मातृभाषा को संरक्षण सम्बर्धन गर्न राज्यस्तर बाट विशेष पहल हुनु पर्नेमातृभाषा को संरक्षण सम्बर्धन गर्न राज्यस्तर बाट विशेष पहल हुनु पर्ने
Posted On : Feb 6 2010 Saturday 02:32:51 PM | Views : 164

भीम तमू
माघ २३, बुटवल / निकट भविष्यमा उच्च मावि खोल्ने घोषणा गर्दै तमु भाषा पठन पाठन हुने अधिराज्य मै पहिलो र एक मात्र विद्यालय देवदह मदर टङस् एकेडेमी देवदह रुपन्देहीको ११ औं वाषित्कोसत्व तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि देवदह आर्दश बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपानेले राज्यले सही तरिकाले शिक्षा निती निर्माण गर्न नसकेको कारण शिक्षा क्षेत्रको विकास हुन नसकेको बताउनु भयो । मातृभाषा जगेर्ना गर्ने सवालमा सरकारले गर्ने गहन जिम्मेवारी पुर्ण कार्य यस विद्यालयले गरेकोमा खुशि व्यक्त गर्नुहुदै प्रमुख अतिथि न्यौपानेले यस कार्यका लागि सरकारले आवश्यक सहयोग गर्नु पर्ने विचार राख्नु भयो । सोही कार्यक्रममा विशिष्ट अतिथि निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याव्सन) रुपन्देहीका अध्यक्ष विष्णु पन्थीले ५ प्रतिशत शिक्षा कर लगाएर अभिभावक माथि राज्यले बोझ थोपरेको आरोप लगाउनु भयो । स्वास्थ्य तथा शिक्षालाई मौलिक हकको रुपमा व्याख्या गरे पनि गरिवका छोराछोरीले शिक्षा आर्जन गर्नबाट वन्चित हुनु परेको बताउनु भयो ।
कार्यक्रममा समाज सेवी दल बहादुर पाइजा, देवदह खानेपानी तथा सरसफाइका अध्यक्ष जसमान गुरुङ, सरस्वती इङलिस बोडिङ स्कुलका पि्रन्सिपल नाम देव अर्याल, अन्नपूर्ण इङलिस बोडिङ स्कुलका डम्वर गुरुङ, शिक्षीका रेविका थापा र विद्यार्थी शमिर तमु लगायतले बोल्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टौं बहादुर गुरुङको अध्यक्षता शिक्षक यमलाल शर्माको संचालन र प्रवन्धक निर्देशक भिम गुरुङको स्वागतबाट शुरु भएको कायक्रममा विद्यालयका पि्रन्सिपल राम बहादुर गुरुङले प्रतिवेदन प्रस्तुत गर्दै गुरुङ र मगर भाषा लगायत अन्य विशेष गरेर सस्कृत र थारु भाषामा समेत पठनपाठन गराउन पहल गर्ने बताउनु भयो । कार्यक्रममा विद्यार्थीहरुले पिटी , मार्चिङ , नाटक , विभिन्न भाषा भाषीहरुको सास्कृतिक झाँकी तथा नृत्यहरु प्रदर्शन गरेका थिए ।
Other Headlines
No comments so far