-› -› Let's do something to save Tamu Culture ‹- ‹- 6th Sep 2010  05:05:56
Browse Menu
Ads

Tamu Website
News
सपना हो कि बिपना- आश गुरुङ \'प्रतीक\'सपना हो कि बिपना- आश गुरुङ \'प्रतीक\'
Posted On : Mar 30 2010 Tuesday 02:18:50 PM | Views : 319

आश गुरुङ \'प्रतीक\'

लमजुङ गुरुङ चलचित्र निर्माणको चहलपहल यतिवेला निक्कै बढेको छ । केही वर्षघि आफ्नै गाउँठाउँमा मात्रै छायांकन र निर्माण हुने परम्परा विस्तारै तोडिँदै छ । लाहुरे कथामा आधारित चलचित्रलाई स्वदेशमै छायांकन गरिने चलचित्रलाई चुनौति दिँदै लाहुरे कथालाई समेटेर कतिपय चलचित्रहरु अहिले विदेशमा भकाभक निर्माण भईरहेकाछन् । पहिले कुनै विदेशी सेनामा भर्ती हुनुलाई मात्र लाहुरे भनिन्थ्यो । अहिले गुरुङ समुदायमा पैसा कमाउनका लागि टाढा जानुलाई \'लाहुर जानु\' भनिन्छ । यही भीडमा अर्को एउटा चलचित्र बनेको छ, \'सपना हो कि बिपना\' जुन लाहुरे कथामा आधारित छ, अर्थात बैदेशिक रोजगारी । यो चलचित्र पर््रदर्शनको तयारीमा छ ।

लमजुङ, पोखरा र खैरेनीटार तनहुँ लगायतका ठाउँमा विशेष पर््रदर्शनको तयारीमा रहेको गुरुङ कला र संस्कृतिमा आधारित चलचित्र \'सपना हो कि विपना\' को सम्पादन कार्य भर्खरै सकिएको छ । पर््रदर्शनको मिति भने तय भएको छैन । तमू बौद्ध सेवा समिति कतारको विशेष सहयोगमा कृष्ण गुरुङद्वारा निर्मित गुरुङ डिजिटल स्टुडियोको पहिलो प्रस्तुति चलचित्र \'सपना हो कि विपना\' गत बैशाखवाट छायांकन थालिएको थियो । गाउँघरको बनपाखादेखि विदेशको खाडीसम्मका कथा र दृश्यलाई समेटेर तयार पारिएको यो चलचित्र अन्य भन्दा पनि पृथक छ । रोजगारका लागि विदेशिनु पर्ने पीडा र गाउँघरको बाबुआमा, डाँडापाखा अनि साथीसंगीलाई छोडेर जानुको वेदना चलचित्रमा समेटिएको छ । गुरुङ कला र संस्कृतिलाई विशेष जोड दिईएको चलचित्र \'सपना हो कि विपना\' मा भाषा भने नेपाली प्रयोग गरिएको छ, गाउँले लवजमा । शहरमा बोलिने भाषालाई एकातिर पन्छाएर गाउँको वास्तविकता गाउँले पारामा देखाउन खोजिएको यो चलचित्रमा रोजगारिका लागि स्वदेश तथा विदेशमा भोग्नुपर्ने कहानी र वेदना कारुणिक रुपमा उतारिएको छ । यो चलचित्र कुनै गुरुङका लागि मात्र नभएर विदेशिन बाध्य सवै नेपालीको कथाब्यथालाई समेटेर निर्माण गरिएको छ । अमृत थापा र दीपक उदासले निर्देशन गरेको चलचित्र \'सपना हो कि विपना\' लाई परिकल्पना गरि भेष गुरुङले कथामा उतारेका हुन् । चलचित्रको निर्माता समेत रहेका गुरुङले सम्पादन समेत आफैँ गरेकाछन् ।

भेष गुरुङ, टंक लिम्बू र लोकबहादुर गुरुङको शब्दलाई भक्त लुगेलीमगर र तेजेन्द्र गुरुङले सुमधुर संगीत भरेकाछन् । यसमा द्रोणजंग गुरुङ, विशाल तामाङ, कुसुम गुरुङ, शर्मिला गुरुङ र तिलक गुरुङको स्वर रहेको छ । चलचित्रमा भेष गुरुङ, बलबहादुर गुरुङ, सविना गुरुङ, पूजा गुरुङ, भीम गुरुङ, कुमार गुरुङ, गोमा गुरुङ, उषा गुरुङ, शान्ति गुरुङ, उमा गुरुङ, मञ्जु गुरुङ, विमला गुरुङ, रेख गुरुङ, धनु गुरुङ, रोशन गुरुङ, सुवर्ण्र्ााुरुङ, वषर्ा गुरुङ, रविन गुरुङ, हर्क गुरुङ लगायतले अभिनय गरेकाछन् ।

करीब १७ लाखको लागतमा निर्माण गरिएको यो चलचित्र अहिले सम्म निर्माण भएको गुरुङ चलचित्रमध्ये सवैभन्दा महंगो चलचित्र हो । लमजुङ, तनहुँ, पोखरा, गोरखा लगायत विभिन्न जिल्लाका उत्कृष्ठ गाउँठाउँ साथै विदेशी भूमिमा छायांकन गरिएको चलचित्र \'सपना हो कि विपना\' को प्रतीक्षा गर्ने दर्शकहरुलाई लागि चलचित्र निकै नयाँ र नौलो हुने निर्माण पक्षले जानकारी दिएको छ ।



Other Headlines

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

ईश्वर गुरुङको घरमा यतिबेला रुवाबासी

तामाङ समाज डटकम `तामाङ मिडिया अवार्ड` बाट सम्मानित

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]