मृगौला पिडीत गुरुङ्गलाई सहयोग जारीमृगौला पिडीत गुरुङ्गलाई सहयोग जारी
Posted On : Feb 8 2010 Monday 04:14:00 AM | Views : 149

दिपक पौडेल
फेब्रुअरी, ८, दोहा / दुवै मृगौलाले काम गर्न छाडेपछि हमाद अस्पतालमा उचाररत स्याङ्गजा मनकामना- ७ का ३७ बषिर्य रिम बहादुर गुरुङ्ग दुवै मृगौला फेर्नका लागि नेपाल र्फकनुपर्ने भएपछि उनलाई विभिन्न ब्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग गरेका छन् ।
नारायणप्रसाद पराजुली र साथीहरुको सकृयतामा ५ सय रियाल, विपिन गुरुङ्ग र साथीहरुको सकृयतामा ६ सय ६७ रियाल, रण बहादुर सुनार र साथीहरुको सहयोगमा ३ सय ६ रियाल, विष्णु अधिकारी र साथीहरुको सहयोगमा २ सय एक्काईस २१ रियाल, चुक वहादुर गुरुङ्ग, तेज वहादुर गुरुङ्ग साथीहरुको सहयोगमा ६ सय २३ रियाल, किरण थापा र साथीहरुको सहयोगमा ३ सय १५ रियाल, लक्ष्मी गुरुङ्ग र साथीहरुको सहयोगमा २ सय रियाल, टक वहादुर गुरुङ्ग र साथीहरुको सहयोगमा १ हजार ३ रियाल गरी कुल ३ हजार ८ सय ३५ कतारी रियाल आर्थिक सहयोग मृगौला पिडीत रिम बहादुर गुरुङ्गलाई गत साता प्राप्त भएको छ ।
त्यसै गरी, गत २०६५, पौष ३ गतेको राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकमा प्रकाशित अपिल अनुसार दाङ्ग, ढिकपुरका ब्लड क्यान्सर पिडीत सहारा शाहको सहयोगका लागि दोहास्थित अरविट अल खलिज कम्पनीमा कार्यरत शिव बलामीको सकृयता र अन्य नेपाली साथीहरुको बिषेश सहयोगमा संकलन गरिएको ५ सय १४ रियालको आर्थिक सहयोग रकम भरपर्दो ठेगाना नभएकोले लामो समयदेखि पठाउन नपाएकोमा मनकामना-७, स्याङ्गजाका मृगौला पिडीत रीम वहादुर गुरुङ्गलाई प्रदान गरिएको छ ।
संकलित रकमलाई आवश्यक प्रकृया चलाइदिन अनुरोध गर्दै शिव बलामीले दोहास्थित नेपाली दूतावासका प्रथम सचिव रामकाजी खडकालाई बुझाएका थिए भने खड्काले गत २८ जनवरीमा मृगौला पिडित गुरुङलाई बोलाएर सो रकम हस्तान्तर गरेका छन् । सो मानविय सहयोगका लागि प्रथम सचिव रामकाजी खडकाले कृतज्ञता ब्यक्त गरेका छन् ।
Other Headlines
No comments so far