हुम तमु
पोखरा, ११ साउन - नेपाल आदिवासी जनजाती महासंघले शान्ति र संविधान निर्माणका निम्ती संचालन गरेको एक महिने शान्तिपुर्ण आन्दोलनको कार्यक्रमको क्रममा सोमबार आदिवासी जनजातिका अगुवाहरुलाई गिरफ्तार गरिएको घटना प्रति नेपाल आदिवासी जनजाति समन्वय परिषद कास्कीले भत्र्सना गरेको छ ।
समन्वय परिषद कास्कीका सचिव पुर्ण हृयोल्मोद्धारा मंगलबार जारी विज्ञप्तिमा काठमाण्डौंको रत्नपार्कमा कोणसभा सम्पन्न गरी न्युरोड तर्फ जादै गरेका महासंघका उपाध्यक्ष इन्दिरा जिमी याक्खा, महासचिव आङकाजी शेर्पा, सचिव यशोकान्ती भट्टचनलाई प्रहरीले दुव्र्यवहार गर्दै गिरˆतार गरेको उल्लेख छ ।
शान्तीपुर्ण भेला भई स्वतन्त्रता पुर्वक कार्यक्रम गर्न पाउने लोकतान्त्रिक मुल्य मान्यतालाई अपमान गर्दै स्थानिय प्रसासनले आदिवासी अगुवाहरु माथि गरिएको दुव्र्यवहार र गिरˆतार प्रति घोर आपत्ति जनाउदै आगामी दिनमा आदिवासी जनजातिका अधिकारमुखी आन्दोलनलाई कतै अपमानित गरिए कडा आन्दोलनमा उत्रन बाध्य हुने सचिव हृयोल्मोद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।




