-› -› Let's do something to save Tamu Culture ‹- ‹- 6th Sep 2010  05:10:43
Browse Menu
Ads

Tamu Website
News
तमू हृयुल छों धींका केन्दि्रय सक्षंरक डा. रेम गुरुङको निधनतमू हृयुल छों धींका केन्दि्रय सक्षंरक डा. रेम गुरुङको निधन
Posted On : Jul 28 2010 Wednesday 01:33:23 AM | Views : 43

लोक गुरुङ

साउन १२, काठमाण्डौं / तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, सरक्षंक परिषदका सभापति डा. रेम बहादुर गुरुङको निधन भएको छ । मगलबार साँझ काठमाडौंको नर्भिक अस्पतालमा उपाचारको क्रममा उहाँको निधन भएको हो । तमू हृयुल छोंज धींका निवर्तमान अध्यक्ष समेत रहनुभएको डा. गुरुङ मटु र व्रेनका समास्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको लासलाइ आज विहान ७ बजे देखि ११ बजे सम्म अन्तिम श्रद्धाञ्जलीका लागि तमू हृयुल छोंज धीं को केन्दि्रय कार्यालयमा राखिने भएको छ।

उहाँको लासलाइ आजै स्वयम्भुमा लगेर गुरुङ परम्परा अनुसार अन्तिर सस्कार गरिने बताएको छ । उहाँलाइ अन्तिम श्रद्धाञ्जली दिनका लागि तमू हृयुल छोंज धीं केन्दि्रय अध्यक्ष डा गणेशमान तमू, महासचिव रेशम तमू लगायतका समाजसेवीहरु पुग्ने कार्यक्रम रहेको छ । यता उहाँप्रति श्रद्धाञ्जाली अर्पण गर्नका लागि आज तमू हृयुल छोंज धीा र उसको भातृ सगठनले अफ्नो मातहतका जिल्लाहरुमा श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । तमू हृयुल छांेंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले पनि आज श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । आज दिउसो १२ बजे महाज्ञान वौद्ध विहारमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छोंज धीं रुपन्देही अध्यक्ष क्या टेक बहादुर गुरुङले जानकारी दिनुभयो ।

यता नेपाल तमू विद्यार्थी छोंज धीा केन्दि्रय समितिले डा गुरुङको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ । समितिको अध्यक्ष जिस एस तमूले विज्ञप्ती जारी गर्दै डा. रेमको निधनले देशले र गुरुङ समुदायले एक होनहार देशभक्ति र समाजसेवी गुमाएको उल्लेख गर्नुभएको छ । विज्ञप्तीमा दुखको यस दुखद घडीमा शोकलाइ शक्तिलाइ बदलेर काम गर्न सवै गुरुङ विद्यार्थीलाइ अग्राह पनि गरिएको छ । यस्तै नेपाल तमू विद्यार्थी छोंज धीं जिल्ला समिति रुपन्देहीले पनि डा. रेमको दुखद निधनले रुपन्देहीका गुरुङ विद्यार्थी निकै दुखी तुल्याएको भन्दै उहाँको समाज प्रतिको लगावले मुक्त कण्ठले प्रसशां पनि गरिएको छ ।

त्यस्तै तमु सञ्चार कर्मी सघं तराइ क्षेत्रीय समितिले पनि डा. गुरुङको निधनप्रति दुख प्रकट गरेको छ । सचिव सपना गुरुङ द्धारा जारी विज्ञप्तीमा उहाको निधनले सवै तमू सञ्चार कर्मीलाइ मर्माहत बनाएको बन्दै दुखद घडीमा सवैमा धैर्यधारण गर्न सवै सञ्चारकर्मी आग्रह गरिएको छ ।

को हुन डा. रेम गुरुङ ?

स्याङजा जिल्ला कालिकोट गविस ठुलीभङज्याङमा २००४ साल असोज २८ जन्मिएका डा. रेम बहादुर गुरुङ हालका तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको सरक्षंक परिषदका सभापति हुन । विस २०४९ सालबाट गुरुङ समुदायमा आवद्ध रहनुभएका सनुसरी जिल्लाको जिल्ला सभापति हुदै तमू हृयुल छोंज धीं को केन्दि्रय समितिमा प्रवेश गर्नुभएको हो । उहाँ सुवेदार रामसिंह गुरुङ सुपुत्र हुनुहन्थ्यो । तत्कालिन तमू धीं मा दुइ कार्यकाल विताइ सक्नुभएका उहाँ सधैं तमुहरुको एकताका लागि सधै लागि पर्नुभएको थियो । तत्कालिन तमू छोज धी र गुरुङ परिषदविच एकता गराउने मुख्य भुमिका खेल्नुभएको थियो ।

उहाँले सवै जिवनमा तमू धीँ लगायतका केही सघं सँस्थालाइ एकताको सुत्रमा वाध्य असफल रहनुभयो । अफ्नो जिवनभर सधै गुरुङ समुदायप्रति तन मन र धनले लाग्नुभएका डा. गुरुङको निधनले राष्ट्रले एक देशभक्ति, गुरुङ समुदायले अभिभावक गुमाएको छ ।



Other Headlines

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

ईश्वर गुरुङको घरमा यतिबेला रुवाबासी

तामाङ समाज डटकम `तामाङ मिडिया अवार्ड` बाट सम्मानित

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]