चिउली पार्चे तमु समाजले २६ औ स्थापनामा एसएलसी उतिर्णलाई सम्मानचिउली पार्चे तमु समाजले २६ औ स्थापनामा एसएलसी उतिर्णलाई सम्मान
Posted On : Jul 27 2010 Tuesday 01:59:48 AM | Views : 34

देवी जङ्ग गुरुङ (देव)
पोखरा, साउन १०
पोखरा वडा नं १२ चापापानीमा रहेको चिउली पार्चे तमु समाजको २६ औं स्थापना दिवसमा २०६६ सालको प्रवेशिका परीक्षामा सेन्ट म्यारीज स्कुल नया गाउबाट ८९ दशमलव १३ प्रतिशत अंक सहित उत्तिर्ण हुमा कुमारी तमुलाई उत्कृष्ट विद्यार्थीको सम्मान गरीएको छ ।
उत्कृष्ट विद्यार्थीबाट सम्मानित हुमा कुमारी तमु सहित एसएलसी उतिर्ण समाजका सत्र जना तमु विद्यार्थीहरुलाई समाजका अध्यक्ष क्याप्टेन गुमन ध्वोज तमु, प्रमख अतिथी डिल वहादुर तमु र विशेष अतिथी ८४ वषर्ीय डम्वर वहादुर तमुले दोसल्ला र प्रशसा पत्रवाट सम्मान गर्नुभएको थियो ।
समाजका अध्यक्ष क्याप्टेन गुमन ध्वोज गुरुङ अध्यक्षता र समाजसेवी वृद्ध डिल वहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको वषिर्क साधारसभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ ।
प्रमुख अतिथी समाजसेवी वृद्ध डिल वहादुर गुरुङले दिप प्रज्ववलन गरी उदघाटन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष थमन वहादुर तमुवाट वाषिर्क आर्थिक प्रतिवेदन, सचिव पम वहादुर क्रोम्छे तमुवाट वाषिर्क कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
समाजका अध्यक्ष क्याप्टेन गुमन ध्वोज तमुको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष सुवेदार रण वहादुर तमु, कााहुखोला सिक्लेस वाटो समितीका अध्यक्ष रुद्र वहादुर तमु, समाजका पुर्व अध्यक्ष क्याप्टेन टेक वहादुर तमु, समाजसेवी सुवेदार डम्वर वहादुर तमु, सिक्लेस युवा क्लव सिक्लेसका सचिव टंक तमु जिवन र समाजका गगन सिंह तमुले उत्तिर्ण विद्यार्थीहरुलाई सफल उच्च शिक्षाको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सम्मानीत विद्यार्थीहरु सृजना तमु र हुमा कुमारी तमुले उच्च शिक्षाका लागि सधै अभिभावकको हौसला र साथ चाहिने बताउनु भयो ।
Other Headlines
No comments so far