हामी गुरुङहरू नेपालका आदिवासी हौं - चन्द्र गुरुङ - Part -2हामी गुरुङहरू नेपालका आदिवासी हौं - चन्द्र गुरुङ - Part -2
Posted On : Apr 25 2010 Sunday 07:10:01 AM | Views : 247

Serial By part - 1
आठौं शताब्दीको उत्तरार्द्धमा गुरु पद्मसंभव (गुरु रिमुक्षे)ले बौद्ध तान्त्रिक मत नमान्नेलाई तिब्बतबाट दक्षिणतिर धपाएको कुरा ऐतिहासिक अभिलेख र यस सम्बन्धी `भर्चेलम सल` भन्ने पुस्तकमा उल्लेख छ । यसरी धपाइएका बोनमार्गीहरू कोही भागी मानसरोवरको बाटो गरी जुम्लामा शरण लिई बसे । र धेरैपछि जुम्लाबाट मुस्ताङमा प्रवेश गरी थाक सात सयमा बसे । तर स्वयं पद्म संभवले लखेट्दै धपाएकाहरू वर्तमान मुस्ताङ जिल्लाका पाँच गाउँले (मार्फा, श्याङ, ठिनी, जोमसोम_मा आई बसे । मुस्ताङी राजपरिवार पनि तिब्बतबाट यसरी धपाइएकाहरू नै हुन् ।जसले सातौंरआठौं शताबदीमै मुस्ताङ राज स्थापना गरे । यसको अर्थ त्यो समयकाल भन्दा अघि मनाङरमुस्ताङतिर कुनै जाति आबाद भएको थिएन भन्नु कदापि होईन । मुस्ताङको काकनिङ्बा, समर र टेगुफाहरूमा नव पाषाणयुग भन्दा अघिका मानवका प्रागैतिहासिक कलाकृतिहरू पाइएका छन् -पोहले, २०६० ः३-४० यसैगरी मुस्ताङकै चोखोपानीमा प्रागैतिहासिक चिहान गुफा फेला परेको छ । पुरातत्वविद्हरूले मुस्ताङको चोखोपानीमा भेटिएका वस्तुहरूलाई ईसापूर्व ४००देखि ईसापूर्व १००० वर्षसम्मको मानेका छन् -तिवारी, १९८४, १०० । मनाङरमुस्ताङतिर सातौंरआठौं शताब्दीतिर राजशासन शुरु हुनुभन्दा निकै अघि नै गुरुङहरू त्यस क्षेत्रबाट तलतिर झरिसकेका थिए । गुरुङहरूको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशमा प्राचीनकालदेखि नै मानव बसोबास रहेको क्षेत्र हो । गण्डकी प्रस्रवण क्षेत्रमा प्रागैतिहासिक कालदेखि नै मानिसहरू विशेष गुरुङहरूले बसोबास गर्दै आएको स्पष्ट हुन्छ ।
गुरुङहरूको धार्मिक रीतिरिवाजहरूले पनि उनको विगतका सामाजिक अवस्थाबारे राम्रो प्रकाश पर्छ । डाँडाकाँडा, खोलानाला, ठूलो छहरा, ठूलो रह, ठूलो बृक्ष, ठूलो ढुङ्गा, घामपानी, इन्दे्रणी र आफ्नै पुर्खाहरूलाई देवीदेवता र गुरु मान्ने परम्परालाई प्रकृतिपूजा र जीववाद मान्निन्छ । तन्त्रमन्त्र तथा जीवात्मामा आधारित झाँक्रीवाद मान्ने गुरुङहरूको पूजाआजाको विधिविधान र त्यसको महत्वबारेको कुनै पुस्तकहरू छैनन् । हाम्रो आफ्नै मौखिक शास्त्र छ जसलाई हामी `पे-ताँ-लु-ताँ ` भन्छौं । लिपिको अभावमा यो शास्त्र लिखित रुपमा थिएन । तर प्रत्येक धार्मिक कर्मकाण्डमा यसको प्रयोग हुने भएकोले गुरुङ पुरोहितहरू पज्यु र घ्याबृहरूले यस `प्ये` शास्त्रलाई मौखिक रुपमा बचाएर राख्दै आएका छन् । प्ये शास्त्रमा गुरुङ पुर्खाको प्रारम्भिक अवस्थाको सभ्यताबारे वर्णन पाईन्छ । यहाँ हामीले विचार गर्नु पर्ने कुरो के हो भने किन हाम्रो `प्ये` शास्त्र लिखित अवस्थामा छैन रु तिब्बतमा ईस्वीको सातौं शताब्दीसम्म बौद्ध धर्मको प्रचार हुनु अघिसम्म तिब्बती भाषाको कुनै किसिमको व्याकरण थिएन र परिष्कृत भाषा पनि थिएन भन्ने विश्वास छ । यस अवस्थामा तिब्बती राजा स्रङ चङ गम्पोलाई तिब्बतमा बौद्ध धर्मको प्रचार गर्न निकै अप्ठयारो भयो । राजा स्रङ चङ गम्पोले बौद्घ धर्मलाई आफ्नो देश तिब्बतमा प्रवेश गराउने विचार गरेका थिए । तापनि तिब्बती भाषा परिष्कृत रुपमा नभएकोले बौद्ध धर्मग्रन्थ र बौद्ध उपदेशहरू तिब्बती भाषामा अनुवाद गराउन सम्भव थिएन । त्यसकारण राजाले सर्वप्रथम तिब्बती भाषाको व्याकरण बनाउन लगाए । -तर स्रङ चङ गम्पो भन्दा अघि तिब्बतमा लिपि थिएन भन्नु केवल भ्रममात्र हो । यदि कुनै लिपि नै नभएको अवस्थामा स्रङ चङ गम्पो भन्दा अघिको इतिहास कसरी जीवित राख्न सम्भव भयो रु र बोन धर्म सम्बन्धित थुप्रै पुस्तकहरू ईस्वीको छैठौं शताब्दी भन्दाअगाडि नै रचना भएका थिए । तर त्यो तिब्बती भाषा धेरै पुरानो तिब्बती भाषा भएकोले वर्तमान तिब्बती भाषासाग मेल खाँदैन । त्यो सत्य हो कि स्रङ चङ गम्पोपछि तिब्बतमा भाषा र लिपिको विकास अत्यन्त द्रूत गतिमा भयो । अब यहाँ एउटा कुरो सजिलै निर्धारण गर्न सक्छौं कि यदि गुरुङहरू तिब्बतमा लिपिको विकास भएपछि मात्र नेपाल पसेका भए पक्कै पनि गुरुङहरूको एउटा विकसित लिपि हुन्थ्यो होला र गुरुङहरूको प्ये-शास्त्रमा तिब्बती राजा स्रङ चङ गम्पो बारे वर्णन पाइन्थ्यो होला । तर यस्तो केही पनि छैन । गुरुङहरूको आफ्नो कुनै विकसित लिपि छैन । यसले प्रमाणित गर्छ कि आठौंरनवौं शताब्दीतिर तिब्बतमा लिपिको विकास हुनु अघि नै गुरुङहरू मुस्ताङरमनाङतिर प्रवेश गरी सकेका थिए । अन्तः गुरुङहरू गण्डकी प्रदेशमा आदिमकालदेखि नै बसोबास गरी आइरहेका छन् ।
यी बाहेक गण्डकी प्रदेशका थुप्रै ठाउँहरूको नामले पनि यस क्षेत्रमा गुरुङहरू धेरै अघिदेखि नै बस्दै आएका हुन् भन्ने जानकारी दिन्छ । प्रसिद्घ गुरुङ संस्कृतिकर्मी तथा जानकार लेखक डिल्लीजङ तमु अनुसार गुरुङहरूको मौखिक शास्त्र `प्ये-ताँ-लु-ताँ` क्वोल स्वोप्रे (स्वोंथर) नामक ठाउँमा आएर थपेको पाईन्छ । गुरुङहरूको धार्मिक, सामाजिक र ऐतिहासिक विगतको सबै भन्दा ठूलो प्रमाण भनेकै मौखिक रुपमा रहेको शास्त्र `पे-ताँ-लु-ताँ` हो । यस प्ये-शास्त्रमा कास्की, लमजुङ र मनाङतिरका ठाउँहरूको नाम उल्लेख गरेको पाईन्छ । गुरुङका परम्परागत पुरोहित पज्यु र घ्याबृ दुई थरीका छन् । पच्यु पुरोहितको प्रमुख कार्य रोग-व्याधी पन्छाउने र घ्याबृ -बोन्पो० पुरोहितको प्रमुख कार्य मृतकको आत्मालाई पितृको आत्मासाग लीन गराउने हो । घ्याबृ -बोन्पो०हरूले मृतकको आत्मालाई स्वर्ग लैजादा ओप्लेकों (मनाङको डाँडा)बाट तर-फु हुँदै तिब्बतको भूमि हुँदै कोहेमा ७ बाजै ९ बाजेहरूको पासमा पुर्žयाइदिन्छ । अन्तः यी कुराहरूले पनि प्रमाणित हुन्छ कि गुरुङहरू यी ठाउँहरूमा उहिल्यैदेखि बसोबास गर्थे । यी पौराणीक गाउँठाउँको गुरुङहरूको धार्मिक जीवनमा निकै महत्व छ । गण्डकी प्रदेशका थुप्रै गाउँठाउँहरूको नाम गुरुङ भाषामा छन् । अर्थात् यी ठाउँहरूमा पहिलो चोटी आबाद हुन आएका गुरुङहरूले ती ठाउँहरूको आफ्नै गुरुङ भाषामा नामकरण गरे । जस्तै, डा।हर्क गुरुङले आफ्नो किताब `मैले देखेको नेपाल` पृष्ठ-१३३मा लेखेका छन्- `यस प्रकार गुरुङ भाषामा सिकलेसको नाम चिली र घान्द्रुकको नाम कोन्ड हुन्छ । गुरुङ भाषामा अरू ठाउँका नामका केही नमूना यस्ता छन् - पार्जे = पाजे, खिलाङ= खिलुङ, मौजा = म्हुजा,अर्मला = न्वाल, विजयपुर= बिज्कु, सावेत= सावे, थाक= थोन्सु र छाचोक = छाजु । ` यसले के प्रमाणित हुन्छ भने गुरुङहरू गण्डकी भेकका यी गाउँठाउँहरूमा उहिल्यैदेखि नै बसोबास गर्दै आइरहेका छन् । यस्तै, गण्डकी प्रदेशमा गुरुङहरूले सर्वप्रथम आबाद र नामकरण गरेका थुप्रै अन्य गाउँठाउँहरू पनि छन् । जसले गुरुङहरू गण्डकी भेकका आदिम निवासी हुन् भन्ने प्रमाण दिन सजिलो हुन जान्छ । जस्तै कि लमजुङ हिमालको काखमा अवस्थित लम चुँ (लम्जुङ) जिल्ला । लम चुँ (लामा थरका गुरुङहरूको प्रथम बासस्थल) बाटै लम्जुङको नामकरण भएको हो । क्होल नामक प्राचीन थलोबाट बसाइ सरेपछि लामा थरका गुरुङहरूले लम्जुङमा आफ्नो थलो कायम गरेका थिए । वर्तमान लमजुङ जिल्लाको उपल्लो घनपोखरा नामक ठाउलाई गुरुङहरूले क्होएँ रोँ (गुम्बा भएको ठाउँ ) भन्छन् । लमजुङ हिमालको काखमा रहेको दूधपोखरी जाने बाटोमा पर्ने पग्रेँ च्हो, टोँजु देउराली आदि स्थानको नाम गुरुङ भाषा मै हुन् । गुरुङहरू वर्तमान याङजाकोटलाई आफ्नै भाषामा प्हजुक्वे तथा सिकलेसलाई चिलि भन्छन् । प्रा. डा.जगमान गुरुङ लेख्छन्- `कुनै कुरा पाउनुलाई गुरुङ भाषामा योँब र कुनै नयाँ कामको थालनी गर्नलाई चुँब भनिन्छ । गुरुङ भाषाको यही योँब र चुँब शब्दको छोटकरी र संयुक्त रुप योँचुँ हो । क्वे चाहिँ कोटलाई बुझाउने गुरुङ भाषाको शब्द हो । कालान्तरमा गुरुङ भाषाको यही योँचुँक्वे बाट योँजुक्वे हुँदै यसकोटलाई नेपाली भाषामा याङ्जाकोट भएको हो ।` गुरुङ समाजका अर्का जानकार डिल्लीजङ तमुले आफ्नो किताब `तमु (गुरुङ) जातिको परिचयूनामक किताबमा लेखेका छन् कि वर्तमान मनाङ जिल्लाका थुप्रै ठाउँहरूमा प्राचीन गुरुङ गाउँहरूका अवशेषहरू छन् । ती ठाउँहरूमा गुरुङ (क्ले) राजाहरूका राजदरबारहरू थिए । गण्डकी प्रदेशमा सेन, शाह र मल्ल राजवंशको उदयअघि यहाँ घले तथा गुरुङ राजा-रजौटेहरूले राज्य गरेका थुप्रै प्रमाणहरू फेला परेका छन् । यसले पनि गुरुङहरू यस क्षेत्र का आदिवासीहरू हुन भन्ने प्रमाणित हुन्छ ।
गुरुङहरूको धार्मिक चालचलन तथा परम्पराहरूको अध्ययनले पनि गुरुङहरू गण्डकी प्रदेशमा आदिमकालदेखि नै बसोबास गरी रहेका कुराहरू प्रष्ट हुन्छन् । गुरुङहरूको पुर्खौली झाँक्रीवाद परम्परा एक प्रकारको तान्त्रिक धर्म नै हो । प्राचीनकालीन तिब्बत तथा वरिपरिका क्षेत्रमा तन्त्रमन्त्रमा आधारित झाँक्रीवादले निकै गहिरो जरा गाडेको थियो । जस अन्तर्गत आफ्नो पूर्वजको पूजा, प्राकृतिक साधनस्रोतको पूजा तथा तन्त्रमन्त्रद्वारा आत्माहरूलाई नियन्त्रणमा गरिन्छ । यस झाँक्रीवादमा धर्मको नाममा जादूटुना र पशुवध गर्ने परम्परा अझै पनि कायम छ । समय बित्दै जाँदा धर्म सुधारकहरूले यस झाँक्रीवादमा सुधारहरू गरे । यी धर्म सुधारकहरूमा बोनपा शेनराव मिवाचेको विशेष स्थान छ । उनको जन्म शङ् शुङ् नामक ठाउँमा भएको थियो । उनले प्राचीन झाँक्रीवादमा व्याप्त काटमार,पशुबलि जस्ता कुरीतिहरूलाई हटाउने प्रयास गरे । तर उनले पनि झाँक्री धर्म भित्रका थुप्रै कुराहरू भने हटाउन सकेनन् । मात्र केही फेरबदल गरे । उनले आफ्नो अनेक प्रयासका बावजूद पनि परिवर्तन नभएका झाँक्री धर्मावलम्बीहरूलाई ूकालो बोनू नामकरण गरे । किनभने यिनले पशुबलि छाडेनन् र झाँक्रीवादमै आस्था बनाई राखे । जो परिवर्तित भए र पशुबलि तथा अन्य कुरीतिहरू त्याग गरी बोनपा शेनराव मिवाचेले देखाएको मार्गमा हिड्न थाले उनलाई ूसेतो बोनूनामकरण गरियो । पछि, ईसाको आठौं शताब्दीको उत्तरार्द्धमा तिब्बती राजाले भारतबाट गुरु पद्मसंभवलाई ल्याएर तन्त्रवादका परम्परावादी बोनमार्गीहरूका तन्त्रमन्त्र र बौद्ध धर्मका केही कुराहरू समेटी बौद्ध तान्त्रिक लामा धर्मको स्थापना गरे । आज यो धर्म विश्वभरि तिब्बती बौद्ध लामा धर्मको रुपमा विख्यात छ । यस प्रकार झााक्रीवादबाट बोन धर्म तथा बोनबाट तिब्बती लामा धर्मको विकास भएको हो । हामी गुरुङहरू अझै पनि प्राचीनकाल कै झााक्रीवाद धर्ममा विश्वास गर्छौं । हाम्रा थुप्रै कर्मकाण्डहरू तथा धार्मिक परम्पराहरू तन्त्रमन्त्र मै आधारित छन् । अर्थात् यसले हामीहरू निकै अगाडिदेखि नै नेपालमा छौँ भन्ने कुरा साफ हुन्छ । तिब्बतमा भएको धार्मिक परिवर्तन झाँक्रीवाद देखि बोन र बोनदेखि बौद्ध धर्मले हामी गुरुङहरूलाई प्रभावित पारेको देखिदैन । यी सम्पूर्ण कुराहरूलाई अध्ययन र मनन गर्दा हामी उहिल्यैदेखि नै नेपालमा गण्डकी प्रदेश वरिपरि बसोबास गरी आएका हौं भन्ने कुरा ज्ञात हुन्छ । तिब्बतीहरू इस्वी सातौंरआठौं शताबदीतिर नै बौद्ध धर्मलाई अगाँल्न थालेका थिए । यदि हामी गुरुङहरू निकै पछि मात्र नेपाल प्रवेश गरेका भए हामी पनि पूर्वेली शेर्पाहरूझैं पूर्णरुपले बौद्ध धर्मावलम्बी हुनु पर्ने हो । किनभने यी शेर्पाहरू मात्र ३००-४०० वर्षअघि नेपाल प्रवेश गरेका हुन् । र जब यी तिब्बतबाट आए आफूसित विकसित बौद्ध धर्म पनि ल्याए । तर हामी गुरुङहरू उहिल्यैदेखि बौद्ध धर्ममा आस्थावान थिएनौं । हामी गुरुङहरूमा बौद्ध धर्मप्रतिको झुकाव विसं २०४६ सालपछिको परिवर्तनको प्रभाव हो । अन्त्यमा, यीयस्ता थुप्रै प्रमाणहरू छन् जसले हामी गुरुङहरू नेपालका आदिवासी हौं भन्ने साबित गर्छ ।
वर्तमान अवस्थामा, नेपालका जनजातिहरूबारे पहिलो आधिकारिक विवेचना तत्कालीन श्री ५ को सरकारले २०५२ साल पौष ३० गते प्रोफेसर सन्त बहादुर गुरुङको संयोजकत्वमा गठन गरेको जनजाति उत्थान प्रतिष्ठान कार्यदलले गरेको थियो । सो कार्यदलले नेपालमा ६१ जनजातिहरू भएको उल्लेख गरे । आदिवासी जनजाति विकास समिति -गठन० आदेश, २०५४ अनुसार विभिन्न ६१ जातिलाई आदिवासी जनजातिको सूचीमा राखिएको थियो । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना २०५८ मा भयो । यो पछिल्लो ऐन अनुसार ५९ वटा जाति वा समुदायहरू `आदिवासी र जनजाति` ठहरिएका छन् । पुरानो ६१ जनजातिको सूचीबाट चिम्तन,ठिन्तन र स्याङतान `तीन गाउँले थकाली` एउटै भएका छन् । त्यस्तै मनाङ्गे (निस्याङबा) पनि सूचीबाट हटेको छ । मनाङ्गेहरूले आफूलाई गुरुङको रुपमा चिनाएर सूचीबाट हटेका छन् । अनुसूचीमा एक नयाँ नाम समावेश भएको छ, त्यो हो याक्खा । राज्यले आदिवासी, जनजातिको विविध क्षेत्रमा आरक्षणको व्यवस्था लागू गरेपछि पृथकपृथक जातीय वा समुदायका रुपमा सूचीकृत हुने एक किसिमको होड नै चलेको छ । यहाँ सम्म कि विगतमा शासक वर्गको नजीक रहेका आदिवासीइतर जाति समुदायहरूले पनि आफूलाई आदिवासी भन्दै छन् । हाल आएर आदिवासी जनजाति उत्थान प्रतिष्ठानमा आदिवासी जनजातिको सूचीमा सूचीकृत हुने भनेर थुप्रै समुदायहरूले निवेदन गरेका छन् । हुन त विगतको सूचीकरण प्रक्रियामा खो
Other Headlines
No comments so far