हुम तमु
पोखरा, १३ साउन - धर्मचक्र प्रवर्तनको अवसरमा नेपाल तामाङ लामा घेदुङ कास्कीले आज तामाङ बौद्ध सेवा समिति संगमटोलमा धार्मिक तथा शान्ति पुजा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष दिपक तामाङले देशको शान्ति प्रकृयालाई निष्कर्षमा पुराउन राजनितिक दलका नेताहरुले बुद्धको दर्शन आत्मसात गर्नुपर्ने बताउनु भयो ।
नेपाल तामाङ लामा घेदुङ कास्कीका अध्यक्ष लामा डिमबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा लामा तिर्थबहादुर तामाङ, लामा सुनबहादुर तामाङ, कुमबहादुर तामाङ, कृष्णबहादुर तामाङ लगायतले बुद्ध दर्शनको महत्वको बारेमा बोल्नु भएको थियो ।




