-› -› Let's do something to save Tamu Culture ‹- ‹- 4th Sep 2010  06:26:43
Browse Menu
Ads

Tamu Website
News
पर्यटन व्यवसायी र पत्रकारहरुको माझमा गुरुङ बस्ती याङजकोट पुग्दाको क्षण - रोशनी गुरुङपर्यटन व्यवसायी र पत्रकारहरुको माझमा गुरुङ बस्ती याङजकोट पुग्दाको क्षण - रोशनी गुरुङ
Posted On : Jun 28 2010 Monday 02:12:04 AM | Views : 128

 

**** रोशनी गुरुङ

 पोखरा ।

असारको महिनाले प्रवेश पाई सकेको थियो । गाउघरमा रोपाइको चटारोले माहोल ताती सक्दो हो सायद तर गाउँ बस्तीको मायाबाट टाढा भएको जस्तो अनुभव गरिरहेकी म गाउँघर र घरपरिवारको यादले त्यो मन बेला बेलामा भतभती पोल्थ्यो । अनायासै एकदिन गाउँ घरलाई बेस्री सम्झी रहेकी थिए । अचानक साँझ ७ बजेतिरको समयमा मोवाइमा घण्टी बज्यो फोन रिसिभ गरे अफिसबाट म्यानेजर सरको फोन रहेछ । र भन्नु भयो टान क्षेत्रीय च्यापटरले याङजाकोटमा होम स्टेको शुरुवात र अन्र्तक्रिया कार्यक्रम गर्दे छ रे । भोली पोखराका पत्रकारहरुको टोली पनि त्यसमा समावेश हुदै छ । हाम्रो मिडीयाबाट दुई जना पत्रकारको सहभागिताको लागि निम्तो आएको छ । तपाई भोली त्यस तर्फ जाने तयारी गरेर आउनु होला । मैले हुन्छ भने त्यसपछि मनभरी भोलीको यात्राको कल्पना गर्दे सुते विहान याङजाकोट जाने तयारी गरेर अफिसमा आए दिउँसो १२ बजे गाडी छुटने भए पछि म विहानको डीयूटीमा व्यस्ता भए ११ बजे विहानको डियूटी सकिए पछि हतार- हतार खाना खाएर सहकर्मी विभास र म याङजाकोटको यात्राको लागि अफिसबाट विदाई भएर निस्किए । हामी पृथ्वीचोकमा गएर बस्यौ केहि समय पछि हल्लनचोक हुदै गाडी पृथ्वीचोक आई पुग्यो । हामी गाडीमा उक्लीयौ केहि परिचित अनुहार केहि अपरिचित अनुहार हतपत साथीहरुसाग बोल्न अलि अप्ठयारो लाग्यो, तर पनि साथीभाइसाग हाई हेले गर्žयौ । त्यस पछि गाडी काँहुखोला हुदै कसेरी ज्याङ्गदुको कच्ची बाटोमा हुईकियो । गाडीमा धेरैमात्रमा सहकर्मी साथीहरु थिए त केहिमात्रमा टानका प्रतिनिधिहरु अनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका ३र४ जना प्रतिनिधी पनि सहभागि थिए । सबैजना आ आफना धुनमा गफमा मस्ता थिएऔ । एकैछिनमा गाडीको यात्रा पनि सकियो हामी र्अलिएऔं ज्याङदु भन्ने स्थानमा । त्यसपछि मादी नदीलाई झोलुङगे पुलको साहयताले पार गर्दे करिब २ घण्टाको बाटो उकोलो चढनु पर्ने थियो । हामी सबैजना आ आफनो झोला बोकेर त्यहाँबाट उकालो लाग्यौ । उकालो चढद बाटोमा कोही अघि कोही पछी भईरहन्थ्यो, नेपालको जाम्बो मन्त्री मण्डलको टोली सगरमाथाको आधार सिवीर कालापत्थरमा बैठक बस्नाका निम्ती गएको दृष्य केहि समय अघि मैले नेपाल टेलिभिजमा निकै ध्यान पूर्वक हेरेकी थिए । हामी पनि ३७ जनाको जाम्बो टोली नै थियौं । शहर बजारमा सधैं सुविधा उपभोग गरि रहेका साथीहरुलाई उकालो चढन निकै गाह्रो भई रहेको थियो । उकालो बाटोमा माथि पुगेर तल हेर्दा ताँती ठूलै संख्यमा देखिन्थ्यो । त्यसैक्रममा मैले एकपटक सगरमाथाको आधार सिवीर अनि नेपालको जम्बोमन्त्री मण्डललाई सम्झे, यात्रा विस्तारै अगाडी बढयो । अलि माथी पट्टी कुस्कु डाडा भन्ने ठाउँमा पुगेपछि स्थानिय शिव शक्ति आमा समूहले त्यहाँ हामीलाई खाजाको व्यवस्वथा गरेको रहेछ । सबैजना त्यहाा सेलरोटी चिया र स्वादीलो मोई खाएर त्यहााको आमासमूहसाग विधाई भएर पुन उकालो लाग्यौं । बाटोमा बेला बेलामा वरिष्ट पत्रकार माधव शर्माले हिन्दी र अङग्रेजी भाषामा चुटकिला भनेर सबैलाई हसाउनु हुन्थ्यो । कहिले पसिना काटदै त कहिले पेट मिचि मिचि हाँस्दै हामी उकालो चढि रहेका थियौ । यसरी करिब बेलुकी ५.३० बजे तिर हामी याङजाकोटको फेदीमा पुग्यौं । त्यहाँ पुग्द हाम्रै स्वागतका निम्ती बजाईएका पञ्चे बाजाको धुनले सबैजनाको मन उमङ्गगले फुरफुर गरि रहेको थियौ । त्यसैक्रममा नेपाल टेलिभिजनका पोखरा संवाददाता त्रिभुवन पौडेलले यसैगाउँबाट बाजाको धुनमा आफनो विहेको जन्ती जाने कुरा गरे पछि एकछिन सबैजना त्रिभुवनलाई जिस्काएर हास्यौं । गाउँबाट १ सय मिटर जाति तल चौतारामा गाउँका बाबा, आमा, युवा युवतीको टोली एक हुल पञ्चेबाजा बजाउने समुह र अगाडी पटि लाईनबद्ध भई हातमा पानीको घडा लिई बसेका पञ्च कन्या त्यसपछि फुलको माला र खादा हातमा लिएर लहरै उभिएका युवा युवती अनि बाक्लो मात्रमा आमा समूह गाउँमा भित्रीएको पाहुनलाई स्वागत गर्न आतुर देखिन्थे । विस्तारै हाम्रो प्रवेश पछि सबैजनालाई अविर फुल माला र खादाले स्वागत गरियो । त्यसपछि स्थानिय आमा समुहले तयार पारेको सेल रोटी, चिया र जिब्रोमै झुण्डीने स्वादको मिठो तरकारी खाादा बाटोभरिको थकानलाई हामीले चटक्कै भुलेका थियौ त्यतिबेला । त्यसपछि सबैजना पञ्चे बाजाको धुनमा नाच्दै गाउँसम्म पुगियौ । गाउँमा स्थानिया देउराली आमा समूह, छापा डाडा आमा समूह, गैरीगाउँ आमा समूह र डाडा गाउँ आमा समूह अनि स्थानिय मिलन युवा क्लवले हामीलाई ६,७ वटा घरमा बस्नाका लागि व्यवस्था गरिएको रहेछ । त्यस पछि हामी आफनो बासस्थान तर्फ लाग्यौ । राती नाचगान गरेर रमाईलो गर्ने आमा समूहहरुको चहाना भने वर्षातको मौसमले गर्द पुरा हुन पाएन । भोलिपल्ट विहान छापा डाडा आमा समूहले खाजा खानको निम्ती सबैजनालाई निम्तो गरेपछि हामी त्यस तर्फ लाग्यौं । गाउँकै आर्कषक स्थलको रुपमा लिईने छापा डाडामा त्यहाँका आमा समूहले बनाएको मिठो खाजा खाएपछि पत्रकार साथीहरु आफनो क्यामेरमा गाउँको तस्वीर कैद गर्नमा व्यस्त देखिन्थे त कोहि स्थानिय व्यक्तिहरुसाग गाउँको बारेमा सोध्ना मस्त देखिन्थे । त्यहाँबाट हामी अन्र्तक्रिया कार्यक्रमका लागि गैरी गाउा आमा समूह तर्फ प्रवेश गर्žयौ । गैरीगाउँ आमा समूहले कार्यक्रम तय गरेको एक घरमा करिब ३ घण्टा जति चलेको अन्र्तक्रिया कार्यक्रममा टान पोखरा च्यापटरका कार्यबहाक अध्यक्ष सोम थापा, पर्यटन व्यवसायमा संलग्न विभिन्न व्यक्तित्वहरु, मिलन युवाक्लवका अध्यक्ष नारायण गुरुङ्ग, लागायतले पर्यटन व्यवसाय र भावी सम्भावनाहरु, अनि गाउँमा र्भखरै मात्र शुरु गरिएको होम स्टे अवधारण, यसको प्रभाव र र्दिघकालीन योजनाको बारेमा आ आफनो विचार राखेका थिए । निकै सार्थक मानिएको छलफल कार्यक्रममा स्थानिय बासीले उत्सुकता पूर्वक आफनो सहभागिता जनाए र मनमा लागेका जिज्ञासहरु राखे । त्यसपछि केहि समय आमा समुहको नाचगानले सबैजनालाई नचाएको थियो । नेपाल सरकारले सन २०११लाई पर्यटन वर्षको रुपमा मनाउने घोषण गरेपछि पछिल्लो क्रममा नेपालका विभिन्न पर्यटकीय गाउँमा होम स्टेको शुरुवात धमाधम भई रहेको छ । यो अवधारणबाट याङजाकोट गाउँपनि अछुतो रहन सकेन । झट्ट सुन्द स्थानीय बासीको लागि नौलो कुरा जस्तै लागे पनि पाहुनलाई देउताको रुपमा पुजने गुरुङ समुदायमा यसलाई खासै नौलो रुपमा भने लिएनन अन्तता उनीहरुले साँचिकै पाहुनालाई देउताकै रुपमा पुजेर स्वागत गरेका थिए याङजाकोट गाउँमा ।

कास्की जिल्लाको थूमाको डाडा गा.वि..मा अवस्थीत पर्यटकीय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण यस गाउँमा होम स्टे व्यवस्थाले अब याङजाकोट घुम्ना आउने अन्तरिक तथा बहृय पर्यटकको संख्यमा समेत वृद्धिहुने आपेक्ष गरिएको छ । गुरुङ जातिको बाहुल्य रहेको यस गाउँमा तत्काललाई ६ वटा घरमा होम स्टेको लागि व्यवस्था गरिएको छ । यो सङख्यलाई आगमी दिनमा वृद्धि गर्दे लैजाने योजना रहेको स्थानीय मिलन युवाक्लबका सचिव अर्जुन गुरुङले जानाकारी दिनु भयो । समुन्द्री सतहबाट करिब १४र१५ सय मिटरको उचाईमा रहेको यसगाउँमा हाल ३ सय ५० वटा जति घरधुरी रहेका छन । गुरुङ समुदायको अलवा यस गाउँमा दलित र थोरै मात्रमा ल्हाल्मो समुदायको पनि बसोबास रहेको छ । होम स्टेको लागि चाहिने अवश्यक भौतिक पूर्वधारहरु पनि अहिले यस गाउँमा धमधम र्निमाण भई रहेका छन । गुरुङ जातिको मौलिक संस्कृति बोकेको यस गाउँमा अहिले पनि घाँटु , सोरठी, कृष्ण चरित्र जस्ता साँस्कृतिक पक्षहरु जिवित नै रहेको छ । छापा डाडा, ठूलो गाउँ, डाडा गाउँ र देउराली गरि करिब चार वटा आमा समूह र युवा पुस्ताको साझा संस्था मिलन युवाक्लबले गाउँको विभिन्न समाजिक गतिविधीमा सहभागिता जनाउदै आईरहेको स्थानिय बासीबाट हामीले जानाकारी पायौ । यसै वर्षभित्र यस गा।वि।स।लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्ने तयारीमा यहाँका गाउँले जुटेका रहेछन यतिबेला, सदरमुकाम पोखराको काँहुखोलाबाट बस चढेर सिधै यस गाउँमा पुग्न सकिन्छ ।

र्भखरै मात्र गाउँमा काँहुखोला भैंसे थुँमाको डाडा ग्रामीण सडक अन्तरगत कच्ची मोटर बाटो पुगेपछि गाउँका स्थानिय बासीलाई सदरमुकाम पोखरा आउ जाउ गर्न धरै राहत मिलेको छ । केहि समय अघि मात्र ०६६ सालको माघ महिनामा यस गाउँमा राष्ट्रिय प्रशारण लाईनबाट विजुली बत्ती झलमलै बलेपछि वर्षोदेखि अंध्यारोमा बस्न बाध्या गाउँ बासीको मुहारमा अहिले खुशी छाएको छ । याङजाकोट गाउँमा विकासको क्रम निरन्तर रुपमा अगाडी बढी रहद यस गाउको विकासको निम्ती वषौदेखि योगदान पुर्žयाउदै आईरहेको युवा समाजसेवी देवीजङ्ग गुरुङलाई र्विसन नहुने स्थानिय बासीको भनाई रहेको छ । २०३७ सालमा तत्कालीन जनकल्याण युवा क्लबको नामबाट स्थापना भएको क्लबमा कोषाध्यक्षको रुपमा समाजिक कार्यमा प्रवेश गरेका देविजङ्ग गुरुङ क्रमश २०४६ सालमा सचिव ,२०४९ सालमा अध्यक्ष भएर निरन्तर रुपमा १४ वर्षसम्म काम गरे । उनकै कार्यकालमा यस गाउँमा सुविधा सम्पन्न भलिबल तथा बास्केटबलको खेल मैदानको निर्माण भयो । यसरी जिवनको किशोर अवस्थादेखि नै गाउँको सेवाका निम्ती क्रियाशील यी युवा समाजसेवी यतिबेला याङजाकोट गाउँको विकासको गतिमा धरोहरको रुपमा स्थापित भएका छन । उनी अझै थाकेका छैनन अहिले काँहुखोला, भैसें, थुमाको डाडा ग्रामीण सडक निर्माण समितिका अध्यक्ष समेत हुन उनी । भर्खरै मात्र पोखराबाट याङजाकोट जोडने कच्ची मोटर बाटोको मुल ट्रयाक खोल्ने काम सम्पन्न भएपनि अझै काम धेरै बाँकी रहेको उनले सुनाए । गाउँमा बत्ती बल्नु, मोटरबाटो र्निमाण गर्न उनको ठूलो हात छ भन्छन् स्थानिया बासी । र उनी यतिबेला मादी नदीमा पक्की पुल बनाउने दौडानमा लागेका छन ।

यसरी गाउँमा उदहणको पात्र बनेका यी युवाको आरोह अवरोहको धेरै कुराहरु सुनेपछि मनभरिको युवा जोस र जाँगर अनि समाजसेवी युवाको मेहेनतलाई र आत्मासाथ गर्ने अठोटको साथमा दिउँसो ३ बजेतिर पुन स्थानिय बासीको हृदयस्पर्शी विधाईलाई मनभरि बोकेर हामी पोखरा र्फकियौं ।



Other Headlines

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

ईश्वर गुरुङको घरमा यतिबेला रुवाबासी

तामाङ समाज डटकम `तामाङ मिडिया अवार्ड` बाट सम्मानित

मृगौला पीडितका लागि साढे १३ लाख रूपैयाँ संकलन

तमु बचत तथा ऋण सहकारी संस्था कतारको प्रारम्भीक साधारण सभा सम्पन्न

भुजेल समाज स्याङ्गजाको अध्यक्षमा पुनः जिटी

तमु धिं टोक्यो जापानले लाला गुरुंगलाई सम्मान

व्युटि स्टेशन क्वीन २०६७ को उपाधि उषा गुरुङलाई

पोखराका खेलप्रेमी इन्द्रबहादुर गुरुङको निधन

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
युवाहरु विदेश जान भन्दा पनि स्वदेशमा नै केही गर्ने उद्धेश्यले संघ
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]