हुम तमु
पोखरा, १३ साउन - अगष्ट ९ अर्थात विश्व आदिवासी दिवस कास्कीका विविध कार्यक्रम गरी मनाउन नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीको संयोजकत्वमा दुइ सय एक सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।
विश्व आदिवासी दिवस अन्र्तगत साउन २२ गते पोखरामा मोटरसाईकल र्žयाली, २३ गते अनिज स्थापना दिवस तथा विश्व आदिवासी दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम गर्ने र २४ गते चिप्लेढुंगाबाट झाँकी जुलुस सहित पोखरा सभागृहमा पुगी समारोहमा परिणत हुने आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण हृयोल्मोले जानकारी दिनुभयो ।
दिवसका कार्यक्रमहरुलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । गठित प्रचार प्रसार उपसमितिमा नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज कास्की, स्वयंसेवक उपसमितिमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, कुमाल समाज र छन्त्याल समाज, साँस्कृतिक उपसमितिमा नेपाल तामाङ घेदुङ, दुरा सेवा समाज, नेवा खल, र्žयाली झाँकी व्यवस्थापन उपसमितिमा नेपाल मगर संघ, तमु धिं नेपाल, मार्फा थकाली सेवा सदन, थकाली सेवा समिति, तिन गाउँले थकाली समाज, मञ्च व्यवस्थापन उपसमितिमा किराँत सेवा समाज, हृयोल्मो समाज, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र अतिथि सत्कार उपसमितिमा भुजेल सेवा समाज रहेका छन ।




