-› -› Let's do something to save Tamu Culture ‹- ‹- 4th Sep 2010  06:48:10
Browse Menu
Ads

Tamu Website
News
विश्व आदिवासी दिवस रुपन्देहीमा विभिन्न कार्यक्रम गरी मनाईनेविश्व आदिवासी दिवस रुपन्देहीमा विभिन्न कार्यक्रम गरी मनाईने
Posted On : Jul 25 2010 Sunday 11:59:58 PM | Views : 35

भिम तमु, / लोक गुरुङ

बुटवल, ९ साउन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । महासंघको आईतवार बुटवलमा बसेको बृहत बैठकले साउन २४ गते परेको दिवस विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ । बैठकले साउन २१ कार्यक्रमको जानकारी दिन महासंघ कार्यालयमा अनिज रुपन्देहीको आयोजनामा पत्रकार सम्मेलन गर्ने, २२ गते बुटवलमा रक्तदान गर्ने निर्णय गरेको छ । रक्तदान कार्यक्रममा एक सय बढीले रक्तदान गर्ने महासंघले जनाएको छ । त्यस्तै २३ गते अनिज कै आयोजनामा अनिजको स्थापना दिवश सन्दर्भमा \"संविधान निर्माणमा आदिवासी जनजातिको भुमिका\" विषयक विचार गोष्ठी गर्ने भएको छ । गोष्ठीमा आदिवासी जनजाति सभासद्हरु र महासंघ सघिय परिषदका पदाधिकारीहरुको सहभागीता रहने छ ।

त्यस्तै साउन ३० गते आदिवासी जनजाति संघिय परिषद्ले आहृवान गरेेको नेपाल वन्द सफल बनाउन २९गते जिल्लाका विभिन्न स्थानहरुमा मसाल जुलुश निकाल्ने समेत निर्णय गरेको छ । वन्द सफल बनाउन सम्पुर्ण आदिवासी जनजाति संग आवद्ध संघ/संस्थालाई परिचालन गर्ने निर्णय गरेको छ । साउन २ गते ज्ञापन पत्र बुझाई शुरु गरेको महासंघले साउन महिनाभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघका अध्यक्ष होम बहादुर गलामीको अध्यक्षतामा भएको बैठकमा महासंघ उपाध्यक्ष लिला बहादुर गुरुङ, आदिवासी जनजाति पत्रकार संघ -अनिज) रुपन्देही अध्यक्ष भिम गुरुङ, एकल जातिका अध्यक्षहरु यम बहादुर थापा, दल बहादुर छन्त्याल, विष्णु श्रेष्ठ, शिव प्रसाद शेरचन, आदिवासी जनजाति विद्यार्थी महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिग्विजय थारु, नेपाल मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष रेशम थापा, आदिवासी जनजाति सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिका सचिव गिरी बैजाली लगायतले दिवसलाई सफल बनाउन आ-आफ्ना धारणा राखेका थिए ।



Other Headlines

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

ईश्वर गुरुङको घरमा यतिबेला रुवाबासी

तामाङ समाज डटकम `तामाङ मिडिया अवार्ड` बाट सम्मानित

मृगौला पीडितका लागि साढे १३ लाख रूपैयाँ संकलन

तमु बचत तथा ऋण सहकारी संस्था कतारको प्रारम्भीक साधारण सभा सम्पन्न

भुजेल समाज स्याङ्गजाको अध्यक्षमा पुनः जिटी

तमु धिं टोक्यो जापानले लाला गुरुंगलाई सम्मान

व्युटि स्टेशन क्वीन २०६७ को उपाधि उषा गुरुङलाई

पोखराका खेलप्रेमी इन्द्रबहादुर गुरुङको निधन

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
युवाहरु विदेश जान भन्दा पनि स्वदेशमा नै केही गर्ने उद्धेश्यले संघ
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]