदोरहेछ । \'मेरो घरमा बस्देऊ न भन्नका लागि,\' मनोजले हाँस्दै भने, \'मैले पनि झपटे विश्वकर्मालाई केही रसिलो-रसिलो कोसेली लिएर आएको छु । खेत रोप्नका लागि गोरु किनिदिएको छु ।\'

०००

द ब्रेभ गुर्खाज

अब फेरि मनोज भर्ती संस्कृतिबारेको आफ्नो प्रस्तावनाको व्याख्यातिर फर्के । थातथलोको पिरलोले वृत्तचित्रमा हात हालेका उनले \'भर्ती संस्कृति\' माथि पनि वृत्तचित्र बनाउने तयारी गर्दै रहेछन् । उनका पुर्खा दाजुभाइ, आफन्त र छिमेकीका अधिकांश पुरुष \'गोर्खाली वीरता\' प्रदर्शन गर्न बि्रटिस वा भारतीय सेनामा भर्ती भए । गुरुङ परिवारमा छोरो जन्म्यो कि बाउआमाको सम्पूर्ण ध्यान \'कसरी यसको ज्यान लाहुरे हुनसक्ने बनाउने\' भन्नेमा खर्चिइन्थ्यो । त्यो संस्कृति अहिले पनि जनजाति परिवारमा बलियो नै छ । ३० वर्षे यी गुरुङ भने अहिले फरक चेतना बोकेर गोर्खा भर्तीको नकारात्मक असर खोतल्ने कामतिर व्यस्त छन् । पुर्खाको बिँडो नधानेर \'गोर्खा भर्तीले हाम्रा युवाको ऊर्जा नष्ट पारिरहेछ,\' भन्दै छन् ।

\'हरेक वर्ष ७० देखि ८० हजार आदिवासी/जनजाति युवा भर्ती हुने तयारीका लागि दौडिरहन्छन्,\' मनोजले आफ्नो अध्ययनको आँकडासहित भने, \'तर, प्रत्येक वर्ष बि्रटिसले जम्मा तीन सय ५० जना मात्रै छनोट गरेर लैजान्छ । हजारौँ-हजार युवालाई अयोग्य घोषणा गर्छ ।\' उनले भन्दै गए, \'एसएलसी उत्तीर्ण भएपछि अधिकांश जनजाति युवाको ध्यान कसरी बि्रटिसमा भर्ती हुने भन्नेमा केन्दि्रत हुन्छ । प्रमाणपत्र तह पढ्ने समयमा उनीहरू कक्षामा जाने, पढाइमा मिहिनेत गर्नेभन्दा कसरी भर्ती हुने भनेर साँझबिहान शारीरिक कसरत गरिरहन्छन् । दौडन्छन्, उप|mन्छन्, अनेक व्यायाम गर्छन् । सीप सिक्ने र अध्ययन गर्ने युवा उमेरको सम्पूर्ण ऊर्जा दौडनमै खर्चन्छन् । प्रतिफल के हुन्छ, तपाईंलाई थाहा छ ?\' उनले प्रतिप्रश्न गर्दै भने, \'प्रतिफल उनीहरू भर्तीम्ाा असफल हुन्छन् । एक वर्ष होइन, दुई वर्ष होइन, चार/पाँच वर्षसम्म पनि उनीहरू असफल बनाइन्छन् । जाँगर, उत्साह र ऊर्जा नष्ट भइसकेको हुन्छ, दौडँदादौडँदै उनीहरू थकित, गलित र हतोत्साही हुन्छन् । अनि उनीहरू देशभित्रै अयोग्य, अशिक्षित र कुनै सीप नभएका हुन बाध्य छन् ।\'

आमजनजाति युवाबारे यत्रो विश्लेषण गरिरहेका मनोज आफैँ पनि त्यही प्रक्रियाबाट गुज्रेका थिए । भर्ती हुनकै लागि उनी चार-चार वर्षसम्म दौडेकै हुन् । उनको पढाइ पनि प्रमाणपत्र तहसम्म पुगेर रोकिएको हो । र नै, उनमा यस्तो चेतना आएको हुनुपर्छ । \'छोरो भर्ती होस् भनेर,\' उनले भने, \'आमाबाले बच्चैदेखि बिहानबिहानै दूध, अन्डा खुवाइरहनुहुन्थ्यो । म पनि दौडिरहन्थेँ । तर, आखिरीमा सफल हुन सकिएन ।\'

बि्रटिस सेनामा भर्ती हुनेलाई अहिले पनि इराक र अफगानिस्तान युद्धमा सबैभन्दा अगाडि खटाइएको छ । हिजोका विश्वयुद्धमा पनि गोर्खाली सेनालाई अग्रमोर्चामा मात्रै पठाइन्थ्यो । \'दोस्रो विश्वयुद्धमा चौध/पन्ध्र वर्षको नहुँदै नेपाली युवालाई भर्ती गरेर लगियो । युद्धमा लडेर घाइते र अंगभंग भएपछि अयोग्य भनेर हजारौँलाई विनासुविधा फिर्ता पठाइएको छ,\' उनले भने, \'विश्वयुद्धमा सहभागी नेपाली योद्धाको यस्तै कथामा आधारित भएर वृत्तचित्र बनाउँदै छु- द ब्रेभ गुर्खाज ।\'

मनोजले दुई वर्षदेखि अध्ययन र सामग्री संकलन गर्दै रहेछन् । \'दोस्रो विश्वयुद्धताका नेपालको जनसंख्या ४० लाखमात्रै थियो । त्यसमध्ये दुई लाख युवा युद्धमा गएका थिए,\' मनोजले भने, \'६०/७० हजार नेपाली त युद्धमा मरिसकेका थिए ।\' अहिले उनी \'द ब्रेभ गुर्खाज\' कै लागि पुराना फुटेज, तस्बिर र अन्य अभिलेखको खोजीमा छन् । वृत्तचित्रले बि्रटिस र भारतीय सेनामा भर्ना हुन चाहने युवामा केही न केही सन्देश दिने उनको विश्वास छ । उनले भने, \'खासगरी जनजाति युवालाई स्वदेशमै शिक्षित हुन र यहीँ सीप सिक्न प्रेरित गर्नुपर्छ ।\' 

Naya Patrika



Other Headlines

गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा

व्यवसायी तमू धींको एम्वुलेन्स संचालनमा

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]