-› -› Let's do something to save Tamu Culture ‹- ‹- 9th Sep 2010  00:59:19
Browse Menu
Ads

Tamu Website
News
आठौं आहागोल्डकपको फाइनलमा आर्मी र पुलिसआठौं आहागोल्डकपको फाइनलमा आर्मी र पुलिस
Posted On : Feb 4 2010 Thursday 10:56:39 AM | Views : 167

आर्मीलाई पुलिससाग बदला लिने राम्रो मौका, आर्मीका विकर्ण दुइ खेलमा म्यान अफ दि म्याचसहित अहिलेसम्मकै सर्वाधिक गोलकर्ता

हुम तमु

पोखरा, २१ माघ / सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी अन्तराष्ट्रियस्तरको आहा गोल्ड कपको आठौं संस्करणको उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी नेपाल आर्मी र नेपाल पुलिस क्लव खेल्ने भएको छ ।

आजको अन्तिम सेमिफाईनल खेलमा नेपाल आर्मीले न्यूरोड टीम एनआरटीलाई २/१ ले पराजित गर्दै फाईनल प्रवेशपछी शनिबार सातौं आहागोल्डकपको विजेता पुलिसले उपाधि रक्षा र आर्मीको लागि गतवर्षको बदला लिने रुपमा प्रस्तुत हुने भएका छन ।

आजको जितसागै आर्मीले गत सालको विजेता पुलिससाग बदला लिने मौका समेत पाएको छ । पुलिसका राम्रा खेलाडीहरु जुमानु राई, चेतन घिमिरे, भोला सिलवाल, योगेस श्रेष्ठ, सुमन घिमिरे र रविन श्रेष्ठ सागका लागि वंगालदेशमा रहेकाछन । गत वर्षपनि यी दुई विभागीय टोलिबीच उपाधीका लागि प्रतिष्पर्धा भएको थियो । गत साल भएको प्रतिष्पर्धामा नेपाल पुलिस क्लवले आर्मीलाई ५/० ले पछि पार्दै चौथो पटक उपाधी उचालेको थियो ।

नेपाल आर्मी र एनआरटीबीच आज भएको प्रतिष्पर्धात्मक खेलमा जर्सि नम्बर १० का विकर्ण श्रेष्ठको २ गोलको मद्धतले नेपाल आर्मी बिजयी भएको छ । विकर्णले खेल शुरु भएको ६ मिनेटमै गोल गर्दै आर्मीको तर्फबाट खाता खोलेका थिए । खेलमा चम्किएका उनले ३२ औं मिनेटमा पुनः अर्को गोल गर्दै आर्मीको जितलाई सुनिश्चित पारेका थिए । पराजित टीम एनआरटीका सायन मुसाविले खेलको २४ औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।

आजको जितका लागि २ गोलको योगदान दिएका आर्मीका विकर्ण श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । उनी क्वाटरफाइनलमा मछिन्द्रसागको खेलमा पनि म्यान अफ दी म्याच घोषित भएका थिए । विकर्ण अहिलेसम्म ४ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् भने सबैभन्दा छोटो अवधि ६ मिनेटमा गोल गर्ने खेलाडी समेत बनेका छन ।

आर्मिले क्वाटरफाइनलमा काठमाण्डौको मच्छिन्द्र क्लबलाई ४/१ को फराकिलो गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रबेश गरेको थियो । यस्तै एन आर टि ले सहारा एफसि युकेलाई टाईब्रेकरमा पराजित गरि सेमिफाइनलको यात्रा तय गरेको थियो । एनआरटि ले पि्रक्वाटर फाइनलमा नाइट चेस झापालाई पराजित गरेको थियो भने आर्मीले बाइ पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।



Other Headlines

गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा

व्यवसायी तमू धींको एम्वुलेन्स संचालनमा

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]