`एक नाम एक काम र एक ठाम तमु (गुरुङ) एकताको शर्त`- भिम गुरुङ`एक नाम एक काम र एक ठाम तमु (गुरुङ) एकताको शर्त`- भिम गुरुङ
Posted On : Mar 20 2010 Saturday 09:43:43 AM | Views : 355

भिम गुरुङ, देवदह रुपन्देही
तमुहरुको एकताको कुरा बार बार उठी रहने फेरि नहुने क्रम जारी रही रहेको अवस्थामा तमु छोंज धीं र गुरुङ राष्ट्रिय परिषद बीच भएको तमु संस्थागत एकता पोखरा उपत्यकाका तमुसंस्थाहरुको संलग्नता नभए पछि एकताको प्रयास फेरि पनि असफल सावित भएको छ । आफुलाई छाता संगठनको रुपमा उभ्याउन चाहने संस्था गुरुङ राष्ट्रिय परिषदले आफु अन्तरगतका तमु संस्थाहरुलाई आफ्नो बशमा राख्न नसके पछि यस्तो अवस्था सृजना भएको हो । गुरुङ राष्ट्रिय परिषद संग आवद्धता जनाएका ठुला तमु संस्थाहरु तमु धीं कास्की , तमु वौद्ध सेवा समिती काठमाण्डौको केहि, तमु पे ल्हु संघ केन्दि्रय समिती र वौद्ध अर्घौ सदन पोखरा, तमु छोंज धीं र गुरुङ राष्ट्रिय परिषद बीच भएको तमु एकतामा समाहित हुन आउने प्रष्ट लक्षण अझै छैन र विभिन्न कुराहरुमा असहमती जनाएको छ । त्यसमा पनि तमु धीं कास्की एकता नगर्ने बरु आफै केन्दि्रय समिती बनाउने निर्णय गरी
`तमु धीं कास्की` बाट नाम परिवर्तन गरेर `तमु धीं नेपाल` बनाएको छ । त्यस्तै गरि एक दर्जन जति जिल्ला समिती बनाएर केन्दि्रय समिति बनाएर बसेको तमु पे ल्हु संघ केन्दि्रय समिती एकताको बारेमा चुप लागेर बसेको छ । स्पष्ट रुपमा तमुहरुको धार्मिक तथा सांस्कृतिक समितीको रुपमा रहेको यो संस्था कुनै ठाउमा अन्य तमु सामाजिक संस्थाको समानान्तर संस्थाको रुपमा उभिएको छ भने कुनै ठाउमा अस्तित्व विहिन भएर बसेको छ ।
त्यस्तै विगत लामो समय देखी काठमाण्डौमा रहेको तमु वौद्ध सेवा समिती नामले धार्मिक तथा साँस्कृतिक समितीको रुपमा रहे पनि काम स्पष्ट रुपमा सामाजिक गरि रहेको छ । काठमाण्डौमा माउ संस्थाको रुपमा रहेको तमु वौद्ध सेवा समितीले अहिलेको परिषद लगायत राजधानी गुरुङ सेवा समिती गुरुङ महिला संघ लगायत थुप्रै तमु संस्थाहरुलाई जन्माएको हो । परिषदले आफु अन्तरगतका संस्थाहरु संग व्यापक सर सल्लाह नै नगरि निर्णयहरु गरेर आफुहरु अन्यायमा परेकाले तमु एकतामा जाने वातावरण नबनाएको दुखेसो व्यक्त गर्दैछन् । तमु वौद्ध सेवा समिती लगायत काठमाण्डौका केहि तमु संस्थाहरु अझै पनि । तमु छोंज धी र गुरुङ राष्ट्रिय परिषदको एकताको लागी बनेको एकता वार्ता समितीले गरेको निर्णय अनुसार `सामाजिक संस्थाहरु विचमा एकता र धार्मिक संस्थाहरु विचमा समन्वय गर्ने` भन्ने निर्णयले होला सायद तमु पे ल्हु संघ र वौद्ध अर्घौ सदन पोखरा एकदम चुप लागेर बसेको छ । तर तमु वौद्ध सेवा समिती नामले धार्मिक भए पनि कामले सामाजिक भएकोले र काठमाण्डौमा माउ संस्था भएकोले यो एकतामा गुनासो गरि रहे पनि उ धार्मिक संस्था भएर समन्वयमा रहने कि सामाजिक संस्था भएर एकतामा समाहित हुने भन्ने विषयमा स्पष्ट भएको देखिदैन । त्यसै गरि गत वर्ष नै आफ्नै आगनमा आफ्नै मुल आयोजनामा आफ्नो माउ संस्थाको भनि दोश्रो महाधिवेशन गराएको तमु धिं कास्कीले परिषदको एउटा कुरा पनि नखाई एकता महाधिवेशनमा सहभागी पनि भएन त्यो महाधिवेशन तमु एकता नै होइन एउटा नाटक मात्र भनेको छ । `तमु छोंज धीको जम्मा ४४ वटामा रु हाम्रो यहा त देश भरिका गुरुङ रहने भएकोले हाम्रो संरचना ठुलो` आमाले छोरा जन्मायो तर छोराले बाटो बिरायो` भन्ने तमु धीले पोखरा उपत्यकाका तमु संघ संस्थाहरुलाई समेटी केन्दि्रय समिती बनाएको छ । बास्तवमा छोरा पाउनेले छोरालाई अभिभावकत्व दिनको लागि भने पनि आफ्नो बाटो पनि स्पष्ट गर्नु पर्दछ यसरी हिड्नु पर्छ, बाटो भन्नु पर्दछ ,आम तमुहरुको आम चाहना, भावना भएको तमु एकताको लागि मार्ग निर्देशक बन्नु पर्दछ ।
देश संघात्मक बाटोमा हिडी रहेको अवस्थामा हाम्रो तमु संस्था पनि संघात्मक तवरले हिड्नु पर्दछ भन्ने कुरा गलत हुन सक्दैन तर एकात्मक ढंगले चलेको तत्कालीन तमु छोंज धींमा एकतामा जानु पर्छ भन्ने सवाल लगायत अन्य निर्णयहरु कार्यान्वयन गर्ने सवालमा केन्द्रीय समितीले वा राष्ट्रिय पार्षदले निर्णय गरे पछि मातहातका शाखा समितीहरुले अक्षरशः पालना गर्दछ भने संघात्मक हिसावले चलेको तत्कालीन गुरुङ राष्ट्रिय परिषद मातहातका संस्थाहरुले परिषदले पारित वा पास गरेका निर्णयहरुलाई हुवहु समेत कार्यन्यन गर्नु पर्छ भन्ने छैन वा वाध्यता छैन अहिलेको तमु ह्युल छोंज धिं को समेत । अघिल्लो एकताको सवालमा असहमतीको बुंदालाई राष्ट्रिय महाधिवेशनमा टुङ्ग्याउने गरि जान नसक्नु छोंज धिंको पनि गल्ति थियो संगसगै अगि्रम सहमति जनाई महाधिवेशन मिति तोकिई सकेको अवस्थामा पुन राजनैतिक निर्णय भनि बखेडा झिक्नू परिषदको गल्ति भएर एकता महाधिवेशन भांडिएको थियो । हतारमा र क्षणिक निर्णयका कारण र धैर्यता गर्न नसकेर पनि त्यसो हुन गएको थियो । चितवनमा भएको तमु एकताबाट राजधानी काठमाण्डौलाई केन्द्र मान्ने हो भने केन्द्रमा दुईवटा तमु नामका संस्थाहरु नरहेको अवस्था देखिन्छ । त्यसैलाई पनि ठुलै उपलब्धी मान्न सकिने अवस्था अझै छैन किनकी हाम्रो अभियान भनेको यो देश भरि मात्र होइन विश्वमा रहेका आम तमुहरुको एउटै नाम र कामको संस्था होस ।
तमु छोंज धि अन्तरगतका जिल्ला समितिहरुले भटाभट आनाकानी गरिकन पनि नाम परिवर्तन गरि तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद) गर्न थालेका छन् भने परिषद अन्तरगत हिजोका आबद्ध संस्थाहरु झन स्वायत्त भएका छन् । हिजो सर्कुलर कार्यन्वयन गर्न नपर्ने परिषद अन्तरगत तमु संस्थाहरुले अहिले पनि मान्नु पर्ने छैन किनकी प्रथम एकता महाधिवेशन नाम दिएको महाधिवेशन बाट पारित विधानले त्यस्तै भनेको छ त्यसो त तमु छोज धिं अन्तरगतका समितीहरुले पनि नाम परिवर्तन गर्नै पर्ने बाध्यता दिदैन विधानले, हिजो जस्तै मानेर केन्द्रले `चेन्ज` गरे पछि हामीले पनि गर्नु पर्छ भनेर केहि ले गर्न शुरु गरेका छन् त केहिले आनाकानीमा छन् ।
तमु एकताको लागी मुर्त ढंगले कार्य गर्न हामी युवराज, भिम र कमलले एकता पहल तदर्थ समिती व्यक्तिगत ढंगले शुरुवात गर्दा हामी तीन बिचमा के सहमती भएको भने आम तमुहरुलाई एउटै मालामा `उनी एउटै नाम एउटै काम र एउटै ठाम` गर्ने भन्ने भएको हो ,त्यस्तै गरि मिल्ने जति कुराहरुलाई मिलाउदै बाँकी रहेकालाई महाधिवेशनहरुमा सहमति गराई मिलाउने प्रारम्भीक सहमति भएको हो । अघिल्लो एकता महाधिवेशन गर्ने टुङ्गो लागी सक्दा पनि नहुने लक्षण आई सके पछि पनि हामी एकताको लागी सारा बाउ बाजे देखिको बल लगाएको हो, पहल समितीका साथीहरु गैर जिम्मेवारी ढंगले आ आफ्नो डम्फु बजाउन थाले पछि विभिन्न बहाना बनाएर भाँडिएको थियो । पछिल्लो यो जुन चितवनमा प्रथम ऐतिहासीक तमु एकता महाधिवेशनमा मुल आयोजक समितीको सचिव भएर सम्पन्न भए पनि मेरो असहमती थियो एकता प्रकृया प्रति । हतारमा गर्नले अहिले पछुतो भएको छ तमु समुदायलाई तमु छोंज धिंले पार्षद भेलाहरु गरेर एकता गर्ने टुङ्गो लगाए पनि के के कुराहरु सहित जाने बारेमा जिल्ला समितीहरुलाई राम्रो सग जानकारी नै नदिई जाँदा लगभग आधा जिल्ला समितीहरु नै अनुपस्थित रहे भने नेतृत्वमा को को जाने भन्ने बारेमा कुनै छलफल नै नगरी केहि सिमित व्यक्तिहरुको एकल निर्णयले काम गर्यो । त्यस्तै गरि परिषदले आफु अन्तरगतका विशेष सदस्यहरु साग विशेष छलफल नै नगरि केन्दि्रयता लाद्नले केन्दि्रय समितीमा समेटिएका बाहेक विशेष सदस्यहरु नै तमु एकतामा आउन सकेनन् । जसले गर्दा तमु एकता हामीले सोचे जस्तो हुन सकेन आम तमुहरुको भावनामा एकताको लहर जाग्न सकेन त्यो जोश आउन सकेन । हिजोको इतिहासलाई बुझि तमु छोज धि र गुरुङ राष्ट्रिय परिषदले एक अर्काको अस्तित्वलाई स्वीकार गरि एकताको डोरीमा आयो भने अवका दिनमा सवैलाई समेट्ने गरि तमु धिं नेपालको अस्तित्वलाई तमु ह्यूल छोंज धिंगुरुङ राष्ट्रिय परिषदले र तमु ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको अस्तित्वलाई तमु धिंले पनि स्वीकार गरि चितवनमा प्रथम एकता महाधिवेशन भयो भने अव अन्तिम ऐतिहासिक एकता महाधिवेशन गर्न आवश्यक छ अवको तमु एकताको एउटै मात्र मुल सर्त भनेको नै `एक नाम एक काम र एक ठाम तमु एकताको एक शर्त` हो , यो कुरा र कार्य लाई आम तमु हरु र तमु नेताहरुले सरासर बुझ्न समेत हार्दिकता पुर्वक आग्रह गर्दछु ।
ज्ञाँसाजे अनि ओर्छे (धन्यवाद) पनि
Other Headlines
Bhim jee thanks lot for article with your opinions over current situation of tamu movement. We always try to raise voices