तमु साँस्कृतिक प्रतिष्ठानको विद्यार्थी सम्मान सम्पन्नतमु साँस्कृतिक प्रतिष्ठानको विद्यार्थी सम्मान सम्पन्न
Posted On : Feb 7 2010 Sunday 06:39:35 AM | Views : 170

रोशनी तमू / माघ २४ पोखरा ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले आज पोखरामा नवौं विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा सभागृहमा भव्य समारोहका बीच सो कार्यक्रम गरिएको हो । \"उच्च शिक्षा हाम्रो लक्ष्य\" भन्ने नाराका साथ अघि बढेको सो प्रतिष्ठानले २०६५ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण निजी र सरकारी विद्यालयमा अध्ययन गर्ने ४ जना तमू विद्यार्थीहरुलाई जनही नगद रु. १० हजार मेडल र प्रशंसपत्रले सम्मान गरेको हो ।
आज पुरस्कृत हुने छात्र छात्राहरुमा सार्वजनिक विद्यालयतर्फ मंगला उच्च मावि सोती पसल लमजुङका आकाश तमु, राष्ट्रिय उच्च मा. वि. पूरानो टुाडीखेल पोखराका विनिता तमु र निजी विद्यालयतर्फ देवदह अंग्रेजी आवासीय मा. वि. रुपन्देहीका जोसेफ तमु, ग्राण्डि अंग्रेजी आवासीय मा.वि.का रेश्मा तमु लगायत रहेका छन् । भने प्रतिष्ठानले वाषिर्क रुपमा वितरण गर्दे आएको छात्रवृत्ति कार्यक्रममा छनौट भएका ८ जना र गत वर्षको लागि छनौट भएको ६ जना विद्यार्थीहरुलाई पनि छात्रवृत्तिको आलवा जनही नगद रु दुई हजारका दरले प्रदान गरेको छ ।
प्रतिष्ठानले यस वर्षदेखि मात्रै शुरु गरेको नयाा सम्मान विधामा यसवर्ष तमू संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै पोखराका वरिष्ट संस्कृतिकर्मी एवं पूर्व प्रधानध्यापक लोकबहादुर तमू , यसैगरि तमू भाषा र पत्रकारिताको क्षेत्रमा उत्कष्ट योगदान पुर्याएको भन्दै देवदह रुपन्देहीका भिम तमू एवं तमू एकता र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै तमू हृयूल छोंज धिं गुरुङ राष्ट्रिय परिषका केन्दि्रय अध्यक्ष प्राध्यपक डा.गणेशमान तमूलाई नगद र ताम्रापत्रले सम्मान गरेको छ ।
कार्यक्रममा विषेश सहयोगी साहारा एफ.सी यु.के र मुख्य प्रायोजक तमू धिं एसोसियशन यु.के.ले गरेका थिए । प्राध्यपक डा. विरेन्द्रसिहं तमूको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमा तमू धिं एसोसियशन यु.के.का संस्थापक अध्यक्ष मिनप्रसाद तमू , सचिव ज्ञान तमू , साहार एफ.सी.यु.के.का सल्लाहकार हिमाल तमू , तमू हृयूल छोंज धिं गुरुङ राष्ट्रिय पषिदका केन्दि्रय अध्यक्ष प्राध्यपक डा.गणेशमान तमू लगायतले आ, आफनो मनतव्य राखेका थिए । भने गुरुङ फिल्म एसोसियशन , हिमाली साँस्कृतिक परिवारका साथै गायक मिलन लामा, गायिका मौसमी गुरुङ, अञ्जना गुरुङ, गण्डकी तारा मनोज गुरुङ लगायतका कलकारहरुले विभिन्न सांगेतिक कोसेलीहरु प्रस्तुत गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष झम तमूको सभापत्तित्वमा सम्पन्न भएको थियो ।
Other Headlines
No comments so far