-› -› Let's do something to save Tamu Culture ‹- ‹- 4th Sep 2010  07:07:57
Browse Menu
Ads

Tamu Website
Notice
Notice-जानकारी नभएको विषयमा टिप्पणी गर्दा गलत सन्देश जाने गर्छ ।
› जानकारी नभएको विषयमा टिप्पणी गर्दा गलत सन्देश जाने गर्छ ।
Posted On : Jul 6 2010 Tuesday 02:56:02 AM | Views : 76

कतारबाट प्रकाशित हुने राजधानी अन्तराष्ट्रिय साप्ताहिक पत्रिकामा तमू साँस्कृतिक परिवार कतारद्धारा आयोजित एकल गायन तथा नृत्य प्रतियोतिका बारेमा सन्दिप गोलेको प्रतिक्रियाको जवाफ

सन्दिप गोले ज्यूको पाठकपत्रको जवाफ

सम्पादक ज्यू, यहाको प्रतिष्ठित साप्ताहिक पत्रिकामा गत हप्ताको अंकको पाठक पत्र कोलममा सन्दिप गोले ज्यूले तमू परिवारलाई अनुरोध शिर्षकमा तमू सांस्कृतिक परिवार कतारको आयोजनामा सम्पन्न गैर आवासीय नेपाली तारा-कतार २०१० कार्यक्रमका निर्णयक मण्डल वारे छापिएको विचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । निर्णयक मण्डलको गलत निणर्ायका कारण प्रतिभावान कलाकारहरुको घोर अपमान भयो भन्ने जस्ता अत्यन्त निराधार आरोप लगाईएको छ । साथै निणर्ायक मण्डलको योग्यतामा समेत गलत मुल्याङकन गरिएको छ ।

निर्णयक मण्डलले प्रतियोगिहरुको टाईमिङ र स्केलको ख्याल गरेन भनेर विल्कुलै गलत टिप्पणी गर्नु भएको छ । टाईमिङको वारेमा हामीले जस्ले टाईम आउट गर्छ उसलाई टेबल बजाएर भने पनि टाईमिङ मिलाउन भनेका थियौ र स्केलको लागि हामीले एउटा हार्मोनियम बाजा संगै राखेका थियौं । जसले स्केलमा गाउदैन या वेसुरा गाउछ उसलाई हार्मोनियमबाट सुर दिएर स्केलमा गाउन भनेका थियौ । यसको प्रत्यक्ष दर्सी स्वयं प्रतियोगिहरु र पर्यवेक्षकहरु थिए ।

अडिसन राउण्डमा पचास प्रतिशत उत्तीण हुनु पर्ने भनेर भन्नु भएको छ । यसको निर्णय गर्ने को हो भन्ने वारेमा तपाईलाई राम्ररी थाहा हुनु पर्ने हो । कतारको बस्तुस्थिति र हाम्रो कार्यक्रमको समय तालिकालाई विचार गरेर नै के कति जना अघिल्लो राउण्डको लागि छनौट गर्ने निश्चित गरिएको थियो । १/२ जनाको आवाज यति दमदार र सुरिलो थियो तर कदर भएन भन्नु भएको रहेछ । तपाईलाई जानकारी भएकै हुनु पर्ने स्वर दमदार र सुरिलो भएर मात्र हुदैन टाईमिङ र स्केलमा पनि गाउनु पर्छ जुन कुरा तपाई आफैले भन्नु भएको छ । हुन सक्छ स्वर राम्रो छ भनेर सुर र तालको ख्याल नगरिकन गाउनु भयो होला जसको कारण वहाहरुको प्रस्तुती राम्रो भएन र छनौटमा पर्न सक्नु भएन ।

अन्तमा, न विर्से तिमीलाई, न पाएँ तिमीलाई, विना अर्थ दिलमा सजाएँ तिमीलाई भन्ने गीतको राग र नोटेशन वारे बताई दिन अनुरोध गर्नु भएको रहेछ । यस गीतको नोटेशन हामीले लेखेका छौं तर पाठकपत्रमा पर्याप्त स्थान नभएका कारण यहाँ छपाउन असमर्थ र्छौ । तपाई हामीलाई जुन सुकै समयमा सम्पर्क गर्न सक्नु हुन्छ र जुनै गीतको पनि नोटेशन वारे जानकारी लिन सक्नु हुन्छ । अव रहृयो रागको कुरा, यो गीत कुनै राग हैन । यो सामन्य गजल पाराको गीत हो । यसमा गाईएका स्वरहरुलाई मात्र हेर्ने हो भने संगीत वाहेक यी विलावल थाट अन्तर्गतका स्वरहरु हुन् । किन कि राग भन्ना साथ सास्त्रीय संगीत भन्ने जनाउछ । सास्त्रीय संगीत अन्तर्गतका जति पनि रागहरु छन् यसका आप\\mनै नियमहरु हुन्छन्, हरेक रागको गाउने समय हुन्छ, यदि कुनै राग गाउनु पर्‍यो भने त्यसका निश्चित स्वरहरु, आरोहमा कुन कुन स्वर र अवरोहमा कुन कुन स्वरहरुलाई छोएर गाउने भन्ने कुराहरु उल्लेख हुन्छन् । यसलाई सामन्य गीतहरुमा जस्तो मनपरि ढंगले र वर्जीत स्वरहरु गाउन पाईदैन । अर्को अत्यन्त दुःख लाग्दो गरि के लेख्नु भएको छ भने निर्णयक मण्डलले कन्दनीको वारेमा थाहा नपाउनेले धोतीको वारेमा के बताउन् ? टिप्पणी गर्दा पनि आफुलाई थाहा भएको विषयमा गर्दा राम्रो हुन्छ र त्यसबाट जान्ने र नजान्ने सबैलाई फाईदा हुन्छ । तपाईका कुराहरु सबै पढ्दा के लाग्छ भने तपाईलाई वास्तवमै संगीत वारे केही पनि थाहा छैन । ईमान्दारी साथ आफुलाई थाहा छैन भनेर हामीसंग आउनु होस हामीले जानेको संगीत सम्बन्धि जानकारी विना हिचकिचाहट र आनाकानी तपाईलाई बताई दिने छौं । तपाई एउटा सामन्य गजल पाराको गीतमा राग बताई दिन भन्दै हुनु हुन्छ, जसले गर्दा हामीलाई लाग्छ तपाईसंग गीत संगीत सम्बन्धमा टिप्पणी गर्ने कुनै हैसीयत छैन । कृपया अब उपरान्त यस्तो खालको टिप्पणीहरु पत्रिकामा छपाउन लगाएर सर्वसाधरणलाई भ्रमीत गर्ने कार्य नगरि दिनु होला । धन्यवाद ।

 

गायन तर्फ निणर्ायक मण्डल - संयोजक र सदस्यहरुः

गैर आवासीय नेपाली तारा-कतार २०१०

 

तमू बौद्ध सेवा समिति कतारका सल्लाहकार बिल गुरुङबाट

पाठक बृन्द सन्दिप गोले ज्यूको प्रतिक्रिया कस्तो थियो त ? सो लेख भने हरेक प्रयास गर्दा पनि असम्भव भएका छौं ।

By - Bubdal
No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
युवाहरु विदेश जान भन्दा पनि स्वदेशमा नै केही गर्ने उद्धेश्यले संघ
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]