लोक गुरुङ
बुटवल साउन १२ - नेपाल आदिबासी जनजाति पत्रकार संघ -अनिज) रुपन्देहीले विश्व आदिवासी दिवसका अवसरमा \'नब गोर्खाली\' पत्रिकालाई विशेषाङ्कको रुपमा प्रकाशन गर्ने भएको छ । अनिजको बुधवार बुटवलमा बसेको वैठकले पत्रिका प्रकाशन गर्ने निर्णय गरेको हो ।
बैठकले अनिजका सल्लाहकार लोकनेश ढेंगामगर प्रधान सम्पादक रहेको पत्रिकाको सम्पादनका लागि सचिव टेक बहादुर मास्की रानालाई कार्यकारी सम्पादक, पत्रकार प्रविण गाहा, भरत प्रधान, दिपक गलामीलाई सम्पादन सहयोगी तथा कोषध्यक्ष गोविन्द घर्तीमगरलाई व्यवस्थापनको जिम्मेवारी दिईएको छ ।
अनिज रुपन्देहीका अध्यक्ष भीम गुरुङ्गको अध्यक्षता र सचिव टेक मास्कीको संचालनमा सम्पन्न भएको बैठकले विश्व आदिवासी दिवस तथा जनजाति महासंघको आन्दोलन बारेमा जानकारी गराउन साउन २१ गते बुटवलमा पत्रकार सम्मेलन गर्ने, अनिजको स्थापना तथा दिवसको अवसरमा २३ गते संविधान निर्माण र आदिवासी जनजातिको भूमिका बिषयमा अन्तरक्रिया गर्ने र जनजाति महासंघले संचालन गरेको आन्दोलनमा सक्रिय सहभागिता जनाउने लगायत निर्णय गरेको छ ।
बैठकले रुपन्देहीका अग्रज पत्रकार लेखनाथ ज्ञवालीको असामयिक निधनप्रति दुख व्यक्त गरेको छ ।




