-› -› Let's do something to save Tamu Culture ‹- ‹- 9th Sep 2010  00:47:25
Browse Menu
Ads

Tamu Website
News
विश्वशान्ति पुजांको तयारी तिव्र, पुजा अगावै ४२ लाख दान बोलेविश्वशान्ति पुजांको तयारी तिव्र, पुजा अगावै ४२ लाख दान बोले
Posted On : Feb 8 2010 Monday 08:47:50 AM | Views : 148

हुम तमु

पोखरा, २५ माघ / तमु धिं नेपालले विश्वशान्ती पुजाको तयारीलाई तिव्रता दिएको छ ।

तमु धि नेपालको आयोजनामा आगामी फाल्गुण ५ गते देखि ११ गतेसम्म पोखरामा हुने विश्वशान्ति पुजालाई व्यवस्थित र अहिलेसम्म गरेको तयारीको वारेमा छलफलका लागि क्षेत्रिय तमु समाजका पदाधिकारी हरुको आज भेला सम्पन्न गरेको छ ।

भेलामा विश्वशान्ति पुजामा बौद्ध दर्शनका प्रखर वाचक आचार्य कमल तामाङले बौद्ध प्रवचन, पच्यु चिवा कुलबहादुर तमु र क्ल्हेब्री चिवा देवबहादुर तमुले तमुजातिको कुलधर्मको वारेमा प्रवचन दिने तमु धिं नेपालका महासचिव देविराज तमुले जानकारी दिनुभयो ।

विश्वशान्ति पुजाको प्रचारप्रसार, तमु संघ संस्था र दानवीरहरुसाग भेटघाटका लागि मंगलबार तमु धिं नेपालका अध्यक्ष कर्म तमु, सल्लाहकार सन्तबहादुर तमु, महासचिव देवीराज तमु र सदस्य सरस्वती तमु काठमाण्डौं जानुहुने भएको छ ।

प्रचारका लागि तमु समाजहरुले आ आफ्नो क्षेत्रमा व्यानर, पोष्टर टाास्ने जिम्मेवारी लिएका छन भने पर्चा वितरणलाई पनि तिव्रता दिने भएको छ ।

विश्वशान्ति पुजाको उद्घाटन कार्यक्रमका लागि फाल्गुण ५ गते न्युरोडस्थित पुणिर्मा चलचित्र मन्दिर अगाडिबाट झााकी, र्यालीसहित शान्तिको भजन गाउदै तमु धिंं नेपालको प्रांगण नयााबजारमा पुग्ने कार्यक्रम रहेको भेलामा जानकारी दिइयो । पुजा दिनहुा पुर्वान्ह १० बजेदेखि ५ बजेसम्म हुने बताइएको छ ।

तमु धिं नेपालका अध्यक्ष तथा विश्वशान्ति पुजाका संयोजक कर्म तमुको अध्यक्षतामा भएको भेलामा तमु धिंका सल्लाहकारहरु सन्तबहादुर तमु, अम्बरबहादुर तमु, वौद्ध अर्घौ सदनका अध्यक्ष क्याप्टेन मनबहादुर तमु, बगालेटोल समाजका अध्यक्ष सुकबहादुर तमु, वडा नंं १५ तमु सेवा समितिका अध्यक्ष टेकबहादुर तमु, नयाबजार तमु समाजका कार्यवाहक अध्यक्ष रक्षबहादुर तमु, घान्द्रुक तमु समाजका अध्यक्ष नरबहादुर तमु, सोंपाल तमु समाजका अध्यक्ष क्याप्टेन धनबहादुर तमु, चारभञ्ज्याङ तमु समाजका अध्यक्ष पुरनधोज तमु, नागवेली तमु समाजका चिनबहादुर तमु, तमु धिं नेपालका धार्मिक संयोजक लामा गोपाल, लालकुमारी तमु, हुमबहादुर तमु, देवीराज तमु लगायतले वोल्नु भएको थियो ।

विश्वशान्ति पुजा अगावै ४२ लाख दान बोले

तमु धिं नेपालको आयोजनामा फागुन ५ गते देखि ११ गतेसम्म पोखरामा हुने विश्वशान्ति पुजाका लागि करिब ४२ लाख रुपैया दान वोलिसकेकाछन ।

पुजा तयारीका वारेमा आज तमु धिं नेपालमा भएको क्षेत्रीय तमु समाजहरुको पदाधिकारीहरुको भेलामा वोल्दै चारभञ्ज्याङ तमु समाजका अध्यक्ष पुरनधोज तमुले समाजको सदस्यहरुबाट २५ लाख रुपैया संकलन गरी दान गर्ने प्रतिवद्धता गर्नु भएको छ ।

उक्त रकम संकलनको लागि फागुन १ गते समाजको सदस्यहरुको भेला आयोजना गरिएको सचिव क्याप्टेन धर्मलाल तमुले जानकारी दिनुभयो ।

यसैगरी पुजाको तयारी सागै तमु धिं नेपालको कार्यसमितिको पदाधिकारीहरुले आफैले दान वोल्ने शुरुवात गरेका छन । पुजा शुरु नहुदै दानविरहरुले आजसम्म करिब १७ लाख दान दिने प्रतिवद्धता जनाई सकेका छन ।

दानवोल्ने कार्यको थालनी कार्यसमिती सदस्य सरस्वती तमुले १ लाख रुपैयाबाट भएको हो । यसपछि तमु धिं नेपालका अध्यक्ष कर्म तमुले २ लाख १सय १, उपाध्यक्ष कर्णेल रामकाजी तमुले १ लाख ११ हजार, अनिता तमु ५१ हजार, महासचिव देवीराज तमु १ लाख १ हजार, सचिव शेरमान तमु ५१ हजार, कोषाध्यक्ष क्याप्टेन अमर बहादुर तमु १ लाख ११ हजार १०१, सहसचिव चिनबहादुर तम ५१ हजार, सदस्य उषा तमु ५१ हजार, जुनाकुमारी तमु २५ हजार ५सय२५, सुवेदार तुलबहादुर तमु २६ हजार ५सय १, रुद्रबहादुर तमु २५ हजार ५ सय २५, लाल कुमारी तमु १ लाख १ हजार, राजेन्द्र तमु १ लाख, सल्लाहकार गणेशबहादुर तमु १ ,लाख १ हजार, सन्तबहादुर तमु १ लाख १ हजार, अम्बर बहादुर तमु १ लाख १ हजार, व्यववस्थापन संयोजक टेकबहादुर तमु २१ हजार, धार्मिक संयोजक लामा गोपाल ५१ हजार, कार्यलय सहायक बुद्धिबहादुर तमुले ५ हजार ५ रुपैया, युकेबाट घान्द्रुकका इन्स्पेक्टर खिम बहादुर तमुले १ लाख रुपैया, भिमकालीपाटन तमु समाजको आमा समुहका अध्यक्ष पुष्पा नासिरी तमुले २५ हजार १ सय र क्याप्टेन मनबहादुर तमुले २५ हजार ५ सय २६ दान दिने प्रतिवद्धता गर्नु भएको छ ।



Other Headlines

गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा

व्यवसायी तमू धींको एम्वुलेन्स संचालनमा

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]