कतारका तमूहरुले तमू सहकारी संस्था लिमिटेडको स्थापना गर्नेकतारका तमूहरुले तमू सहकारी संस्था लिमिटेडको स्थापना गर्ने
Posted On : Feb 8 2010 Monday 05:49:21 AM | Views : 204

तमू समाज डट कम
फेब्रुअरी ७, दोहा / कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारले तमू सहकारी -वित्तिय) संस्था लिमिटेडको स्थापना गर्ने भएका छन् । तमूहरुलाई आर्थिक स्वाबलम्बन बनाउन, स्वरोजगारको वातावरण निर्माण गर्न, सवृद्ध तमू समाज र सवृद्ध नेपाल बनाउने उद्धेश्यले सहकारी संस्थाको स्थापना गर्ने भएको हो ।
प्रस्तावित सो सहकारी संस्था संचालनको लागि तमू बौद्ध सेवा समिति कतारका निर्देशक सल्लाहकार बुधबल तमूको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति पनि गठन गरेको छ । अन्य सदस्यहरुमा बिल बहादुर तमू, अमृत तमू, अमृत घले, जगन तमू, खेम तमू, बुद्ध तमू, बिमल तमू, आशु तमू, मदन तमू, भेष तमू र सदस्य सचिव हेमराज तमू रहेका छन् । बाँकी एक सदस्य भने पछि पदपुर्ति गरिनेछ । हाललाई संस्थाको केन्दि्रय कार्यालय कतारमा स्थापना गरिए पनि भविष्यमा नेपालमा स्थानिय प्रचलित कानुन अनुसार स्विकृत लिई कार्यालय संचालन गरिने योजना रहेको तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमूले बताउनु भयो ।
संचालक समितिका सदस्य सचिव हेमराज तमूका अनुसार तमूहरुलाई आबश्यक्ता परेको अवस्थामा सहयोग स्वरुप कर्जा प्रवाह गर्ने र बचत कार्यक्रम सहितको बैंकिङ्ग कार्यक्रम अनुसार रियल स्टेट, रेमिट, होटल तथा ट्राभल्स, सपिङ्ग सेण्टर आदि जस्ता उत्पादनशिल क्षेत्रमा लगानी गर्ने र भविष्यमा टेक्निकल ईन्स्िचच्युट, स्वास्थ्य एवं सामाजिक क्षेत्रमा पनि यस संस्थाले सेवा पुर्याउनेछ ।
Other Headlines
No comments so far