हुम तमु
पोखरा, ११ साउन- राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीको आज पोखरामा सम्पन्न दोश्रो साधारण सभाले अर्को एक कार्यकालका लागि ज्योति भट्टचनको अध्यक्षतामा रहेको कार्यसमितिलाई कार्यवधि थप गरेको छ ।आगामी दुइवर्षका लागि कायसमितिको सचिवमा राजकुमारी भुजेल, सदस्यहरुमा सुकलक्ष्मी तमु, प्रेमकुमारी छन्त्याल, अञ्जु तामाङ र छेञ्जोङ गुरुङलाई निरन्तरता दिएको छ भने कोषाध्यक्षमा रमा राईलाई चयन गरेको छ ।
साधारणसभामा सचिव राजकुमारी भुजेलले संस्थाको प्रतिवेदन र कोषाध्यक्ष निलकुमारी राईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
महासंघका अध्यक्ष ज्योति भट्टचनको अध्यक्षता र विष्णुकुमारी थापा भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ महिला समितिका केन्दि्रय अध्यक्ष सुकलक्ष्मी तमु, थकाली महिला समितिकी सतकुमारी शेरचन, मगर महिला संघकी तारा मगर र तामाङ महिला घेदुङकी अञ्जु तामाङले मन्तव्य व्यक्त गर्नुभएको थियो ।




