रुपन्देहीका गुरुङहरुले सम्झे डा. रेमलाइरुपन्देहीका गुरुङहरुले सम्झे डा. रेमलाइ
Posted On : Jul 29 2010 Thursday 01:16:40 AM | Views : 60

लोक गुरुङ
बुटवल, साउन १२ - अफ्नो केन्दि्रय सरक्षक परिषदका सभापति डा रेम बहादुर गुरुङ निधनको शोकमा आज तमू हृयुल छोज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले बुधवार शोक सभा सम्पन्न गरेको छ । महाज्ञान वौद्ध विहार बुटवलमा भएको शोक सभामा तमू हयुल छोज धी केन्दि्रय सल्लाहकार भोजविर तमू, तमू हयुल छोज धीका केन्दि्रय सदस्य लेख प्रसाद तमू लगायतले डा. रेमको फाटोमा मल्र्यापण गरि अन्तिम श्रद्धाञ्जाली दिएका थिए ।
छोज धी को जिल्ला अध्यक्ष टेक बहादुर गुरुङको अध्यक्षतमा भएको सभामा श्रद्धाञ्जली अर्पण गर्नका लागि जिल्ला भरका गुरुङ समुदायको उपस्थिति रहेको थियो । शोक सभामा श्रद्धाञ्जाली अर्पण गर्दै तमू हृयुल छोज धी केन्दि्रय सल्लाहकार सुवेदार भोजविर गुरुङ डा. रेमकको निधनले राष्ट्रले र गुरुङले एउटा होनहार समाजसेवी गुमाएको बताए ।
कार्यक्रममा केन्दि्रय अनुगमन समितिका सदस्य सुर्यलाल गुरुङ, नेपाल आदिवासी जनजाति महासघं रुपन्देही अध्यक्ष होम बहादुर गलामी मगर, पुर्व सचिव प्रेम गुरुङ, महिला महासघंका होम माया गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका केन्दि्रय उपमहासचिव केशव सुर्यवशी मगर, जिल्ला अध्यक्ष दल बहादुर विरकट्टा मगर, तमू हृयुल छोज धी पुर्व जिल्ला सचिव धन बहादुर गुरुङ, लक्ष्मीनगर गुम्वाका मन बहादुर थापा मगर लगायातले डा रेमले पुर्žयाएको योगदानको चर्चा गरेका थिए ।
शोक सभा छो धी का सचिव छत्र बहादुर तमूको सञ्चालन, कोषाध्यक्ष टेक बहादुर तमूको स्वागतमा भएको थियो ।
Other Headlines
No comments so far