पृथ्वीनारायण क्याम्पस र राष्ट्रिय उच्च मा.वि.मा तमू विद्यार्थीको इकाई गठनपृथ्वीनारायण क्याम्पस र राष्ट्रिय उच्च मा.वि.मा तमू विद्यार्थीको इकाई गठन
Posted On : Feb 6 2010 Saturday 02:07:38 PM | Views : 152

रोशनी तमू / २२ माघ पोखरा ।
नेपाल तमू विद्यार्थी छोंज धिं कास्कीले यति बेला संगठन विस्तारको कामलाई तिव्र रुपमा अगाडि बढाएको छ ।
यसैक्रममा मुलुककै सर्वाधिक विद्यार्थी अध्ययन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा सो समितिले राकेश तमूको अध्यक्षताम नयाा इकाई कमिटि गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश सपना तमू , तेज तमू , पासङ्ग घले , र मुनु तमू रहनु भएको छ ।
यस्तै गरि मानविकी स्नातक तह इञ्चार्जमा सोलेन्द्र तमू , प्रमाणपत्र तहमा निर्मल तमू , व्यवस्थापन स्नातक तह इञ्चार्जमा सुवास तमू , प्रमाणपत्र तहमा पाण्डव तमू , शिक्षा स्नातक तह इञ्चार्जमा मोहनप्रसाद तमू , प्रमाणपत्र तहमा पवित्रा तमू र विज्ञान संकाय स्नातक तह इञ्चार्जमा अमर तमू र प्रमाणपत्र तहमा दिनेश घले चयन हुनुभएको छ । इकाई सल्लाहकारमा नोमराज तमू र चिज तमूलाई चयन गरिएको छ भने अन्य सदस्यहरुमा सिर्जना तमू , जीवन तमू , प्रकाश तमू , विन्ती तमू , शिव तमू , लगायत रहनु भएको छ ।
यस्तै राष्ट्रिय उच्च मा.वि.टुडिखेल बगरमा पनि लक्ष्मण घलेको अध्यक्षताम नया इकाई कमिटि गठन गरिएको छ । जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षम क्रमशः मनु तमू , प्रविण तमू र रेनु तमू रहनु भएको छ । यसैगरि सदस्यहरुमा प्रमिला तमू , सरिता तमू , जयन्ती तमू , मिना तमू , सम्झना तमू लगायत रहनु भएको छ ।
Other Headlines
No comments so far